अनिता खत्री
गुल्मी, जेठ २० । नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले प्रधानमन्त्री केपी शर्मा ओलीले सस्तो लोकप्रियता भन्दा देशलाई नविन ढङ्गले लिएर जान सक्ने क्षमता राख्नुपर्ने बताउनुभएको छ ।
नेपाली कांग्रेसले सञ्चालन गरेको राष्ट्रिय जागरण अभियानका क्रममा गुल्मी आउनुभएका प्रवक्ता शर्माले नेपाल तरुण दल र नेपाल बिद्यार्थी संघले संयुक्त आयोजना गरेको आमसभालाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । “कांग्रेसले ठुलो प्रतिकुलताका बिच पनि निर्वाचन गरायो”, शर्माले भन्नुभयो, “तर वर्तमान सरकारलाई काम गर्ने अनुकुलता भएपनि प्रधानमन्त्रीले क्षमता प्रर्दशन गर्न सक्नुभएन ।”
शर्मा अहिले नेपाली जनतामाथि ऋणको भारी थपिएको बताउँदै मृल्य वृद्धि र भष्ट्रचार मौलाएको समेत बताउनुभयो । नेता शर्माले सस्तो लोकप्रियताको लागि मात्रै भन्दा प्रधानमन्त्रीलाई देशलाइ समृद्धि तर्फ लैजाने कार्यक्रमहरुमा जोड दिन सुझाव दिन्नुभएको छ । प्रवक्ता शर्माले कम्युनिष्ट सरकारले घरघरमै पुगेर हातहातै दिने भनेको वृद्धभत्ता अहिले किस्ता किस्तामा बाँडेको आरोप पनि लगाउन पछी पर्नुभएन । कांग्रेसले सडक र सदनमा आवाज उठाएर मात्रै अहिले वृद्धभक्ता वृद्धि भएको दावी गरेका शर्माले जनकपुर चुरोट कारखानाको प्रसंग जोड्दै कांग्रेसले चुरोट कारखाना बन्द गर्यो भन्ने आरोप खेप्दै आएको पनि बताउनुभयो ।
सभालाई सम्बोधन गर्दै प्रवक्ता शर्माले प्रेस स्वतन्त्रता कुनै दल वा व्यक्तिको कृपाले नभएर पत्रकार आफैले रगत बगाएर ल्याएको बताउनुभएको छ । उहाँले भन्नुभयो ‘पत्रकारको कलम बन्द गरिए भयो सक्ता कसरी बद्न्छि । पत्रकारले लेख्नै नपाए, कमजोरी देखाइदिनै नपाए, राजनैतिक नेता कसरी बद्लिने ?’