बिमानस्थलमा ७ करोड ६७ लाख नक्कली भारु समातियो, पुर्वमन्त्रीका छोरा सहित ६ जना पक्राउ

काठमाडौं, जेठ १० । प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ठूलो परिमाणमा भारतीय नक्कली नोटसहित ६ जना पक्राउ परेका छन् । विमानस्थलको भन्सारमा चेकिङका क्रममा दुई हजार दरका ७ करोड ६७ लाख ९४ नक्कली भारतीय रुपैयाँ बरामद भएको हो ।

पक्राउ पर्नेमा तीनजना पाकिस्तानी र तीनजना नेपाली नागरिक रहेका छन् । उनीहरु कतार एयरवेजबाट शुक्रबार बिहान नेपाल आएका थिए । दुई वटा सुटकेशमा प्लाष्टिकले बेरेर ल्याईएको अवस्थामा नक्कली भारु भेटिएको प्रहरीले जनाएको छ ।

पक्राउ पर्नेमा पाकिस्तानी नागरिकहरु नासिर उद्दिन, मोहमत अतर र नादिया अन्बर छन् । त्यस्तै नेपाली नागरिक युनुस अन्सारी पनि पक्राउ परेका छन् । युनुस यसअघि पनि नक्कली भारतीय रुपैयाँ कारोबार र लागूपदार्थ कारोबारमा पक्राउ परिसकेका व्यक्ति हुन् । उनी पूर्वमन्त्री सलीममिया अन्सारीका छोरा हुन् ।

२ वटा सुटकेशमा ७ करोड ६७ लाख ९४ नोट रहेको शुक्रबार दिउँसो प्रहरीले सार्वजनिक गरेको थियो । दुई वटा व्रिफकेसमा बरामद नोट गणना गरेपछि प्रहरीले परिणाम सार्वजनिक गरेको हो ।

यो पनि पढ्नुस्

डलर साट्ने बाहनामा बिदेशबाट फर्केकालाई ठगी गर्ने खोज्ने गुल्मीका दुई जना पक्राउ

काठमाडौं, कार्तिक २२ । काठमाडौं महानगरपालिका-२६ नयाँबसपार्कबाट डलर साट्ने बाहना पारी वैदेशिक रोजगारीको शिलशिलामा ओमनबाट

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D