रेसुंगा क्षेत्रको बिकास गर्न र गौरव बढाउन कछाड बाँधेरै लाग्छु, तपाईंहरु पनि लाग्नुस्: खेमचन्द्र ढकाल

तिलाचन पाण्डे
गुल्मी, बैशाख २३ । राष्ट्रपती कार्यलयका धर्म संस्कृति संबन्धी बिज्ञ खेमचन्द्र ढकालले रेसुंगाको पर्याबरण क्षेत्रलाई यथावत राख्न र त्यस क्षेत्रको बिकासका निम्ति लाग्न आग्रह गरेका छन् ।

रेसुंगा नगरपालिका गुल्मीले सजिल्ला समन्वय समिति गुल्मीको सभाहलमा आयोजना गरेको रेसुंगाको बिकास र पहिचान संबन्धी छलफल कार्यक्रममा ढकालले यस्तो बताएका हुन् । ढकालले रेसुंगाको गौरब बढाउनका लागि राज्यको तर्फबाट गर्नुपर्ने कार्यका लागि आफु कछाड बाँधेरै लाग्ने प्रतिबद्धता ब्याक्त गरे । सोमबार बिहान रेसुंगा क्षेत्रको अबलोकन गरेर फर्केका ढकालले गौशाला संरक्षणको निम्ति गुरु योजना बनाएर लाग्न आग्रह गर्दै त्यसका लागि राज्य तर्फबाट गर्नुपर्ने कार्यहरुमा आफू पनि लाग्ने प्रतिबद्धता ब्याक्त गरे ।

छलफल कार्यक्रममा गुल्मी जिल्लाका राजनीतिक दलहरु , रेसुंगा नगरपालिकाका जनप्रतिनिधिहरु लगायत सरोकारवालाहरुले रेसुंगा क्षेत्रको बिकास गर्न र पर्यटनमा बिकास गर्नका लागि त्यस क्षेत्रमा सुबिधा संपन्न होटलहरु र यातायातको ब्यबस्था गर्दै त्यस क्षेत्रमा रहेका जीबजन्तुहरुलाई पानीको ब्यबस्था गर्न सुख्खा पोखरीहरु निर्माण गर्न आग्रह गरेका छन् । यता रेसुंगा नगरपालिकाका प्रमुख डिल्लीराज भुसालले रेसुंगा क्षेत्रको बिकासका लागि नगरपालिकाले कार्यहरु गर्दै आएको जानकारी दिदै सुबिधा सम्पन्न होटल र आवास सहितको ब्यबस्था गर्ने बताए र रेसुंगा क्षेत्रलाई पर्यटकिय क्षेत्रको रुपमा बिकास गर्नका लागि नगरपालिकाले गुरु योजना बनाएरै अगाडी बढने दाबी गरे ।

गुल्मीको दजाकोटमा पानीमा ई.कोलाई जिवाणुले झाडापखाला फैलीएकोे पुष्टि

तिलाचन पाण्डे
बैशाख २३ , २०७५ गुल्मी ः गत बैशाख १० गते देखि गुल्मी जिल्लाको मुसिकोट नगरपालिका ४ दजाकोटमा फैलिएको झाडापखला ई.कोलाई भन्ने जिवाणु भेटीएको पत्ता लागेको छ । सिङ्गो गाउँमा फैलीएको झाडापखालाको मुख्य कारण पानीमा ई.कोलाई भन्ने जिवाणु भेटीएको अनुसन्धानवाट पत्ता लागेको हो ।
दुषित पानी सेवन का कारण गत दुईसाता अघि गाउँमा झडापखालाको प्रकोप बढ्दै गएपछि विश्व स्वास्थ्य संगठन र जिल्ला स्वास्थ्यकार्यालयको टोलीले गत साता प्रकोप क्षेत्रमा पुगेर विरामीहरुको दिसा र पानीको नमूना संकलनगरि परिक्षणका लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा पठाएको थियो ।
विरामीको दिसा परिक्षण मा सिगेला नामक जिवाणु समेत रहेको बताईएको छ । स्थानीयहरुले उपभोग गर्दै आएको पानीको मुहानमा फोहोरका कारण पानी दुषित भएको र झाडा पखालाको प्रकोप बढेको गुल्मी अस्पताल प्रमुख डाक्टर पच्याले बताए ।
नेपाल सरकार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुले पानीर विरामीको दिसाको नमुना परिक्षण गरेपछि पानीकै समस्याका कारण झाडापखालाको संक्रमण बढेको गुल्मी अस्पताल तम्घास का डाक्टर उत्तम पच्याले बताए । सिङ्गो गाउँमा फैलिएको झाडा पखलाबाट २ सय बढि बिरामी भएका थिए । भने १ जनाको मृत्यु भएको थियो ।
झाडापखालाको प्रकोप फैलीएको गाउँमा अहिले पूर्ण रुपमा नियन्त्रणमा आएको छ । झाडापखला फैलिएको स्थानमा जिल्ला स्वस्थ्य कार्यालय गुल्मी, गुल्मी अस्पताल, मुसिकोट नगरपालिकाका स्वास्थ्य टोलिले सञ्चालन गरेको स्वास्थ्य शिबिरका कारण झाडापखला नियन्त्रणमा आएको हो ।
सिङ्गो गाउँ नैै प्रभावित बनेपछि काठमाडौंबाट बिशेषज्ञ डक्टर सहित अनुसन्धान गर्न बिश्व स्वास्थ्य संगठन को समन्वयमा इपिडियोनोलोजि तथा रोग नियन्त्रण महाशाखाबाट टोलीले प्रभावित क्षेत्रमा अनुगमन गरेका थिए । झाडापखला फैलिएको स्थानमा जिल्ला स्वस्थ्य कार्यालय गुल्मी, गुल्मी अस्पताल, मुसिकोट नगरपालिकाले सचेतना कार्यक्रम पनि सम्पन्न गरेका छन् ।
प्रभावित क्षेत्रमा स्थानियलाई राखेर पानी उमालेर प्रयोग गर्न,हात मिचिमिची धुने लगायतका सल्लाह,सुझाव दिई विरामीसँग भेटघाट गरेर सचेतना कार्यक्रम सम्पन्न गरेको मुसिकोट नगरपालिका गुल्मीका स्वस्थ्य संयोजक डिबी जिसीले बताए । प्रभाबित क्षेत्रमा खानेपानीको समस्या भएपछि नगरपालिकाले दैनिक ट्याकरबाट पनि पानी बितरण गरिरहेको नगर प्रमुख सोमनाथ सापकोटाले बताए ।
सोहि स्थानमै ०७३ साल बैशाख १८ गते जंगलमा लागेको आगो पानीको अभावमा स्थानियले नियन्त्रणमा लिन नसक्दा वारी दजाकोटमा फैलिएर त्यो पुरै गाउँ खरानीमा परिणत भएको थियो । ५६ घरधुरी जलेर नष्ट भएको थियो । भने १ जनाको मृत्यु समेत भएको थियो । ७० वटा घर गोठ जलेर १० करोड भन्दा बढिको क्षति भएको थियो ।

यो पनि पढ्नुस्

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D