Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the rank-math domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home4/b0n2p6e5/public_html/wp-includes/functions.php on line 6114
प्रथम गाउँपालिका अध्यक्ष कप कराँते प्रतियोगीतामा ११ टिमको सहभागि हुने, रेफ्री नै ५० जना - Gulminews

प्रथम गाउँपालिका अध्यक्ष कप कराँते प्रतियोगीतामा ११ टिमको सहभागि हुने, रेफ्री नै ५० जना

कमल पौडेल
बाग्लुङ, १५ कार्तिक । प्रथम गाउँपालिका अध्यक्ष कप राष्ट्रिय कराँते प्रतियोगीता २०७५ मा ११ टिमको सहभागिता रहने भएको छ। बडिगाड गाउँपालिकाको खार वजारमा मंसिर १ देखि ३ गते सम्म चल्ने प्रतियोगीतामा विभागिय टिम नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी तथा ७ वटै प्रदेशको टिम र आयोजक १ गरि ११ टिमको सहभागिता रहने भएको छ ।

प्रतियोगितामा देश भरवाट ३ सय वढि खेलाडि, २२ जना प्रशिक्षक, अन्तराष्ट्रि १२ र राष्ट्रिय ३८ गरि जम्मा ५० जना रेफ्री (एम्पाएर) को सहभागिता रहने कार्यक्रम संयोजक राजन पाइजाले जानकारी दिनुभएको छ।

कार्यक्रममा जापानी प्रशिक्षकको समेत सहभागिता रहने छ। प्रथम बडिगाड महोत्सव तथा पौंदि न्वागी मेलाकै अवसरमा बडिगाड डोजोको आयोजना र वडिगाड गाउँपालिकाको आर्थिक सहयोगमा कार्यक्रम हुन लागेको हो। कार्यक्रममा ३४ लाख खर्च हुने अनुमान गरिएको आयोजकले जनाएको छ। प्रतियोगीताको लागि वडिगाड गाउँपालिकाले २० लाख विनियोजन गरेको छ।

सो प्रतियोगीतामा प्रथम पुरस्कार ७५ हजार ट्रफि, मेडल र प्रमाणपत्र, द्धितियको लागि ५० हजार ट्रफि, मेडल र प्रमाणपत्र तथा तृतिय हुनेको लागि २५ हजार ट्रफि, मेडल र प्रमाणपत्र को व्यावस्था गरिएको छ।

यो पनि पढ्नुस्

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D