gulminews logo
शनिबार, २०८१ बैशाख १५

सनराईजको प्रथम साधारणसभा तथा अधिवेशन सम्पन्न, अध्यक्षमा विष्ट

गुल्मी, १० असोज । द सनराईज युथ क्लबको प्रथम साधारणसभा तथा प्रथम अधिवेशन सम्पन्न भएको छ । मदाने गाउँपालिका १ अग्लुङ्ग ओख्लेदहमा स्थापित द सनराईज युथ क्लबको सोमबार प्रथम साधारणसभा तथा प्रथम अधिवेशन सम्पन्न भएको हो ।

वि स २०६९ मा स्मृति स्नेह संगितमय बाल क्लबका रुपमा स्थापित यस क्लब २०७१ मा युवा क्लबमा परिणत हुँदै आएको र भर्खर मात्रै वैधानिकता पाएको यस द सनराईज युथ क्लबको प्रथम साधारणसभा तथा अधिवेशन सम्पन्न भएको हो । कार्यक्रममा क्लबका संरक्षक समिति संयोजक लाल बहादुर विष्टको प्रमुख आतिथ्य तथा सल्लाहकार समिति संयोजक राजेन्द्र विष्टको विशिष्ट आतिथ्यतामा सम्पन्न भएको छ । क्लबका तदर्थ समितिका अध्यक्ष भिम बहादुर घर्ती क्षेत्रीको सभाध्यक्षतामा भएको कार्यक्रममा क्लबका अध्यक्ष भिम बहादुर घर्ती क्षेत्रीले अध्यक्षता प्रतिवेदन र कोषाध्यक्ष प्रमिला कुँवरले आर्थिक प्रतिवेदन प्रस्तुत गरिएको थियो ।

क्लबको अधिवेसनबाट विवश विष्टको अध्यक्षतामा १३ सदस्यीय कार्यसमिति गठन गरिएको छ । यस्तै अध्यक्षमा विवश विष्ट, उपाध्यक्ष इन्द्रजित विष्ट, सचिवमा राजकुमार विष्ट, सहसचिवमा प्रमिला कुँवर, कोषाध्यक्षमा सपना बि. क यस्तै सदस्यहरुमा महेश बोहरा, विष्णी चन्द, विष्णा चन्द, प्रशान्त विष्ट, मनिष विष्ट, प्रकाश बि.क, तुलाराम चन्द र नेत्र चन्द रहेका छन । यस्तै क्लबको संरक्षक समितिमा वडा अध्यक्ष सुशील चन्दको संयोजकत्व वडा सदस्य भगत चन्द र लाल बहादुर विष्ट चयन भएका छन । यस्तै सल्लाहकार समितिमा राजेन्द्र विष्टको संयोजकत्वमा बालकृष्ण चन्द,भिमबहादुर घर्ती क्षेत्री, सावित्रा चन्द र कमला बस्नेत चन्द गरि ५ सदस्यीय बनेको हो ।

वि स २०६९ सालमा स्मृति स्नेह संगितमय बालक्लबका रुपमा स्थापित यस संस्था २०७१ सालमा द सनराईज युवा क्लब हुदै सातौं वार्षिकोत्सब मनाइसकेको छ । यद्यपि भर्खरै मात्र वैधानिकता पाए सँगै क्लबले प्रथम साधारणसभा तथा प्रथम अधिवेशन गरेको हो । क्लबले सामाजिक, साँस्कृतिक लगायत खेलकुद, स्वास्थ्य, शिक्षा सँगै विभिन्न क्षेत्रमा योगदान पुर्याउदै आएको छ। स्वास्थ्य सचेतनाका कार्यक्रम देखि लिएर विभिन्न विद्यालयहरुमा छात्रवृत्तिका कार्यक्रम, खेलकुदका कार्यक्रम सँगै विभिन्न समाजसेवामा तल्लिन रही गरेको कार्यहरु क्लबको उदाहरणीय कार्यहरु रहेको बताइएको छ ।

यो पनि पढ्नुस्

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D