gulminews logo
शनिबार, २०८१ बैशाख १५

अर्घाखाँचीमा करसप्ताह सम्पन्न, तीनजना करदाता सम्मानित

अर्घाखाँची, मङ्सिर ७ । करदाता सेवा कार्यालय सन्धिखर्कले एघारौँ कर दिवसको अवसरमा मङ्सिर १ गतेदखि सुरु भएको कर सप्ताह करदाता सम्मान र कर्मचारी पुरस्कृत गरी बुधबार समापन गरेको छ ।

सन्धिखर्क नगरपालिकाको सभाहलमा सम्पन्न कार्यक्रममा उद्योग, सेवा र व्यापार क्षेत्रका एक-एक गरी आर्थिक वर्ष २०७७।०७८ मा सबैभन्दा बढी आयकर दाखिला गर्ने तीन जना करदातालाई सम्मान गरिएको छ । सम्मानित हुनेमा राप्ती ग्यावियन सिस्टम प्रा.लि. (स्थायी लेखा नम्बरः ३०५२९८९५३) , मोतिदान पि.टि.आर. जे.भी. (स्थायी लेखा नम्बरः ६०७६९६५८१) र भुसाल आयल सेन्टर / अमर निर्माण सेवा (स्थायी लेखा नम्बरः ३००३५८५२८) रहेका छन् । यि मध्ये राप्ती ग्यावियन सिस्टम प्रा.लि. दसौँ कर दिवस-२०७८ को अवसरमा पनि उत्कृष्ट करदाताको रुपमा सम्मानित भएको थियो ।

सो अवसरमा कार्यालयमा कार्यरत कार्यालय सहयोगी सर्वजित बुढाथोकीलाई उत्कृष्ट कर्मचारीका रुपमा पुरस्कृत पनि गरिएको छ । छनौट गरिएका व्यवसायी र कर्मचारीलाई प्रमुख जिल्ला अधिकारी शशीधर घिमिरेले सम्मान-पत्र एवम् प्रशंसा पत्र प्रदान गर्नुभएको थियो । कर अधिकृत कमल सुवेदीको अध्यक्षतामा सम्पन्न कार्यक्रम नायब सुब्बा खुम बहादुर रावत क्षेत्रीले सञ्चालन गर्नुभएको थियो भने नायब सुब्बा पुष्पा पाण्डेले स्वागत मन्तव्य प्रस्तुत गर्नुभएको थियो ।
सरकारले वि.सं. २०६९ देखि प्रत्येक वर्ष मङ्सिर १ गते राष्ट्रिय कर दिवस र मङ्सिर १ देखि ७ गतेसम्म कर सप्ताह मनाउने गर्दछ ।

यो वर्ष पनि आन्तरिक राजस्व विभाग र अन्तर्गतका देशभरका कार्यालयहरुमा स्वेच्छिक सहभागितासहितको फराकिलो कराधार; दिगो र उत्पादनमुखी अर्थतन्त्रको आधार भन्ने मुल नाराका साथ विवध कार्यक्रम गरी कर दिवस मनाइएको छ ।

यो पनि पढ्नुस्

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D