gulminews logo
शुक्रबार, २०८१ बैशाख १४

गुल्मीमा ३ सकेट बम र एउटा बन्दुक फेला

टोपलाल अर्याल
गुल्मी, २३ असार । गुल्मीको मालिका गाउँपालिका ४ अर्खबाङ्गमा तीन वटा सकेट बम र एउटा बन्दुक फेला परेको छ । अर्खबाङ्गका दुई फरक स्थानमा बम र बन्दुक फेला परेको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख प्रहरी उपरिक्षक अनुराग कुमार द्धवेदीले जानकारी दिए ।


खानेपानीको पाइप गाड्ने क्रममा स्थानीय बामदेव अर्यालको खरेनमा कम्व्याड कपडाले बेरेको अवस्थामा तीन थान सकेट बम फेला परेको द्धवेदीले बताए । बम फेला परेको १० मिटर तल ओडारमा हर्नेट बन्दुक समेत फेला परेको प्रहरीले जनाएको छ ।

स्थानीयले बम फेला परेपछि अस्थायी प्रहरीपोष्ट अर्खबाङ्गलाई खबर गरेका थिए । सोहि अर्खबाङ्ग प्रहरी चौकीका प्रहरी सहायक निरिक्षक विष्णु प्रसाद खनालको नेतृत्वमा गएको प्रहरीको टोलीले नजिकै खोजतलास गर्दा बन्दुक पनि फेला पारेको थियो ।

सो बम र बन्दुक द्धन्द्धकालमा गाडेर राखेको हुनसक्ने प्रहरीको अनुमान रहेको छ । बम डिस्पोजलका लागि बिरभद्रजंग गुल्म धागीधुमबाट नेपाली सेनाको टोली घटना स्थल तर्फ लागेको गुल्मपति जनमत कार्कीले बताए ।

यो पनि पढ्नुस्

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D