gulminews logo
शुक्रबार, २०८१ बैशाख ७

यस्तो आयो गुल्मीको ताजा मतगणना परिणामा (दिउँसो ४:३० बजेको अप्डेट)

सन्जु काउछा
मङ्सिर २३ । गुल्मी क्षेत्र नम्बर १ मा नेकपा एमालेका उमेदवार प्रदीप ज्ञवालीको अग्रता कायमै रहेको छ । उनले शनिबार दिउँसो ४ बजेको अप्डेट सम्म १८१९४ मत प्राप्त गर्दै निकटतम प्रतिद्वन्दी नेपाली कांग्रेसका चन्द्र भण्डारीसँगको मतान्तर फराकिलो गर्दै लागेका छन् ।
भण्डारीले १३७९१ मत प्राप्त गरेका छन् जुन ज्ञवालीले प्राप्त गरेको मत भन्दा ४ हजार ४ सय भन्दा बढीले कमा मत हो ।

त्यसैगरी गुल्मी क्षेत्र नम्बर २ मा पनि एमालेका उमेदवार गोकर्ण विष्टले फराकिलो मतान्तरसहित अग्रता कायमै राखेका छन् । विष्टले आफ्न निकटतम प्रतिद्वन्दी कांग्रेसका चन्द्र केसीले भन्दा झन्डै दोब्बर मत प्राप्त गरेका छन् ।

गुल्मी २ मा प्रतिनिधि सभातर्फ ३६९२६ मत गन्दा नेपाली कांग्रेसका चन्द्र के.सीले १२३०४ मत प्राप्त गरेका छन् भने बामगठबन्दनको तर्फबाट उम्मेदवार नेकपा एमालेका गोकर्ण विष्टले २२१७७ मत प्राप्त गर्दै आफ्नो सुरुवात देखिको अग्रतालाई कायमै राखेका हुन् ।

निर्वाचन क्षेत्र नं २ को प्रदेशसभा सदस्यका वामगठबन्धका उम्मेदवार एमालेका खड्गबहादुर के.सी विजयी भएका छन्। खत्रीका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका शालिक पन्थीले ११६७३ मत लिएर पराजित भएका छन् । के.सीले १६१६५ मत लिएर विजयी भएका हुन्।

निर्वाचन क्षेत्र नं २ “ख”को प्रदेशसभा सदस्यका वामगठबन्धका उम्मेदवार दिनेश पन्थी विजयी भएका छन्। पन्थीले आफ्न निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका छन्द पहराईलाई पछी पार्दै जित हासिक गरेका हुन् ।

पन्थीले १७ हजार ६ सय एक मत लिएर विजयी भएका हुन् । उता नेपाली कांग्रेसका छन्द पहराईले जम्मा ९ हजार ६ सय ६४ मत मात्र ल्याएका थिए । उनिहरुले प्राप्त गरेको मतहरुको अन्तर ८ हजार ३७ रहेको थियो ।

गुल्मी १ को प्रदेश सभा तर्फ दुबइ प्रदेशमा बामगठबन्दनको अग्रता कायमै छ ।

यो पनि पढ्नुस्

गुल्मीमा राष्ट्रिय स्वतन्त्र पार्टीले कती मत ल्यायो ? जिल्लामा माओबादी भन्दा अगाडी

हुमाकान्त पोखरेलगुल्मी, ११ मंसिर । गुल्मीमा समानुपातिकतर्फ राष्ट्रिय स्वतन्त्र पार्टी तेस्रो दल बनेको छ ।

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D