gulminews logo
शनिबार, २०८१ बैशाख ८

गुल्मीमा ३ हजार वाईसियल संगठित, वामगठबन्धनबाट १० हजार युवा परिचालनको तयारी

प्रेम सुनार
गुल्मी, कार्तिक १२ । नेकपा माओवादी केन्द्रको भातृ संगठन योङ्ग कम्युनिष्ट लिग (वाईसियल ) नेपालको शनिवार देशभर वडा सम्मलेन सम्पन्न भएको छ । गुल्मीमा पनि केहि वडा बाँकी रहेको र अधिकांसममा सम्पन्न भएको वाईसियल नेपाल ५ नम्वर प्रदेश कमिटीका उपाध्यक्ष यदु ज्ञवालीले जानकारी दिए । जिल्लाका ९३ वडा मध्ये ८० वडामा सम्मेलन सम्पन्न भएको छ’– ज्ञवाली भने–‘ति वडाबाट करिव ३ हजार वाईसियल संगठित भएको प्रदेश कमिटीमा रिर्पोट आएको छ ।’
वाईसियलका गुल्मी जिल्ला अध्यक्ष तारा रानाका अनुसार बाँकी रहेका वडा सहित करिव ५ हजार वाईसियल संघ र प्रदेश सभा निर्वाचन सम्म संगठित गर्ने तयारीमा संगठन जुटेको छ । २०६४ को संविधान सभा निर्वाचन ताकाका वाईसियल यसपालिको निर्वाचनमा परिचालन गर्ने तयारी भई रहेको गुल्मी प्रदेश नम्वर १ का उमेदवार तथा माओवादी केन्द्रको जिल्ला सह–ईन्चार्ज सुदर्शन बरालले बताए ।
नेकपा एमाले युवा संघ नेपालका जिल्ला ईन्चार्ज गणेश श्रीपालीका अनुसार त्यस संगठनमा करिव ७ हजार युवा संगठित छन् । दुवै पार्टीका युवाहरुलाई संयुक्त निर्वाचन परिचालन कमिटी बनाईने छ । कम्तीमा दश हजार युवा फिल्डमा खटाईने छ । करिव २ हजार विशेष तालिम प्राप्त युवा फोर्शलाई भई परी आउने काम र खास–खास स्थानमा पट्रोलिङ्गमा खटाईने वामगठवन्धनले जनाएको छ ।
वाम गठबन्धनका युवा शक्तिलाई अनुशासित ढंगबाट परिचालन गरिने छ । कुनै पनि मतदातालाई कसैको धाक धम्की र दवावमा पर्न दिनबाट रोकिने छ । मतदातालाई स्वतन्त्र बनाउने निर्वाचन संगै गुण्डागर्दी तह लगाउने युवाहरुको भुमिकालाई तिव्रता दिने वाम गठ बन्धनका नेताहरु बताउँ छन् ।

यो पनि पढ्नुस्

गुल्मीमा राष्ट्रिय स्वतन्त्र पार्टीले कती मत ल्यायो ? जिल्लामा माओबादी भन्दा अगाडी

हुमाकान्त पोखरेलगुल्मी, ११ मंसिर । गुल्मीमा समानुपातिकतर्फ राष्ट्रिय स्वतन्त्र पार्टी तेस्रो दल बनेको छ ।

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D