gulminews logo
शुक्रबार, २०८० चैत्र १६

गरिवको पीडा: ऋण बोकेर जापान, बिग्रेको मृगौला बोकेर नेपाल

टोपलाल अर्याल
गुल्मी, १८ साउन । आफ्नो भविष्य र परिवारको खुसीका लागी ०७३ साउन ४ गते जापान गएका रुरु गाउँपालिका १ रिडीका ३१ बर्षिय धिरज श्रेष्टले मृगौला फेल भएर घर आउँला भनेर कल्पना गरेका थिएनन ।

सामन्य परिवारका धिरज १२ लाख गाउँमा क्रृणधन गरेर जापान गएका थिए । तर सात महिनामै फर्किनुपर्ने अवस्था आयो । घरेलु कामदारको रुपमा उनी जापान गएका थिए । शुरुमा निरन्तर खोकी लोपछि श्रेष्टले जापानको आशा कित्ता अस्पतालमा चेकअप गराएका थिए । फागुन दोस्रो साता चेक जाँच गराउँदा दुवै मृगौला फेल भएको थाहा पाएपछि उनी फागुन २९ गते नै नेपाल फर्किए ।

dhiraj shresthaअहिले धिरज पाँच महिनादेखि काठमाण्डौको सुमेरु अस्पतालबाट जीवनको भिख मागिरहेका छन् । ‘क्रृण खोजेर आफ्नो र परिवारको खुसीका लागि प्रदेश पुगे,’उनले भने,‘ दैवले रित्तो हात फर्कायो ।’ आर्थिक समस्या हँुदा दुबै मृगौला पीडित धिरज श्रेष्ठको मृगौला प्रत्यारोपणको प्रकृयामा ढिलाइ भएको छ । उनलाइ चिकित्सकहरुले यथाशिघ्र मृगौला प्रत्यारोपण गर्न सुझाव दिएका छन् । तर आर्थिक समस्याका कारण प्रकृयामा ढिलाई भएकाले उनको स्वस्थ्य अवस्था समेत जटिल बन्दै गएको छ । धिरजले हाल काठमाडौं स्थित सुमेरु अस्पतालमा सातामा दुई पटक डायलासिस गराई रहेको आमा राधा श्रेष्ठले बताइन् ।

नेपालमा हाल निशुल्क मृगौला प्रत्यारोपण सेवा रहेपनि कानुनी तथा ब्यबहारिक समस्याका कारण धिरजको नेपालमा मृगौला प्रत्यारोपणमा समस्या भएको हो । भारतमा उपचारका लागि ३० देखि ४० लाख रुपैया सम्म खर्च लाग्ने भएपछि अन्यौलमा छोराको पीडा कुर्नु परेको उनले बताइन् । ‘सवै सम्पति बेचेपनि पाँच लाख छैन,’उनले भनिन,‘यो देशमा पैसा हुने मात्र बाँच्ने भए, गरिवहरु त्यसै मर्नुपर्ने रैछ ।’ अस्पताल मार्फत सहयोगको याचना गरिरहेका धिरजले सहयोग पाए बाँच्ने आशा व्यक्त गरे । ‘घरमा परदेशकै क्रृण बाँकी छ, कमाउने मै आफु ढले,’उनले भने,‘ आफन्त र इष्टमित्र सहयोग नै मेरो जीवन हो ।’ उनले देश तथा बिदेशमा बस्ने सम्पुर्णलाई जीवन रक्षाका लागि आर्थिक सहयोग उपलब्ध गराउन अनुरोध समेत गरेका छन् ।

रुरु नेटवर्क मार्फत १२ लाख २६ लाख संकलन
सामाजिक संजाल मार्फत समाजिक काममा सक्रिय रुरु नेटवर्क प्रालिले दुवै मृगौला पीडित श्रेष्ठका लागि १२ लाख २६ हजार संकलन गरेको छ । स्वदेश तथा विदेशमा बस्ने थुप्रै नेपालीहरुले नेटवर्क मार्फत उनलाई सहयोग गरेका छन् । नेटवर्कले धिरज बचाउ अभियान नै संचालन गरिरहेको छ । अहिलेसम्म संकलन भएको १२ लाख चेक मार्फत र २६ हजार नगद सहित उनको परिवारलाई हस्तान्तरण गएिको नेटवर्कका संचालक सुन्दर कसजुले बताए ।
‘जसले जसरी गरेपनि सेवा र समाजिक विकास नै हो,’कसजुले भने,‘स्वदेश तथा परदेशमा बस्नेले देखाएको सहानुभुति उदाहरणीय छ ।’ दुईमा बस्ने बाबुराम गोतामे मार्फत दुई लाख ६० हजार दुई सय ७५, सागर थैव हङकङ्ग मार्फत ६० हजार, कुमार अधिकारी मार्फत कतारबाट ५६ हजार तीन सय ८२ लगायत धेरैले आर्थिक सहयोग गरेको उनले बताए ।

यो पनि पढ्नुस्

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D