gulminews logo
मंगलवार, २०८१ बैशाख ११

८ जना गुल्मेली गायक गायिकाहरुको नयाँ झ्याउरे गीत सार्वजनिक (भिडियो सहित)

काठमाडौं, मंसिर २८ । ८ जना गुल्मेली गायक गायिकाहरुको नयाँ झ्याउरे गीत सार्वजनिक भएको छ । नेपाली झ्याउरे लोकगीत “जिन्दगीको के छ र भर…..” बोलको गीत शनिबार सार्वजनिक भएको हो । गायिका निर्मला थापा मगरको अफिसियल युटुव च्यानलवाट सार्वजनिक भएको उक्त गीतमा सन्तु थापा, प्रसाद खप्तरी मगर, निर्मला थापा मगर, सन्जु थापा मगर, तिलक बस्नेत, पवित्रा सातुङ्गे मगर, निरु श्रीष मगर र सुरेश राना मगरको संयुक्त आवाज रहेको भने गीतको शब्द तथा संगीत भने सुरेश राना मगरको रहेको छ ।

डोलराज बारघरे मगरको संगित संयोजन रहेको गीत मारुनी स्टुडियोमा रेकर्ड गरिएको हो । गीतको म्युजिक भिडियोलाई मधुर बस्नेतले निर्देशन गरेका छन् भने मेक बहादुर थापाले संपादन गरेका हुन् ।उक्त गीतको म्युजिक भिडियोमा समुहगत नृत्य पश्चिमाञचल साँस्कृतिक केन्द्रले नृत्य गरेको छ ।

हेरौं भिडियो: