५ बर्ष भित्र मुसिकोटलाई देशकै नमूना नगरपालिका बनाउन लागिपरेको छु, सबैको साथ चाहियो: मेयर सापकोटा

कौरव खत्री
गुल्मी, ११ फागुन । मुसिकोट नगरपालिकाका नगरप्रमुख सोमनाथ सापकोटाले अवको ५ बर्ष भित्र नगरपालिका देशकको नमुना नगरपालिका बनाउन आफू लागि परेको बताउनुभएको छ । यसमा सबै नगरवासीहरुलाई साथ र सहयोग दिन समेत उनले आग्रह गरेका छन् ।

वार्ड नं ९ स्थित ददल्का माध्यमिक विद्यालयको ५७ औ बार्षिकोत्सवको उद्घाटन तथा स्वर्ण स्मारिका विमोचन गर्दै प्रमुख अतिथि मुसिकोट नगरपालिकाले सो कुरा बताउनुभएको हो ।

“अवको ५ बर्ष भित्र नगरपालिकालाई देशको नमूना नगरपालिका बनाउन लागिपरेको छु”, सापकोटाले भने, “यसमा सबै नगरवासीहरुलाई साथ र सहयोग दिन आग्रह गर्दछु ।”

साथै उनले अवको शिक्षालाई कस्तो बनाउने भन्ने बारेमा नगरपालिकाले थप व्यवस्थित गर्न लागि रहेको बताउदै अवमै बसेर केही गर्न आग्रह गरे ।

साथै उनले गाँउमा गुणस्तरीय शिक्षा नहुदा पनि कतिपय स्थानका नागरिकहरु लेखपढ र सुविधाको लागि शहरतिर झर्ने क्रम बढेकोले यसलाई रोक्नु पर्ने बताए ।

साथै उनले विद्यालयका शिक्षक,प्रधानाध्यापक र विद्यालय व्यवस्थापन समिति एवं सबै पक्षहरु मिलेर विद्यालयकोे शैक्षिक विकास र गुणस्तर सुधारको लागि लाग्नु पर्ने बताए ।

साथै विद्यालयको ५७ औ बार्षिकउत्सव तथा ददल्का स्वर्ण स्मारिका विमोचन कार्यक्रमका अवसरमा नेपाल शिक्षक महासंघ गुल्मीका सह सचिव रामकृष्ण कंडेल,सितापुर माध्यमिक विद्यालय अलाङ्गकोटका प्रधानाध्यापक विष्णुप्रसाद खरेल,जनजागृति माध्यमिक विद्यालय काडेवासका शिक्षक देवराज खरेल,बरिष्ठ चन्दादाता तुलसीराम खरेल,अक्षयकोष दाता ललित प्रसाद खरेल,युवा जागरण युवा क्लव ददल्काका अध्यक्ष सुधन खरेल, पूर्व शिक्षक कृष्णप्रसाद काफ्ले,समाजसेवी गोपिकृष्ण खरेल, लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

यस्तै कार्यक्रममा मुनपा ९ निवासी समाजसेवी तुलसीराम खरेलले विद्यालयलाई रु.४ लाख ११ हजार १ सय ५१ रुपैया बरावरको नगद चेक हस्तान्तरण गरेका थिए ।

सोही अबसरमा बरिष्ठ चन्दादाता तुलसीराम खरेल तथा विद्यालयका पूर्व शिक्षक कृष्णप्रसाद काफ्ले ,कौरव खत्री लगायतलाई दोसल्ला र सम्मान पत्रले सम्मान गरिएको थियो । कार्यक्रममा विद्यालय स्तरीय रेर्कड डान्स प्रतियोगिता, पिटि प्रर्दशन लगायत विद्यालयका आन्तरिक कार्यक्रमहरु समेत प्रस्तुत गरिएको थियो ।

कार्यक्रम विद्यालय व्यवस्थापन समितिका अध्यक्ष खड्क बहाखुर खत्रीको अध्यक्षता तथा विद्यालयका शिक्षिका पुष्पा शर्मा विद्यार्थी लोक बहादुर खत्री प्रिकां परियारको स्वागत मन्तव्य रहेको कार्यक्रम विद्यालयका शिक्षक दोय कालिदास खरेल र बुद्धिमणि खरेलले गरेका थिए । बार्षिक उत्सव गत फाल्गुन ८ देखि ९सम्म अनौपचारिक तथा १०गते औपचारिक गरिएको हो २०६८ साल फाल्गुन १देखि ५ सम्म विद्यालयको स्र्वण महोत्सव गरिएको थियो स्र्वण महोत्सवको स्मारिका भने ८ बर्षपछि अर्थात हिजो शुक्रवार विमोचन गरिएको थियो ।

यो पनि पढ्नुस्

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D