टोपलाल अर्याल
गुल्मी, असौज १३ । ५६ बर्षपछि नेपाल सरकारका गृहमन्त्री रामबहादुर थापा धर्मपत्नी नैनीकला थापासहित जन्मथलो फर्किएका छन् । थापा शनिबार विहान साढे ८ बजे आफ्नो जन्मथलो मुसिकोट नगरपालिका ३ वडागाउँ तल्लो दजाकोट पुगेका थिए ।
भेटमा उनले आफ्ना दाजुभाई, परिवारका सदस्य तथा आफन्तसंग भेटघाट गरि माया र आत्मियता साटेको मन्त्रीका छिमेकी तथा समाजसेवी हरि छन्तेलले बताए ।
करिव ४५ मिनेट बिताएका उनले आफुले पढेको पशुपति निमावि, गाउँ र बाल्कालको स्मरण गरेका थिए । सोहि अवसरमा मुसिकोट नगरपालिकाले थापालाई स्वागत गरेको थियो । अभिनन्दनपछि बोल्दै मन्त्री थापाले मुसिकोटमा इलाका प्रहरी चौकी स्थापना गर्ने र खानेपानीको समस्या समाधान गर्न पुर्ण प्रतिवद्ध रहेको बताएका थिए । उनले गाउँको भेटघाटलाई निरन्तरता दिने समेत बताए ।
शनिबार नै नेकपाको पार्टी कार्यालयमा पुगेर मन्त्री थापाले जीवराज आश्रितको तस्विरमा माल्र्यापण तथा कार्यकर्ता भेटघाट गरेका थिए ।