४ केजी गाँजा बुटवल लैजान लागेका गुल्मीका सन्तोष पक्राउ

गुल्मी, जेठ १३ । अर्घाखाँची, पाणिनी गाउँपालिका-४ निगाली देउरालीबाट करिब ४ केजी अवैध लागूऔषध गाँजा सहित गुल्मी मदाने गाउँपालिका-१ अग्लुङ घर बताउने २९ वर्षीय सन्तोष चन्दलाई गत आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । उक्त स्थानमा बुटवल रुपन्देहीको लागि छुट्न लागेको बसमा अवैध गाँजा लिएर जाँदै गरेको भन्ने बिशेष सूचनाको आधारमा प्रहरी चौकी खिदिमबाट खटिएको प्रहरीले चन्दलाई उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको प्रहरीले जनाएको छ ।

उता मकवानपुर, थाहा नगरपालिका-३ बायोखोलास्थित सडक छेउमा रोकी राखेको ना.६ ख ३२४३ नम्बरको मिनी ट्रकबाट ४ सय २२ केजी अवैध लागूऔषध गाँजा आइतबार राति प्रहरीले बरामद गरेको छ । ईलाका प्रहरी कार्यालय पालुङबाट खटिएको प्रहरीले उक्त ट्रक तलासी गर्दा ट्रकको पछाडि बोरामा प्याक गरेको अवस्थामा १४ वटा पोकामा रहेको उक्त परिमाणको लागूऔषध फेला पारी बरामद गरेको प्रहरीले जनाएको छ ।

यो पनि पढ्नुस्

डलर साट्ने बाहनामा बिदेशबाट फर्केकालाई ठगी गर्ने खोज्ने गुल्मीका दुई जना पक्राउ

काठमाडौं, कार्तिक २२ । काठमाडौं महानगरपालिका-२६ नयाँबसपार्कबाट डलर साट्ने बाहना पारी वैदेशिक रोजगारीको शिलशिलामा ओमनबाट

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D