गुल्मी, माघ २१ । १५ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा गुल्मी प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा गुल्मीको मुसिकोट नगरपालिका-७ का ३१ वर्षीय चुरा बहादुर राना, १९ वर्षीय टेक बहादुर कुमाल र बाग्लुङ बडीगाड गाउँपालिका-४ का १९ वर्षीय सनु दगामी घर्ती मगर रहेका छन् ।
उनीहरूलाई प्रहरीले सोमबार साँझ पक्राउ गरेको हो । पक्राउ परेका अभियुक्तहरूले बालिकालाई जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय गुल्मी र प्रहरी चौकी वामीबाट प्रहरी टोली खटिएको थियो ।
उनीहरूविरुद्ध जबरजस्ती करणी सम्बन्धी कसुरमा मुद्दा दर्ता गरी अनुसन्धान थालेको गुल्मी प्रहरीले जनाएको छ ।