gulminews logo
बिहीबार, २०८० चैत्र १५

‘हिजो म पनि बालक थिएँ’

सुनिता कंडेल
गुल्मी भदौ २९ । आज एउटा हिस्सा ओगटेको क्षेत्रको बिषयमा बोल्न मन लाग्यो । जुन एउटा अबस्था जो कोहिले पार गर्नैपर्ने हुन्छ । यो समाजका सबै मानिस जुन अबस्था पार गरेर आयौं । एउटा अबस्था जुन समाजले जस्तो सिकायो त्यहि अबस्था तिर जानेछ । समस्याहरुबारे जानकार हुदाहुदै पनि हामीले केहि समाजमा भएका तीता समस्याहरु समाधान गर्न सकिरहेका छैनौं ।
त्यसको निम्ती अहिलको बाल दिवसले समाजमा उठेका समस्याहरु बारे निर्मूल पार्न तर्फ अहिलेको समाज को ध्यान केन्द्रि हुनु जरुरी छ । ‘हिजो म पनि बालक थिए’ । हिजो हरेका व्यक्ति त्यहि बालबालिका अबस्था पार गरेर आयौं । तत्कालिन समयमा बालबालिका प्रति हेर्ने र बालबालिकाको निम्ती गरिने व्यवहार अहिलेको समयमा परिवर्तीत पनि भएको छ ।
पहिलेको समयमा भोगेका ति अतितका समस्याहरु केहि हदसम्म परिवर्र्तीत समायानुकुल परिर्वतन भएका पनि छन् । सबै बालक अबस्था पार गरेर आयौं बालबालिका जल्दाबल्दा समस्याहरुबारे हामी सबै जानकार पनि छौं ।
आज बाल दिवसको अवसरमा विभिन्न संघ संस्थाले धेरै कार्यक्रमको आयोजना गरेर दिवस मनाईदैँ छ । बाल दिवसको लागि यस वर्ष ‘सुखी नेपाली, समृद्ध नेपाल  बाल अधिकार सबैको सरोकार’ भन्ने नारा पनि तय गरिएको छ ।
विगत वर्षहरूमा जस्तै विभिन्न कार्यक्रम गरेर बालदिवस मनाउने कार्यक्रम राखिए । बाल दिवस मनाउँदै गर्दा बालबालिकाको पर्वको रूपमा मनाइने बालदिवसको नारा र त्यसको सार्थकता बारेमा पनि बेला बेलामा कुराहरु उठने गर्दछन् ।
नेपालले बालअधिकारसम्बन्धी महासन्धी १९८९ लाई १४ सेप्टेम्बर १९९० मा अनुमोदन गरेर बालबालिकाको विकास, बालअधिकारको संरक्षण र बाल सहभागिताजस्ता विषयमा आफ्नो अन्तर्रा्ष्ट्रिय प्रतिवद्धता प्रकट गरेको दिनकै अवसरमा नेपालले हरेक वर्ष भदौ २९ गते राष्ट्रिय बाल दिवस मनाउँदै आएको छ । वि.सं.२०२१ सालको भाद्र ४ गतेदेखि मनाउन शुरु गरिएको राष्ट्रिय बालदिवस ०६३ सालमा आएर भाद्र २९ गते मनाउन सुरु गरिएको हो ।
दिवसहरुलाई वास्ताबिक रुपमा धेरै नेपाली बालबालिकालाई प्रत्याभूत गराउन सकिएन भने मनाउनुको सार्थकता देखिदैन् । बालदिवसलाई खास गरि औपचारिकतामा मात्रै सीमित हुँदै आएको छ ।
बालबालिकाको निम्ति चाहिने आधारभूत हकअधिकार वा उनीहरुको संरक्षणको सवालमा कति उपलब्धी हासिल गर्न सक्यौं भन्ने कुराले बाल दिवसको सार्थकता भएको मानिनेछ । बालश्रम, बाल विवाह, बढ्दो सडक बालबालिका, बाल दुव्र्यवहार, यौनशोषण तथा दुव्र्यवहार, विद्यालय शिक्षामा पहुँच बालमैत्री विद्यालय जस्ता बालबालिकाको क्षेत्रमा देखिएका जल्दाबल्दा समस्याहरू हुन् ।
बालबालिकाको लागि परिवार तथा राज्यबाट शिक्षा, स्वास्थ्य, पालनपोषण, उचित स्याहार, खेलकुद मनोरञ्जन जस्ता आधारभूत अधिकार पनि हुन् । बालबालिकाले मुख्य सिक्ने ठाउँ भनेको घरपरिवार र विद्यालय भएकोले बालमैत्री वातावरण हुनु जरुरी छ ।
बालदिवस आफैमा एउटा महत्वपूर्ण दिवस हो । बालबालिकालाई मान्यता दिएर दिवसका रुपमा मनाउनु राम्रो पक्ष हो । यस दिवसले समाजमा केहि न केहि सबल पक्षहरु ल्याउन मद्दत गर्दछ । दिवसले बालअधिकारको निम्ती चुनौती र अबसरहरु केलाउनु पनि उपलब्धीको रुपमा लिन सकिएला ।
तर बालअधिकारको बिषयमा के कस्ता राम्रा काम ग¥यौं कति उपलब्धी प्राप्त भए कति चुनौतीहरु आए प्रतिबद्धता पूरा भए कि भएनन् जस्ता कुराहरुको बालदिवसको दिन मात्रै नभई अन्य समयमा पनि समीक्षा हुनु पनि जरुरी छ । जबसम्म हामीभित्रको सोचमा परिवर्तन हुन सक्दैन यसको सार्थकता त्यति हुन सक्दैन ।
आज बाल दिवस मनाइ रहदा धेरै बालबालिकाहरु गरिबीका कारण बालश्रम गर्न बाध्य छन् । बालबालिकाले न्यूनतम पाउनु पर्ने हक, अधिकार पाउनबाट बालवालिकाहरु बञ्चीत भएका छन् ।
घर, होटल र विभिन्न उद्योगहरुमा दिनानुदिन बाल श्रम भैरहेकोछ । ग्रामिण भेगहरुमा अझै चेतनाको अभाव छ । अभिभावकले आर्थिक समस्या देखाएर छोराछोरीलाई पढ्ने उमेरमा स्कुल पठाउनुको सट्टा आफुसङ्गै काममा हिडाएका उदाहरण सबैको आखाअगाडी छर्लङ्ग छन् । सानो उमेरमै बालबालिकाहरु बाबुआमाको माया ममता बाट बन्चित छन कसैले बाबुआमा नै गुमाउनुपरेको छ ।
जसको कारणले गर्दा सडकमा अरुले फालेको खानेकुरा खान बाध्य छन् । भोकले छटपटाएर पेट पाल्नको लागि ५ रुपैयाँ र खानेकुरा माग्दा कैयौपटक अरुको गाली र कुटाइ खानुपरेको छ । यी बालबालिकाको समस्या कस्ले बुझ्ने ? । धेरै बालवालिकाहरु बिद्यालय भर्ना भएका छन् । तर नियमित स्कुल पठनपाठन गर्न कतिपय परिवारजनबाट पनि नियमित बिद्यालय जान सकिरहेका पनि छैनन् । जसको कारण बालदिवसको बेला गम्भीर बन्नु पर्ने अबस्था हाम्रो समाजमा सृर्जित समस्या पनि छ ।
बालबालिका आज साना भएपनि भोलिका कर्णधार भोलिका जिम्मेवार ब्यक्ति पनि हुन् । हामीले बालबालिकालाई कस्तो बनाउने कस्तो चेतना दिने भन्ने मुख्य गरि हाम्रो परिवेशले जनाउछ । त्यसैले पनि हामी हिजो बालबालिका थियौं भन्ने कुरा ख्याल गरिनु पर्दछ । बालबालिकालाई गरिने सामान्य आदरदेखि हरेका क्रियाकलापहरुमा बालबालिकाको अधिकार सुरु हुने गर्दछ । बालबालिकाको अधिकारलाई सुनिश्चिताको लागि उठिरहेका समस्याको दिर्घकालिन औषधी खोजिनु अहिलेको आबश्यकता पनि हो ।
धेरै बालवालिकाहरु सडकमा माग्दै हिड्ने सडकमा बेवारिसे बनेर हिनुपर्ने अबस्था पनि अझैपनि सृर्जित छ । त्यस्ता बालवालिकाको लागि दिर्घकालिन समाधान खोजिनु जल्दो बल्दो समस्या पनि देखिन्छ । समस्या मात्रै पनि होइन सरकारले बालबालिकाको निम्ती धेरै अबसरहरु ल्याएको पनि छ । तर त्यस्ता अबसरहरु प्रभावकारी हुन सकिरहेका छैनन् । त्यसैले पनि बालबालिकाहरु अहिले बिभिन्न संघ संस्थाहरु जिम्मेवार बन्नु पर्दछ । यसका लागि क्रियाशील बालअधिकारकर्मी लगायतका निकायहरु बीचमा पनि यसको सैद्धान्तिक पक्षका बारेमा छलफल हुनु जरुरी पनि छ ।

यो पनि पढ्नुस्

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D