स्वास्थ्य सेवा बोकेर गुल्मी पुग्छन् यी नेपाली अमेरिकन डाक्टर

त्यसो त ज्ञानेश्वर श्रेष्ठ नेपाली अमेरिकन भैसके । आफ्नै मातृभुमी जाँदा अमेरिकी पासपोर्ट चाहिन्छ उनलाई । उनको जन्मथलो तम्घास, गुल्मी हजारौं माइल पर छ । तर उनको हुटहुटीले वर्षमा तीनचोटि, यसपाली त पाँच पटक समेत त्यता पुर्यायो। कुनैबेला गाउँघरको मायाले अंकुसे हाल्छ, कुनैबेला बुबा आमा र आफन्तहरुको ममताले बोलाउँछ ।

भर्खरै पनि ज्ञानेश्वर नेपाल आएर फर्के । नेपाल उनी मिनपचासको विदा मनाउन अथवा पिकनिकको आनन्द लिन गएका हैनन् । प्रत्येक वर्ष उनको सामाजिक अभियानले त्यहाँ पुर्याउँछ । यसपाली फेरि एउटा जम्बो स्वास्थ्य टोली लिएर ज्ञानेश्वर गुल्मी पुगे । औषधि उपचारको पहुँच नपाएका गरीब र असहाय नेपालीहरुलाई त्यहाँ सहयोग गरे । गएको माघ २७ र २८ गते गुल्मीको तम्घास र अर्घाखाँचीको अर्घातोसमा स्वास्थ्य शिविर संचालन गरे ।

विगत तीन वर्षदेखि, आफ्नो बुबा आमाको नाममा स्थापित मानबहादुर मायादेवी प्रतिष्ठानको आयोजनामा संचालित हुने त्यस्तो स्वास्थ्य शिविरबाट थुप्रै नेपालीले उपचार पाएका छन् । यसपाली पनि गुल्मी र अर्घाखाँचीका करीब एक हजार ५ सय जनाले औषधी उपचार पाएको प्रतिष्ठानले जानकारी दिएको छ ।

स्वास्थ्य शिविरमा रक्तचाप, चिनीरोग, स्त्रीरोग, छाति र दाँत सम्बन्धी रोगको परीक्षण र उपचार गरिएको थियो । शिविरमा अधिकांश गुल्मी र अर्घाखाँचीका सुदूर गाउँबाट मानिसहरु आएका थिए । ७० प्रतिशत महिलाको उल्लेख्य सहभागिता रहेको सो स्वास्थ्य शिविरबाट आफूहरु लाभान्वित भएको कुरा उपचारपछि खुशी देखिएका महिलाहरुले बताए ।

स्वास्थ्यशिविरमा नेप्लिज सोसाइटी अफ मल्टिडिसिप्लेनरी डेंटिसट्री र नेपाल कलेज अफ चेष्ट फिजिसियनका चिकित्सकहरू, स्वास्थ्य सहायकहरु र गुल्मी जिल्ला अस्पतालले महत्वपुर्ण सहयोग रहेको थियो । डाक्टरहरू रोशन पिया, शिरिष अमात्य र सुदीन शाक्यको विशेष सक्रियताको मानबहादुर मायादेवि प्रप्तिष्ठानले हार्दिक प्रशंसा गरेको छ ।

त्यसैगरी गुल्मी समाज ह्युस्टन, गुल्मी जिल्लाका प्रहरी, सेना र स्थानीय संघसंस्थाहरुको सहयोगलाई पनि प्रप्तिष्ठानले शिविरको सफलतामा उर्जा मानेको छ ।

यसैबीच गुल्मी जिल्ला अस्पतालको अनुरोधमा मानबहादुर मायादेवि प्रप्तिष्ठानले आगामी दुई वर्षको लागि दुइजना ल्याब टेक्निसियनको व्यवस्था गरिदिने भएको छ ।

अस्पतालमा ल्याब टेक्निसियनको अभाव हुँदा समयमा रोगको अनुसन्धान र उपचारमा समस्या थियो । केही दिन भित्रै जिल्ला अस्पताल र प्रतिष्ठान बीच यस सम्बन्धी सम्झौतामा हस्ताक्षर हुने कुरा ज्ञानेश्वरले बताए ।

हरेक वर्ष संचालित यस्तो शिविरबाट गरीब नेपालीले उपचार सुविधा पाउने त छँदैछ, आन्तरिक पर्यटन, गुल्मीको आर्थिक पक्षमा समेत सहयोग पुर्याउने विश्वास ज्ञानेश्वर गर्छन् । यस्ता कार्यक्रमले अरुलाई पनि आफ्नो जन्मथलोमा सामाजिक अभियान चलाउन उत्प्रेरित गर्नेछ । -हिमालय खबरबाट

यो पनि पढ्नुस्

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D