स्थानिय तहको निर्वाचनमा मदाने गाउँपालिकामा कुन वडामा कस्तो अवस्था

विवश विष्ट
गुल्मी, बैशाख ०६ । स्थानीय तहको निर्वाचनको मिति नजिकिदै छ । चुनावको रौनकले अहिले गाउँ तथा शहरको माहोल खुबै तातेको छ । संघिय सरकार आएपश्चात दोस्रो पटक पाँच वर्षका लागि जनप्रतिनिधी चुनिदै छन् । निर्वाचनको यस क्षणमा हामी संवेदनशिल हुन आवश्यक छ । यदी हामी संबेदनशिल बन्न नसकी व्यक्ति भन्दा पार्टी हेरेर भोट हाल्यौं भने गाउँठाउँको विकास पछि धकेलिन्छ । गतिलो प्रतिनिधी नहुँदा त्यसको असर लामो समय सम्म पर्ने देखिन्छ ।

स्थानिय तहको निर्वाचन रौनक गुल्मीको मदाने गाउँपालिकामा पनि देखिन थालेको छ । वडा अध्यक्ष, वडा सदस्य देखि गाउँपालिका अध्यक्ष उपाध्यक्षमा को उठ्ने पार्टीले कस्लाई टिकट दिन्छ भन्ने खालका छलफल भैरहेको छ ।

स्थानिय तहको निर्वाचन आउन २३ दिन बाँकी रहँदा विभिन्न पार्टीले एकाध वडामा बाहेक अध्यक्ष उपाध्यक्ष लगायतमा टुङ्गो लगाउन सकिरहका छैनन् । बैसाख ११ र १२ गते उम्मेदवार मनोनयन दर्ता पनि नजिकियो तर जित आफ्नो कोल्टामा पार्नका तथा चुनावी रणनीति अपनाएर गाउँपालिका अध्यक्ष उपाध्यक्ष लगायत केही वडामा आन्तरिक रुपमा सर्वसहमत भएता पनि सार्वजनिक गरेका छैनन् ।

नेपाली काङ्ग्रेस सहित सत्तारुढ गठबन्धन भर्सेस नेकपा एमाले भनिएता पनि गठबन्धनको टुङ्गो जिल्लाले नलगाइदिएको नेपाली काङ्ग्रेस मदाने गाउँपालिका सभापति महेन्द्र कुँवरले बताए । बैशाख ११/१२ पश्चात् कुन पार्टीबाट कोको कुनकुन पदमा उम्मेदवारी हुन्छन अवश्य जानकारी हुनेछ । यसपालिको स्थानियको चुनावमा पार्टी भन्दा व्यक्तिलाई हेरेर भोट हाली विजयी गराएमा मात्र स्थानिय स्तरमा विकास सम्भव छ ।

फर्केर हेर्दा, स्थानिय तहको निर्वाचन २०७४:

स्थानिय तहको निर्वाचन २०७४ मा मदाने गाउँपालिकामा प्रमुख तीन दल छुट्टाछुट्टै होमिएका थिए जसमा नेकपा एमालेले गाउँपालिका प्रमुख र उपप्रमुख दुबै जितेको थियो । ७ वडामा ६ वटा वडामा एमालेले जितेको हो भने १ वटामा नेपाली काङ्ग्रेसले जितेको छ ।

अग्लुङ्ग :
वडा नम्वर १ अग्लुङ्गमा नेकपा एमालेबाट प्रेमचन्द बोहरा वडा अध्यक्षमा ५७५ मत सहित जितेका थिए । जसको निकटतम प्रतिद्धन्द्धी नेपाली काङ्ग्रेसबाट राजेन्द्र बिष्टले २५४ मतसहित भारी मत ३२१ ले हारेका थिए ।

बाझकटेरि :
वडा नम्वर २ बाँझकटेरीमा नेकपा एमालेबाट माधव प्रसाद भुसालले वडा अध्यक्षमा ७६८ मत सहित जितेका थिए । जसको निकटतम प्रतिद्धन्द्धी नेपाली काङ्ग्रेसबाट मोतिबहादुर खत्रीले ४५६ मतसहित भारी मत ३१२ ले हारेका थिए ।

सिर्सेनी :
वडा नम्वर ३ सिर्सेनीमा नेकपा एमालेबाट नै नारायण घर्तीले वडा अध्यक्षमा ८१३ मत सहित जितेका थिए । जसको निकटतम प्रतिद्धन्द्धी नेपाली काङ्ग्रेसबाट डिलहरी सेन ओलीले ४५८ मतसहित भारी मत ३५५ ले हारेका थिए ।

म्यालपोखरी :
वडा नम्वर ४ म्यालपोखरीमा नेकपा एमालेबाट नै भिम प्रसाद कुँवरले वडा अध्यक्षमा ४५० मत सहित जितेका थिए । जसको निकटतम प्रतिद्धन्द्धी नेपाली काङ्ग्रेसबाट नङ्गनारायण भट्टराईले ३७३ मतसहित झिनो मत ७७ मतले हारेका थिए ।

मलागिरी :
वडा नम्वर ५ मलागिरीमा नेकपा एमालेबाट नै हिमाल खड्काले वडा अध्यक्षमा ४४५ मत सहित जितेका थिए । जसको निकटतम प्रतिद्धन्द्धी नेपाली काङ्ग्रेसबाट निमाकुमारी सेनले ३०३ मतसहित १४२ मत अन्तरले हारेका थिए ।

पुर्कोटदह :
वडा नम्वर ६ पुर्कोटदहमा भने नेकपा एमालले नेपाली काङ्ग्रेस विरुद्ध जम्मा ६ मतले जितेको थियो । नेकपा एमालेबाट नै लोकबहादुर कुँवरले वडा अध्यक्षमा ७४० मत सहित जितेका थिए । जसको निकटतम प्रतिद्धन्द्धी नेपाली काङ्ग्रेसबाट मनिराम थापाले ७३४ मतसहित झिनो मत ६ मतान्तरले हारेका थिए ।

भनभने :
वडा नम्बर ७ भनभनेमा भने नेपाली काङ्ग्रेस विजयी भएको थियो । नेपाली काङ्ग्रेसका काशीबहादुर बोहोराले ६३८ मत सहित जितेका थिए । जसको निकटतम प्रतिद्धन्द्धी नेकपा एमालेका प्रेमनारायण घिमिरेले ५४३ मतसहित ९५ मतान्तरले हारेका थिए ।

यो पनि पढ्नुस्

गुल्मीमा राष्ट्रिय स्वतन्त्र पार्टीले कती मत ल्यायो ? जिल्लामा माओबादी भन्दा अगाडी

हुमाकान्त पोखरेलगुल्मी, ११ मंसिर । गुल्मीमा समानुपातिकतर्फ राष्ट्रिय स्वतन्त्र पार्टी तेस्रो दल बनेको छ ।

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D