“सुन जस्तो” देखिने पहेंलो धातु सहित गुल्मीका पाण्डे त्रिभुवन बिमनस्थलबाट पक्राउ

काठमाडौं, ३ चैत । भन्सार छलि ल्याएको सुन जस्तो देखिने पहेंलो धातु सहित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट गुल्मीका एक ब्याक्ती पक्राउ परेका छन् ।

पहेँलो सुन जस्तो देखिने धातुको बाला २ थान र औंठी २ थान समेत गरी करिब १ सय ४० ग्राम पहेंलो धातु सहित गुल्मी छत्रकोट गाउँपालिका-१ पल्लीकोट बस्ने ४९ वर्षीय पदमपाठी पाण्डेलाई शनिबार राति प्रहरीले पक्राउ गरेको नेपाल प्रहरीले आफ्नो आधिकारिक वेबसाईट मार्फत जनाएको छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको पार्किङ एरियामा दुबई एयरको उडानद्वारा आएका पाण्डेको साथमा उक्त धातु फेला पारेपछी प्रहरीले पक्राउ गरेको जनाईएको छ ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको बताईएको छ ।

यो पनि पढ्नुस्

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D