काठमान्डौ, मंसिर ११ । सिन्धुपाल्चोकको फुल्पिंगकोट केन्द्रबिन्दु बनाई ५ रेक्टर स्केलको भूकम्प गएको छ । बुधबार र् aatee बेलुका१० बजेर ८ मिनेटमा भूकम्पको धक्का महसुस गरिएको हो ।
यो भूकम्प २०७२ साल बैशाखमा गएको भूकम्पको परकम्प भएको भूकम्प मापन केन्द्रका वरिष्ट भूकम्पविद भरत कोइरालाले जानकारी दिए । भूकम्पको धक्का काठमान्डौ भक्तपुर ललितपुर र काभ्रेपलाञ्चाेक लगायत जिल्लाहरुमा समेत महसुस भएको थियो ।
भूकम्पबाट क्षती भए नभएको भन्ने विवरण भने प्राप्त भैसकेको छैन ।
An earthquake of Ml 5.0 around Phullpingkot, Sindhupalchok at 22:08. @NEOCOfficial
— NSC, Nepal (@NepalNsc) November 27, 2019