gulminews logo
आईतवार, २०८१ बैशाख १६

सिद्धबाबा सडकको कारण मन्त्रीहरुको नाकै अगाडि धेरैले ज्यान गुमाउँदा पनि कसैको ध्यान पुगेन: कांग्रेस नेता भण्डारी

गुल्मी, फागुन २० । पुर्व सभाषद तथा नेपाली कांग्रेसका केन्द्रिय सदस्य चन्द्र भण्डारीले सिद्दबाबामा सडकमा खस्ने पहिरोका कारण धेरै जनाको ज्यान जाँदा पनी सरोकारवलहरुको ध्यान नपुगेको गुनासो गर्नुभएको छ । बुटवल गुल्मी सडक खण्डको सिद्धबाबामा पहिरोकै कारण धेरै गुल्मेलीहरुले मानविय क्षती ब्यहोर्नु परेको पनि बताउनुभएको छ ।

नेपाली कांग्रेस रेसुङ्गा नगर समिति गुल्मी आयोजनागरेको कांग्रेस नेता तथा नेपाली कांग्रेस रेसुङ्गा नगरपालिका ८ का वडा सभापति स्व. महेन्द्र प्रसाद श्रेष्ठप्रती शोक सभालाई सम्बोधन गर्दै भण्डारीले सो कुरा बताउनु भएकको हो । भण्डारीले सिद्धबाबा खडकखण्डमा पहिरो खस्ने समस्याका कारण २६ सय भन्दा बढी गुल्मेलीहरुले अकालमा ज्यान गुमाउनु परेको बताउनुभयो । उहाँले सिद्धबाबा सडकमा खस्ने पहिरोका कारण गुल्मेलीहरुले धेरै मानविय क्षती ब्यहोर्नु परेको बताउँदै सिद्धबाबाको विकल्पमा रहेको सालझण्डी सडकखण्डलाई पूर्णता नदिएसम्म अझ धेरैले ज्यान गुमाउनु पर्ने बताउनुभयो ।

‘गुल्मी मन्त्रीहरुको खानी बन्यो, दायाँ बायाँ फर्कदा पनि मन्त्रिहरुको कुइना ठोकिन्छ ।’ भण्डारीले भन्नुभयो, “तर सिद्धबाबा सडककै कारण मन्त्रीहरुको नाकै अगाडि धेरैले ज्यान गुमाउँदा पनि यतातर्फ कसैको ध्यान नपुग्नु एकदमै दु:खद कुरा हो ।” त्यस्तै भण्डारीले गुल्मेलीहरुले सिंहदरबारमा फोटो टाँस्नका लागि मात्र भोट दिएर नजिताएको भन्दै बजेटमा पूर्वाग्रही बन्न नहुने पनि बताउनुभयो । सालझण्डी सडकखण्डलाई आवश्यक बजेट बिनियोजन गरी छिटो यसलाई पूर्णता दिनुपर्ने पनि भण्डारीले माग गर्नुभयो ।

तम्घासबाट बुटवल जाने क्रममा सिद्धबाबामा माथिबाट खसेको ढुङ्गाले लागेर दुर्घटना हुँदा घाइते श्रेष्ठको उपचारको क्रममा ज्यान गएको थियो । नेपाली कंग्रेसका केन्द्रिय सदस्य तथा पूर्व सांसद डा.चन्द्र भण्डारी तथा पार्टीका जिल्ला नेता, कार्यकर्ता लगायतको उल्लेख्य सहभागीता रहेको श्रद्धाञ्जली सभामा बोल्ने वक्ताहरुले सिद्धबाबाकै कारण धेरैले ज्यान गुमाउनु परेको भन्दै भावविह्ल मात्र बनेन, मृत्युमार्गको रुपमा परिणत भईरहेको सिद्धबाबा सडकखण्डको विकल्पको रुपमा रहेको सालझण्डी सडकखण्डमा सरकारले चासो नदेखाएको भन्दै वक्ताहरुले आक्रोश समेत व्यक्त गरेका थिए ।

नेपाली कांग्रेस जिल्ला सभापति भुवनप्रसाद श्रेष्ठले दिवंगत हुनुभएका बाबुकाजीको अकल्पिनिय निधनले एक निडर, निष्ठावान् सच्चा प्रजातान्त्रिक आन्दोलनका सिहपाहीलाई गुमाउनु परेको बताउनुभयो । सिद्धबाबाको विकल्प नखोजेसम्म धेरै बाबुकाजी जस्ता निष्ठावान् व्यक्तित्वहरुलाई गुमाई रहनुपर्ने उल्लेख गर्नुभयो । नेपाली कांग्रेस जिल्ला सचिव खिलध्वज पन्थीले पनि सरकारले सिद्धबाबाको वैकल्पिक सडक सहज रुपमा अगाडि बढाएको भए प्रजातान्त्रिक सहयोद्धालाई आफुहरुले गुमाउनु नपर्ने बताउनुभयो।

कांग्रेस सचिव बिष्णु कुमारी सापकोटाले बाबुकाजीको निधनले पार्टीलाई अपूरणीय क्षती पुगेको बतानुभयो। उहाँले वैकल्पिक रुपमा रहेको सालझण्डी सडकखण्डलाई बजेट बिनियोजन नगरेकै कारण सिद्धबाबा पहिरोमा धेरैले ज्यान गुमाउनु परेको भन्दै सरकारलाई अपराधिको संज्ञा दिनुभयो। उहाँले बजेट अभावमा पूर्णता नपाएको सालझण्डी सडकखण्डलाई आवश्यक बजेट उपलब्ध गराउन माग समेत गर्नुभयो।

बिशिष्ट अतिथि हरिकुमार श्रेष्ठ, तरुणदल जिल्ला अध्यक्ष भरत भलामी, महिला संघ जिल्ला अध्यक्ष लक्ष्मी पाण्डे लगायतले स्वर्गीय बाबुकाजी एक इमान्दार, निष्ठावान् र जुझारु कार्यकर्ताको पर्याय भएको बताउनुभयो। साथै सालझण्डी सडकखण्डले पूर्णता पाएमात्र स्वर्गीय बाबुकाजी प्रति सच्चा श्रद्धाञ्जली अर्पण हुने बताउनुभयो। परिवारको तर्फबाट राजकुमार श्रेष्ठले परिवारजनमा पार्टीले गरेको समवेदना व्यक्त प्रति धन्यावाद् ज्ञापन गर्नुभयो।

कार्यक्रममा गुल्मी उद्योग वाणिज्य संघका अध्यक्ष श्रीप्रसाद भलामी, वडाअध्यक्षहरु, नेपाली कांग्रेसका जिल्ला सदस्यहरु, विभिन्न भातृसंगठनका प्रमुख तथा प्रतिनिधिहरु लगायतको उल्लेखीय सहभागीता रहेको थियो। नेपाली कांग्रेस रेसुङ्गा नगरसमितिका सभापति छवि पाण्डेको सभापतित्व रहेको कार्यक्रमको सञ्चालन नगरसचिव अनिल बस्नेतलले गर्नुभएको थियो।

यो पनि पढ्नुस्

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D