सिंहदवारमा कुर्चीको मोहले गर्दा जनता गरिव र देश मागेर खाने भयो: काँग्रेसका नेता भण्डारी

कौरव खत्री
गुल्मी, १ फाल्गुन । गुल्मीमा नेपाल राष्ट्रिय त्रिभुवन माध्यमिक विद्यालय मुसिकोट नगरपालिका २ मुसिकोटले आयोजित हिरक महोत्सव तथा श्रीमद्भागवत धन–धान्याञ्चल सप्ताह ज्ञानमहायज्ञको मंगलवार सम्पन्न भएको छ ।

मंगलवार महोत्सवको समापन समारोहलाई सम्वोधन गदै प्रमुख अतिथि नेपाली काँग्रेस का केन्द्रिय सदस्य तथा पूर्व सांसद डा.चन्द्र भण्डारीले पूवीय दर्शनको चर्चा गदै यसको ठूलो महत्व बताए ।

साथै पूर्व सांसद समेत रहेका नेता भण्डारीले हाम्रो शिक्षा गुरुकुल शिक्षा नितिमा आधारित हुनु पर्नेमा जोड दिदै यूरोप जस्तो देश जहा हिउँ नै हिउँका देशलाई त्यो देश नेताले स्वर्ग जस्तै बनाए तर नेपाल आफैमा स्वर्ग छ सम्पन्न छ संसारमा नेपाल सृष्टि भएको यो भन्दा राम्रो भएको देश कोही छैन तर यो देशका मानिसहरु तथा युवाहरु विदेशीनु र अरव जान पर्ने यहाको शिक्षा राम्रो नभएर भएको बताए । साथै भण्डारीले भने अब शिक्षामा परिवर्तन गरेर भोलिका दिनमा शिक्षा र स्वास्थ्य व्यवहार र कर्ममा हामीले तन्दुस्त बनाउनु पर्ने बताए ।

जबसम्म निरोगी बनाउन हाम्रो संस्कृति नेपाल हाम्रो धर्म हिन्दु नै यस्तो बताए । हामी नेता बन्न चाहान्छौ तर ज्ञान हासिल गर्न चाहदैनन्

हामी जोसुकै राजनितिक पार्टीमा विभाजित भएपनि हामी जनता र राष्ट्रको हितका निम्ति र देशका प्रगतिको निम्ति हामीले सोचेनौ केवल सिंहदवारको कुर्चीलाई मात्र सम्झेयौ भन्दै यहाँ कति बेला पार्टीहरु मिल्ने र कति बेला पार्टीहरु फुट्ने गर्दा हामी सबैलाई देशको प्रगति भन्दा सिंहदवारको कुर्चीको मोहले गर्दा हामीलाई गरिव र संसारको राम्रो देशलाई मागेर खाने गराएको बताए ।

सोही अवसरमा नेपाली काँग्रेस गुल्मीका सचिव खिलध्वज पन्थी,नेकपा मुसिकोट नगरपालिकाका अध्यक्ष खुम बहादुर थापा लगायतको विशेष आतिथ्यता रहेको थियो ।

महोत्सवको समापन समारोहमा विद्यालयको लागि महोत्सवका लागि विभिन्न व्यक्ति तथा संघ संस्थाबाट गरि १ करोड भन्दा चन्दा संकलन भएको विद्यालयका प्रधानाध्यापक महतले जानकारी दिनुभयो ।

महोत्सवमा आर्थिक सहयोग गर्ने बरिष्ठ चन्दादाताहरु लगायतका सपरिवारलाई बाजागाजा दोसल्ला सहित र सम्मान पत्रले सम्मान गरिएको थियो ।

साथै विद्यालयको लागि ५ हजार भन्दा बढि आर्थिक सहयोग गर्ने चन्दादाताहरुलाई पनि सम्मान पत्रले सम्मान गरिएको थियो ।भने विभिन्न क्षेत्रबाट महोत्सवलाई सहयोग पु¥याएका व्यक्ति तथा संस्थालाई मायाको चिनोले सम्मान गरिएको थियो ।

महायज्ञमा प. प्रमुख बाचक पुरुषोत्तमशरण शास्त्रीको मुखार विन्दुबाट कथा प्रवचन भइरहेको छ भने कार्यक्रममा संगितमय भजनकिर्तन र झाँकी समेत प्रस्तुत भइरहेको थियो ।

विद्यालयमा प्राविधिक कृषि शिक्षा सञ्चानार्थको लागि गत माघ २१ गते शुरु गरिएको मुसिकोट शैक्षिक तथा धार्मिक हिरक महोत्सव तथा श्रीमद्भागवत धन–धान्याञ्चल सप्ताह ज्ञानमहायज्ञ २९ गते अर्थात मंगलवार सम्पन्न गरिएको हो ।

मुसिकोट शैक्षिक तथा धार्मिक हिरक महोत्सव तथा श्रीमद्भागवत धन–धान्याञ्चल सप्ताह ज्ञानमहायज्ञको समापन कार्यक्रम मुल समारोह समितिका संयोजक कृष्णप्रसाद घिमिरेको अध्यक्षता तथा विद्यालयका प्रधानाध्यापक तेज बहाुदर महतको स्वागत मन्तव्यसंगै शुरु भएको कार्यक्रमको सञ्चालन कौरव खत्री र सागर लम्सालले गरेका थिए ।

यो पनि पढ्नुस्

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D