सिँचाई कार्यालय गुल्मीको किर्ते काम: कमिशनको बार्गेनिङ

टाेपलाल अर्याल
गुल्मी, माघ १५ । जिल्लाको मुसिकोट नगरपालिकाको २ र ३ तथा इस्मा गाउँपालिकाको १ र २ मा पर्ने निस्ति खोलाको कटान रोक्न ५ नम्बर प्रदेशको भौतिक पूर्वाधार मन्त्रालयले १५ लाख बजेट बिनियोजन गर्‍यो । दुवै स्थानीय तहमा जनप्रतिनिधिको रोहवरमा श्रीराम महतको अध्यक्षतामा खोला नियन्त्रण योजना उपभोक्ता समिति गठन भयो । तर, कार्यालयले त्यो समितिलाई थाहै नदिई अर्को समिति बनाएर कामको सम्झौता गरेका खुलासा भएको छ ।

कार्यालय र केही स्थानीयको मिलेमतोमा सोही योजनाको नक्कली नामाकरण गरी ‘ढाँडखोला निस्ति खत्रीकाटुडा’ तटबन्ध उपभोक्ता समिति गठन गरिएको छ । जसको अध्यक्ष यम बहादुर खत्री रहेका छन् । यो योजनाबाट करिब डेढ सय उपभोक्ता लाभाम्वित हुने छन् । यस उपभोक्ता समितिमा तीन जना स्थानीयसहित बाहिरका मान्छे रहेका छन् ।

‘नक्कली समितिको भेला गैर कानुनी हो,’ स्थानीय राजेन्द्र विक्रम कुवंरले भने, ‘यस्तो कामबाट इन्जिनियरसमेत मिलेर रकम हिनामिना पार्न खोजिएको देखिन्छ ।’ सिँचाई डिबिजन कार्यालयले बनाएको ‘ढाँडखोला निस्ति खत्रीका टुँडाको तटबन्द गत वर्ष नै सम्पन्न भएको कुवंरले बताए ।

कमिशनको बार्गेनिङ
जलस्रोत तथा सिंचाई विकास डिभिजन कार्यालय र कार्यालय प्रमुख उपभोक्ता समितिसँग काम गर्दा पैसाको बार्गेनिङ गरेको खुलेको छ ।

प्रदेश सरकारले ‘छल्दि अल्छिङ सिँचाई योजना’ शीर्षकमा एक करोड विनियोजन गरेको थियो । स्थानीय माया खत्रीको अध्यक्षतामा उपभोक्ता समितिको गठन भयो । उनीसहित स्थानीय दानबहादुर जिसी सम्झौताको लागि सिँचाई कार्यालयमा पटक–पटक धाए । तर, जिसीले कार्यालय प्रमुख विराट ज्ञवालीले २० प्रतिशत कमिशन मागेपछि सम्झौता हुन नसकेको बताए ।

‘धेरै पटक सम्झौताको लागि कार्यालयमा आयौँ, प्रमुख ज्यूले बार्गेनिङ माग्न छोड्नु भएन,’ जिसीले भने, ‘अझैसम्म १० प्रतिशत आफूलाई र बाँकी अरु कर्मचारीलाई दिनु पर्ने अडान उहाँको छ ।’ कार्यालय प्रमुख ज्ञवालीले घरमा बोलाएर बार्गेनिङ गर्ने र नदिए योजना अन्यत्र सारिदिने चेतावनी दिँदै आएको उनले बताए ।

यो पनि पढ्नुस्

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D