gulminews logo
मंगलवार, २०८० चैत्र ६

साढे ५ किलो अवैध लागूऔषध सहित गुल्मीका कुँवर र अर्का एक जना पक्राउ

काठमाडौं, भदौ ७ । रुपन्देहीमा अवैध लागूऔषध गाँजा सहित गुल्मीका एक जना पक्राउ परेका छन् । रुपन्देही स्थित मायादेवी गाउँपालिका-८ पानी ट्याङ्कीबाट करिब ५ केजी ५ सय ग्राम अवैध लागूऔषध गाँजा सहित गुल्मीका एक र भैरहवाका एक गरी दुईजना पक्राउ परेका हुन् ।

पक्राउ पर्नेहरुमा सिद्धार्थनगर नगरपालिका-८ लखनचोक बस्ने २५ बर्षीय अफताव खान र गुल्मी रुरु गाउँपालिका-२ बस्ने २५ बर्षीया लक्ष्मी कुवंर रहेको प्रहरीले जनाएको छ । वडा प्रहरी कार्यालय भैरहवाबाट खटिएको प्रहरीले उनीहरुलाई गत आईतबार उक्त गाँजा सहित फेला पारी पक्राउ गरेको हो ।

उता कञ्चनपुर, भिमदत्त नगरपालिका-१६ मझगाउँ बाह्रसिङगे चौराहबाट करिब २.०६ ग्राम अवैध लागूऔषध खैरो हेरोईन जस्तो देखिने पदार्थ सहित सोही ठाउँ बस्ने २२ वर्षीय उमेश ठगुन्नालाई आइतबार बिहान प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुर र अस्थायी प्रहरी पोष्ट मझगाउँबाट संयुक्त रुपमा खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो ।

सुनसरी, धरान उपमहानगरपालिका-१० स्थित ड्रिमल्याण्ड होटलको ३६ नम्बरको कोठाबाट करिब ३ ग्राम अवैध लागूऔषध ब्राउनसुगर सहित २ जनालाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा धरान उपमहानगरपालिका-३ बस्ने २४ बर्षीय मो.नुरदिन र सप्तरी राजविराज नगरपालिका-११ बस्ने ३० बर्षीय वर्मदेव चौधरी रहेका छन् । ईलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरीले उनीहरुलाई उक्त ब्राउनसुगर सहित फेला पारी पक्राउ गरेको हो ।

यसैगरी सुनसरी, बराहक्षेत्र नगरपालिका-३ बाङ्गे नडाह सडक खण्डबाट ७ ग्राम ४ सय ३० मिलिग्राम खैरो हेरोईन सहित ४ जनालाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा सोही नगरपालिका-६ बस्ने पुरुषोतम मेहता, २९ वर्षीय बिशाल बस्नेत, सोही नगरपालिका-९ बस्ने २८ वर्षीय पाथे चन्द्रबंशी र सोही ठाउँ बस्ने २८ वर्षीय जयन्त माईला रहेका छन् । बाङ्गेबाट नडाहतर्फ जाँदै गरेको प्र १-०२-०४४ प ४५५६ र प्र १-०२-०४२ प ४२२९ नम्बरको मोटरसाइकललाई १ नम्बर प्रदेश प्रहरी कार्यालय बिराटनगर बिशेष ब्यूरो र ईलाका प्रहरी कार्यालय महेन्द्रनगरबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा उक्त लागूऔषध सहित फेला पारी दुवै मोटरसाइकलमा सवार उनीहरुलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

यो पनि पढ्नुस्

डलर साट्ने बाहनामा बिदेशबाट फर्केकालाई ठगी गर्ने खोज्ने गुल्मीका दुई जना पक्राउ

काठमाडौं, कार्तिक २२ । काठमाडौं महानगरपालिका-२६ नयाँबसपार्कबाट डलर साट्ने बाहना पारी वैदेशिक रोजगारीको शिलशिलामा ओमनबाट

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D