gulminews logo
बिहीबार, २०८१ बैशाख २०

साझा युवा संगठन प्रदेश नम्बर ५ समिति घोषणा, संयोजकमा शिबराज बेल्बासे

बुटवल, असौज ११ । साझा युवा संगठनले रुपन्देहीका शिब राज बेल्बासेको संयोजकत्वमा प्रदेश नम्बर ५ अन्तर्गत ४९ सदस्यीय प्रदेश समिति घोषणा गरेको छ ।

शनिबार भर्चुअल कन्फ्रेन्स मार्फत घोषणा गरिएको प्रदेश समिति सदस्यहरुमा दाङका शिशिर राउत, लक्ष्मण चौधरी, सुधिर ओली, दिपेन्द्र ओली, प्रशान्त ओली, डी.एस खड्का र दाङकी तुलसी चौधरी रहेका छन् । त्यस्तै कपिलवस्तुका अरुन बहादुर कार्की, दिपक बेल्बासे, घनश्याम घिमिरे, रुपन्देहीका रविन जोशी, सागर भुषाल, सागर पाण्डे, हिमाल क्षेत्री, अनन्त अग्रहरी, मणि भुषाल, बाबुराम क्षेत्री, शिशिर पाण्डे, रुपन्देहीकी रीतु ज्ञवाली, पुजा पाण्डे, डिल कुमारी थारु, शोभा ज्ञवाली, निशा ज्ञवाली, पार्वता भुषाल, गुल्मीकी कल्पना भण्डारी, सरिता अर्याल र गुल्मीका गोकर्ण नेपाली, युवराज लम्साल, सन्दिप पन्थी र सन्दिप बि.के. सुनारलाई पनि प्रदेश समिति सदस्यहरुमा मनोनित गरिएको छ ।

शनिबारै घोषणा गरिएका थप सदस्यहरुमा अर्घाखाँचीका अशोक आचार्य, उज्वल बन्जाडे, दिनेश पाण्डे, चन्द्र रेस्मी, अर्घाखाँचीकी रिता भुषाल, आशिका अधिकारी, बाँकेका अंकित श्रीवास्तव, बसन्त पराजुली, परासीका सवीर अलाम अन्सारी, आदित्य यादव, मनोज शर्मा, प्युठानका बिपिन गिरी, धुर्व थापा, रोल्पाका सुनिल पोख्रेल, झक्कु प्रसाद डाँगी, पूर्वी रुकुमका तुल्सी राम ओली, बर्दियाका तिर्थ राज जैसी, उमेश राज थापा र पाल्पाका बाबुराम कोइराला रहेका छन् ।

साझा युवा संगठनले विभिन्न पृष्ठभूमिका युवाहरुलाई समेट्दै संगठनलाई प्रदेशका हरेक स्थानीय निकाय र वडा तहसम्म पुर्याउने एवम् आउने निर्वाचनमा वैकल्पिक राजनीतिलाई थप सशक्त बनाउँदै राजनीतिमा युवाहरुको सकारात्मक हस्तक्षेप गर्ने लक्ष्य लिएको छ साझा पार्टीले जनाएको छ । सबै जिल्लाका युवा प्रतिनिधिहरु समेटेर बनेको प्रदेश समितिले वैकल्पिक राजनीति र नयाँ युवा अभियानलाई सशक्त बनाउने आत्मविश्वासलाई अझै दृढ बनाएको पनि पार्टीले जनाएको छ ।

यो पनि पढ्नुस्

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D