Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the rank-math domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home4/b0n2p6e5/public_html/wp-includes/functions.php on line 6114
साउन सन्दर्भ : आफनो आयु घटाएर पुरुषका लागि किन वर्त बस्ने ? - Gulminews

साउन सन्दर्भ : आफनो आयु घटाएर पुरुषका लागि किन वर्त बस्ने ?

सविता सापकोटा
‘साउन लाग्यो केटी हिँड् हरिया चुरा लाउन जाम ।’ आवाज मेरै कानमा ठोक्कियो । किनकी मैले हरियो चुरा र मेहेन्दी लगाउँदिन भन्ने थाहा हुँदाहुँदै जिस्काउँथे साथीहरु । ‘ओहो ! यस्को त मेहेन्दी कति गाढा बसेको, बुढाले धेरै माया गर्ने भयो !’ ‘हा हा हा’ यस्तै कुराहरुमा रमाए मेरा साथीहरु ।

‘खोई तेरो हात !,’ मेरो हात हेर्दै एउटीले भनी, ‘यसलाई त बुढाले माया नै नगर्ने रैछ । खोई तेरो हातमा चुरा ?’ मलाई चुराको आवाज झर्को लाग्छ, मेहेन्दीको रङ्गसँग जलन हुन्छ । बस् यति भनेँ । साउन लाग्नासाथ हरियो पहिरन लगाउने देखि हातमा चुरा अनि मेहेन्दी लगाउने प्रचलन बढ्दो छ ।

sabita sapkota
सविता सापकोटा

पछिल्लो समय फेसनकै रुपमा बढदै गएको यो प्रचलमा केही किंवदन्तीहरु जोडिएका छन् । प्राचीन किंवदन्ती अनुसार मेहेन्दी, हरियो चुरा र ब्रत बस्दा विवाहित महिलाका श्रीमानको आयु बढ्छ भन्ने मान्यता छ । श्रीमतिको लागि श्रीमानले ब्रत बस्न आवश्यक छ कि छैन् ? विवाहित महिलाले यसरी चुरा मेहेन्दी लगाउँदा उनीहरुको सुन्दरता सामान्य भन्दा बढ्ने गर्छ जसले श्रीमानमा श्रीमतीको आकर्षण कायम राख्छ ।

श्रीमती मात्र श्रीमानको अगाडि राम्री बन्नुपर्ने यो कस्तो मान्यता !

श्रीमतिले ब्रत बस्दा स्वास्थ राम्रो हुनुका साथै श्रीमति प्रति श्रीमानको सम्बन्ध प्रगाढ हुने गर्दछ भन्ने मान्यता पनि जनमानसमा छ । मेहेन्दीले पनि स्वास्थमा फाइदा पुर्याउँछ । मेहेन्दीको शीतलताले तनाव, टाउको दुखाई र ज्वरोबाट राहत प्रदान गर्ने मान्यता रहिआएको छ । हातमा मेहेन्दीले नाम लेख्दैमा कोही आफ्नो हुन्छ र ? मेहेन्दी गाढा बस्दैमा माया प्रेम प्रगाड बस्छ र ?

स्कुल पढ्दा साथीहरुको लहलहैमा म पनि हातमा चुरा र मेहेन्दी लगाउथेँ । केही दिनमा हातै नराम्रो बनाउने गरी मेटिने मेहेन्दी र फुटेर जाने चुराहरुले मेरो हातै रित्याएर गएझैँ लाग्थ्यो । आजकल यस्तो लाग्छ, जीवनमा सम्बन्धहरु पनि मेहेन्दी र चुरा जस्तै हुन् केही दिन रङ्ग दिन आउँछन् तर आफैँलाई रित्याएर जान्छन् ।

पछिल्लो समय फेसनकै रुपमा यो प्रचलन बढिरहेको छ । एउटी नारीले हरियो चुरा र मेहेन्दी लगाएर पुरुषको स्वास्थ्य लाभ हुन्छ भने नारीको स्वस्थ्य लाभका लागि पुरुषले के गर्ने ? वर्षै्पिच्छे ब्रत बसेर हातमा मेहेन्दी र हरियो चुरा लगाउने पल्लो घरकी दिदिका श्रीमानले अर्को श्रीमती लिएर टाप कसे । ब्वाइफ्रेन्डको नाम लेखेर उसकै लागि हातमा मेहेन्दी लगाउने मेरा साथीहरुका ब्वाइफ्रेन्डहरुले ब्रेकअप दिए ।

कुनै समय म पनि उसका लागि मेहेन्दी र चुरा लगाउँथे । उसले त अर्कैसँग बिहे गर्यो ।

आजकल मलाई यी सब चिज भ्रम लाग्छन् र म केही पनि लगाउँदिन म । “ हो । मलाई चुराको आवाज सुनेर झर्को लाग्छ । मेहेन्दीको रङ्ग देखेरै जलन हुन्छ । अचेल बजारमा चलेका अनेक रङ्ग छानी छानी लगाउने चलन जो छ, थरीथरीका चुरा किनेर लगाउने चलन जो छ, ति सबै फिका लाग्छन् ।

साउने सक्रान्ति एक संस्कृति हो भन्नेमा सन्देह छैन । तर यस्ता चाडसँगै झुन्डिएर आउँछ बजार । जसले आम मानिसका रुची आफैँ सृजना गर्छ र भब्य ब्यापार बढाउँछ । हामी तिनै बजारीया वस्तुको रामरमितामा मक्ख पर्छौँ र सृजनशिल कामबाट बन्चित बनेको पत्तो हुँदैन । यस्ता मननयोग्य तर्क धेरै महिलावादीहरुको छ ।

मेरो सन्दर्भ फरक छ । मैले यसलाई सैद्धान्तिक तहबाट हेरिन । जतिबेला म सोच्थेँ, यी रङ्गहरुले जीवनमा खुसी र समृद्धि थप्नेछन् । अनेकथरी झिलिमिली चुरा र रंगिबिरंगी मेहेन्दीले प्रेमिल जीवनमा पक्कै नयाँ उर्जा दिएलान् भन्ने लाग्थ्यो । तर मेरो सोझो अनुभवको कुनै पनि कोणबाट त्यस्तो देखिएन । मैले सैद्धान्तिक तहबाट बहस नछेडे पनि यस्ता कुराहरुप्रति कुनै विश्वास रहेन ।

‘ आफैँले असाध्यै प्रेम गर्ने मान्छेले त जीवनलाई रङ्गिन बनाउन सकेन, दुई दिनमै उँडिजाने बजारीया रङ्गहरुले कसको जीवन रङ्गिन बनाउन सक्ला र !

लाग्छ की, हामी मान्छे र तिनका व्यवहारमा विश्वास गर्न छोड्छौँ । तिनका व्यवहारलाई बुझ्न सक्दैनौँ तर मान्छेले बनाएका चुरा र रङ्गहरुमा विश्वास गर्छौँ । यो आफैँमा एक भयंकर अन्योलता हैन र ? सोध्नुछ, थुप्रै युवतिहरुलाई जो आफ्नो प्रेमीलाई खुसी बनाउन चुरा छान्दैछन्, रातभर जाग्राम बसेरै हात रंग्याउँदैछन् । तिनका प्रेमीहरु पनि तिनिहरुप्रति प्रतिबद्ध छन् त ?

मैले थुप्रै साथीहरु देखेको छु, जो हरेक साउने सक्रान्तिमा प्रेमीलाई खुसी पार्न हात रंग्याउँछन्, चुरा लगाउँछन् । तर अर्को साउन लाग्नुअघि नै तिनिहरु प्रेमीले धोका दिएको काहानी सुनाएर रुन्छन् । यस्तो सुन्दा मलाई तिनिहरुप्रति माया लाग्दैन, बरु दया लाग्छ ।

‘हरितालिका तीज, कृष्णाष्टमी, औंशी, साउने सक्रान्ति । यस्ता थुप्रै चाडले संस्कृति मात्रै बोक्दैनन् । युवतिहरुलाई सृजनशिल हुने बाटो पनि रोक्छन् । कहिलेकाहीँ त सोच्छु, महिलाहरु लोग्नेलाई खुसी पार्नकै लागि जन्मिएका हुन् त ? आफ्नो आयु घटेको पत्तो छैन, लोग्नेलाई खुसी पार्न उद्यत महिलाहरु देख्दा उदेक लाग्छ ।

यो पनि पढ्नुस्

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D