गुल्मीन्युज
काठमाडौं, असार ०५ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) की सांसद मैनाकुमारी भण्डारीले बाँदरको समस्या हटाउन सरकारको ध्यानाकर्षण गराएकी छिन् ।
बिहीबार प्रतिनिधिसभा बैठकको शून्य समयमा उनले गुल्मी जिल्लामा किसानहरूले लगाएको बाली फुल्न नपाउँदै बाँदरहरूले नोक्सान गरिदिने बताइन् ।
उनले भनिन्, ‘यो बाँदरको कारण १५ घरपरिवार त्यहाँबाट बसाइँ सरिसकेका छन् । खेतबारीहरू बाँझै भइरहेको अवस्था छ ।’
सरकारले कृषि आधुनिकीकरण गर्ने भनिरहँदा यो बाँदरहरूको व्यवस्था नगर्दासम्म गुल्मीलगायत पहाडी जिल्लाहरूमा समस्या नहट्ने उनले बताइन् ।