gulminews logo
बुधबार, २०८१ बैशाख १२

सांगीतिक आकाशमा उदाउदै गायिका रेश्मा पुन

काठमाडौँ: गायिका रेश्मा पुन पिता धनीराम पुन र आमा पुष्पा पुनको कोखबाट नेपालगंजमा जन्मेकी हुन, बिगत तिन बर्ष देखि नेपालगन्ज हुदै काठमाडौँलाइ कर्मथलो बनाएर सांगीतिक नक्षत्रमा चम्किलो ताराको रुपमा उदाउदै गरेकी गायिका रेश्मा सानै उमेर बाट संगीतमा रुचि राख्ने गर्थिन ।

नेपालगंज रेडियो कृष्णसार एफ एम गायन प्रतियोगितामा २०६७ मा बिजेता भए पछि आफ्नो ब्यबसायिक गायन पेशालाई अगाडी बढाउदै आएकी गायिका रेश्मा पुन आफ्नो बिध्यालय जिबन देखिनै विभिन्न स्टेज कार्यक्रम देखि लिएर स्थानिय स्तरमा हुने अन्य धेरै कार्यक्रम हरुमा गित गाउने र आफ्नो जादुमय आवाजले उपस्थित भिडलाई मन्त्रमुग्द बनाउन सफल हुने गर्थिन ।

सुमधुर तथा जादुमय आवाजकी धनि गायिका रेश्मा पुन बिगत पाँच/ छ बर्ष देखि ब्यबसायिक गायिकाको रुपमा सांगीतिक क्षेत्रमा संघर्षरत छिन । गायिका रेश्माले करिब पाँच दर्जन भन्दा बेसी गीतमा आफ्नो मिठो आवाज भरि सकेकी छिन भने हर किसिमको गित गाउने सक्ने क्षमता भएकी भर्सटाइल गायिका हुन उनि ।
reshma pun
लोक संगीत देखि पप, आधुनिक र चलचित्र पार्श्व गायनमा समेत आफ्नो गायन कला प्रस्तुत गरिसकेकी एक कुशल मिठो स्वरकीधनि रेश्मा नेपालमा मात्र नभएर विदेशमा सम्म त्यतिकै चर्चित हुदै गईरहेकी छिन । नेपालमा हुने विभिन्न मेला महोत्सब देखि लिएर बिदेशमा हुने कार्यक्रममा समेत चर्चा बटुल्दै गरेकी गायिका मिठो आवाजको धनि संगै एक मेहनती, सुन्दर, सरल, मिलनसार स्वभाब र एक असल व्यक्तित्वकी धनि पनि छिन । यहि आउदो १७ तारिख आईतबार हङकङमा हुने कार्यक्रममा शनिबार हङकङ जादै गरेकी गायिका रेश्मा पुन अहिले देश विदेशको कार्यक्रममा ब्यस्त बन्दै आएकी छिन ।

सम्पूर्ण घर परिवारको साथ र सहयोग पाएर सांगीतिक क्षेत्रमा लागेकी गायिका रेश्मा गित संगीतलाइ देबी सरस्वतीको प्रसाद ठान्छिन । उनि थप्छिन गित संगीत मेरो नशा नशामा छ र म नेपाली सुगम संगीतलाई थप उचाइमा पुर्याउन हरपल लागि पर्छु र सांगीतिक बजारमा छुट्टै पहिचान बनाएर स्थापित हुन्छु । विभिन्न सांगीतिक सम्मान समेत हात पारि सकेकी गायिका हर प्रकारको संगीतमा आफ्नो जादुमय आवाज भर्न सफल भएकी छिन यस अर्थ पनि उनलाई एक बहु प्रतिभाशाली, भर्सटाइल गायिका भन्न सकिन्छ, साच्चै उनीमा हर प्रकारको गित गाउन सक्ने क्षमता छ त्यसैले त उनि भन्छिन गित संगीत मेरो प्राण हो, संगीत मेरो रगतमा छ र मेरो हरेक धड्कनमा छ ।

यो पनि पढ्नुस्

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D