सरकारले ९ हजारजनालाई डकर्मी तालिम दिने, गुल्मीबाट ३०० जनाको कोटा

मंसिर २९ । सरकारले झण्डै ९ हजार जनालाई निःशुल्क डकर्मी तालिम दिने भएको छ । तालिममा काठमाडौंका लागि १ हजार जना, कास्कीका लागि ८ सयजना, भक्तपुरका लागि ५ सयजनाको कोटा छुट्याइएको छ ।यस्तै धादिङ, बाग्लुङ, स्याङजा र तनहुँका ४/४ सयजनाको कोटा छुट्याइएको उद्योग मन्त्रालयले जनाएको छ ।

यस्तै गुल्मी, गोरखा, धनकुटा, भोजपुर खोटाङ, अर्घाखाँची, दोलखा, सिन्धुली र संखुवासभाका लागि तीन/तीन सय जना तथा ओखलढुंगा, तेह्रथुम, सोलुखुम्बु, पर्वत, रसुवा, रामेछाप, लम्जुङ र म्याग्दीलाई दुई/दुई सय जना, कोटा छुट्याएको छ ।

यसभन्दा अगाडि डकर्मी तालिम नलिएका व्यक्तिले जिल्लाको घरेलु तथा साना उद्योग विकास समिति र सम्बन्धित गाउँपालिका तथा नगरपालिकामा आँउदो पुस ४ गतेसम्म निवेदन दिन सक्ने उद्योग मन्त्रालयका सहसचिव प्रदीपकुमार कोइरालाले जानकारी दिनुभयो ।

यो पनि पढ्नुस्

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D