टोपलाल अर्याल
गुल्मी, साउन १५ । आठ महिनाकी गर्भवती श्रीमती । दुई बर्षको छोरो । रातको ३ बजे मुलधारे पानीसंगै गाउँ छोडेँ । सत्यवती गाउँपालिका ३ ठुलोलुम्पेकका लोक बहादुर सुनारलाई त्यो दिनदेखि निद्रै छैन ।
यो पनि पढ्नुस्: न मन थामियो न त घरबारी नै, आँसु पुछ्दै उद्धारमा जनप्रतिनिधी र युवा….
लोक बहादुर सधै गोठमा सुत्थे । साउन ७ गते पौन ३ बजे पहिराले गोठ च्याप्यो । माथिल्लो तलाकी बहिनी मलखातमा पुगिन् । चिच्याएको सुनेर सुनार पनि छोरो र श्रीमति लिएर बाहिर आए ।
गोठको लैनो भैसी, २० बाख्रा, ११ वटा बंगुर र एउटा पाडो आँखै अगाडी मरे । उनको परिवार पाँच दिनदेखि आफन्तकोमा आश्रय लिएका छन् । ‘सुरक्षित बास छैन, घर फर्कने आश छैन’, उनले भने, ‘म सहित सिङ्गो गाउँ नै बिस्थापित भएका छौ ।’
लुम्पेकको ओख्खरका लेक बहादुरको सवैभन्दा बढि पशुचौपाय मरेका छन् । सुरुमा आफुलाई धेरै चिन्ता परेपनि सिङदी गाउँको हरि बिजोक देखेर चित्त बुझ्दै गएको सुनारले बताए ।