gulminews logo
शुक्रबार, २०८० चैत्र १६

सडक बिस्तार गर्दा खानेको माटोसँगैको भल पस्दा गुल्मीका ३ घरमा क्षती, ३२ लाख क्षतीपूर्ती

अनिल खत्री
२६ असार, गुल्मी । सडक बिस्तारको क्रममा खनिएको माटो वर्षातको पानीसँगै बगेर घरमा पस्दा गुल्मीमा ३ घरमा क्षती भएको छ । जिल्लाको रुरु गाउँपालिका १ रिडी स्थित तानसेन रिडी तम्घास सडक विस्तारको क्रममा निर्माण राखिएको माटो बगेर घरमा पस्दा ३ वटा घरमा क्षती भएको हो ।

सोमबार परेको अबिरल वर्षासँगै माटो बगेर घरमा जाँदा डम्मर बहादुर थापा, प्रमोद श्रेष्ठ, हिमाल श्रेष्ठको घर क्षति भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी उपरिक्षक अनुराग कुमार द्धिबेदीले जानकारी दिए । माटो बगेर भएको क्षती सम्बन्धमा भएका घरको मंगलवार जिल्ला समन्वय प्रमुख लक्ष्मण पराजुली, उपप्रमुख तुल्सी श्रेष्ठ, सदस्य राममल्ल ठकुरी, प्रमुख जिल्ला अधिकारी यदुनाथ पौडेल, प्रहरी उपरिक्षक अनुराग कुमार द्धिबेदी, शसस्त्र प्रहरी प्रमुख डिएसपी प्रेमप्रकाश सिग्देल, गुरुगोरख गुल्मपती सेनानी जनमत कार्की, रुरु गाउँपालिका वडा नम्बर १ वडा अध्यक्ष रामलाल वि क., समाजसेवी हिमाल श्रेष्ठ, सहित टोलिद्वारा अनुगमन गरेको छ ।

माटो सहितको लेदोले पुरदा डम्मबर बहादुर थापाको ३ वटा बाख्रा र ३ सय कुखुराहरु मरेको स्थानिय पहमाल श्रेष्ठले जानकारी दिए । बाटो बिस्तारको क्रममा सडक छेउमा राखिएको माटो बगेर गएपछी घरहरुमा लेदो पसेको थियो ।

अनुगमन टोलीले पीडित पक्षलाई उचित क्षतिपूर्ति, स्थायी बसोबास र रोकथाम एवं सुरक्षाको लागि सम्बन्धीत पक्षलाई आग्रह गरिएको जिल्ला समन्वय समिति गुल्मीका प्रमुख लक्ष्मण पराजुलीले जानकारी दिए । स्थानियले सडक छेउको माटो हटाउन आग्रह गरेपनी बेवास्ताका कारण क्षेती हुँन पुगेको स्थानियको भनाई छ ।

पिडित पक्ष र पाल्पा रिडी तम्घास सडको निर्माणको जिम्मा लिएको एसिआरटी प्रदिप जेभी बिच भएको छलफलले पिडितलाई क्षतीपूर्ति दिने सहमती भएको जिल्लाका प्रमुख जिल्ला अधिकारी यदुनाथ पौडेलले जानकारी दिए । सडक बिस्तारको क्रममा निर्माण पक्षको केहि कम्जोरीका कारण क्षती हुँन गएकाले पिडित पक्षलाई राहत दिलाउने गरि सहमती भएको प्रमुख जिल्ला अधिकारी पौडेलले जानकारी दिए ।

निर्माण पक्षले घर तथा सामाग्रीमा भएको क्षतीपूर्ति स्वरुप रु ३२ लाख ५० हजार दिने सहमती भएको छ । लोदो माटो सहित पसेको भेलले घरहरुमा क्षती र पशु चौपाया घरमा रहेका सामानहरु पनि क्षती भएकाले राहत स्वरुप पिडित पक्षलाई दिने सहमती भएको पौडेलले बताए ।

सडक बिस्तारको क्रममा सडक छेउमा रहेको माटो हटाउन समेत आग्रह गरिएको समन्वय समिति प्रमुख पराजुलीले बताए । एसिआरटी प्रदिप जेभीले रिडी तम्घास सडक खण्ड अन्र्तगत रिडि बजारको जिरो किमि बसपार्क चोक देखि माथिल्लो रातामाटा सम्म सडक फराकिलो बनाउने काम चलिरहेको छ ।

सडक रिडि बजार भन्दा माथिल्लो भागमा रहेको डाँडामा पर्दछ । यहि सडक फराकिलो बनाउने क्रममा निस्किएको ठूलो परिमाणको माटो र ढुङ्गा लाई सडक छेउमा राखेर काम हुँदै आएको थियो । घर धनिहरुले निर्माणाधिन सडकको ठेकेदार तथा प्राबिधिहरु लाई संभावित घटनाको बारे जानकारी गराएको स्थानियको भनाइ छ । तर सुनुवाइ नभएका कारण बजार वासीलाई क्षती पुगेको बताएका छन् ।

यो पनि पढ्नुस्

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D