श्रीमान्‌ श्रीमती मिलेर पूर्व प्रेमीको हत्या

धनगढी, असार २६ । कैलालीको चुरे गाउँपालिकामा श्रीमान-श्रीमती मिलेर एक जनाको हत्या गरेका छन् ।

गुल्मी घर भइ हाल कैलालीमा ज्याला मजदुरी गर्दै आइरहेका ४० वर्षीय कमल कुँवरको हत्या गरेर गाडेको अवस्थामा शव फेला परेको प्रहरीले जनाएको छ।

ईलाका प्रहरी कार्यालय फल्टुडेका प्रमुख प्रहरी निरीक्षक माधव विश्वकर्माका यही असार २२ गते श्रीमान्-श्रीमती मिलेर हत्या गरी सिमसेला खोला नजिकै खाडल खनेर गाडेको अवस्थामा शव फेला परेको देश संचारले खबर छापेको छ ।

कुँवरको हत्या गरेको आरोपमा सोही ठाउँका लाल बहादुर लामा र उनकी श्रीमती कल्पना लामालाई प्रहरीले नियन्त्रणमा लिएको छ।

कल्पनाका पूर्व प्रेमी रहेका कुँवरको हत्या गरी खोला किनारमा गाडेको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।

असार २२ गते देखि हराएका कुँवर डेरामा नआएपछि स्थानीयले खोजी गरिरहेका थिए।

खोजी गर्दै जाँदा स्थानीयहरुले हत्याको केही प्रमाण देखेपछि प्रहरीलाई जानकारी गराएका थिए।

मृतकको शवलाई पोष्टमार्टमको लागि सेती अञ्चल अस्पताल धनगढीमा राखेको छ।

यो पनि पढ्नुस्

डलर साट्ने बाहनामा बिदेशबाट फर्केकालाई ठगी गर्ने खोज्ने गुल्मीका दुई जना पक्राउ

काठमाडौं, कार्तिक २२ । काठमाडौं महानगरपालिका-२६ नयाँबसपार्कबाट डलर साट्ने बाहना पारी वैदेशिक रोजगारीको शिलशिलामा ओमनबाट

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ