श्रीमतीबाट पीडित भएको भन्दै उजुरी गर्न श्रीमानहरु प्रहरी कार्यालय

ईन्द्र थापा
असार १६ । श्रीमानले अन्याय गरेको भन्दै श्रीमतीले उजुरी दिने गरेको कुरा सुनेको र देखेको त थियौ, तर छिमेकी जिल्ला पर्वतमा भने पत्नी पीडित भएको भन्दै दुई ओटा उजुरी परेका छन् ।

जिल्ला प्रहरी कार्यालय पर्वतकी महिला तथा बाल बालिका सेवा केन्द्र इञ्चार्ज रचना थापाका अनुसार २ जना पुरुषले श्रीमतीबाट पिडित भएको भन्दै न्यायका लागि उजुरी दिएका छन् । न्यायका लागि उजुरी दिनेमा पर्वत जिल्ला जलजला गाउँपालिका २ धाइरिङका एक पुरुष र पर्वत जिल्ला कुश्मा नगरपालिका १ पाङका अर्का पुरुष रहेका छन् । उनिहरु दुवै जनाले श्रीमतीले छोराछोरी पालन पोषणमा ध्यान नदिएको र घर भन्दा बाहिर बढी समय दिने गरेको भन्दै न्यायका लागि उजुरी दिएका हुन् ।

उजुरी उपर जिल्ला प्रहरी कार्यालय पर्वतले पाँङका पिडित पुरुषका श्रीमान् श्रीमती दुवै जनालाई कार्यालयमा बोलाएर मिलापत्र गराएको छ भने जलजलाका पत्नी पिडित व्यक्तिको मुद्धा कानुनी प्रक्रियामा रहेको छ । छ।

यस्तै सेवा केन्द्रमा आर्थिक बर्ष २०७४/७५ मा जेठ महिना सम्ममा मात्र ५९ वटा घरेलु हिंसा सम्बिन्धी उजुरी दर्ता भएका थिए । ति उजुरी मध्ये प्रहरी आफैले ४१ वटा उजुरी मिलापत्र गराएको छ ७ वटा उजुरीमा मिलापत्र गराउन नसके पछि अदालतमा पठाएको छ। ७ वटा उजुरी कानुनी प्रक्रियामा रहेका छन ।

३ वटा उजुरी दिएका व्यक्तिहरु सम्पर्कमा नआएको महिला तथा बाल बालिका सेवा केन्द्र इञ्चार्ज थापाले जानकारी दिनु भयो ।

यो पनि पढ्नुस्

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D