gulminews logo
शुक्रबार, २०८१ बैशाख १४

शिवरात्रिको महत्व र यसको नाममा भित्रिएका बिकृती

सुनिता कंडेल
नेपाल भौगोलिक बिबिधताले धनी देश हो । यहाँ थुप्रै जातजातिका मानिसहरु बसोबास गर्दछन् । ती जातीहरुको आ–आफ्नो धर्म संस्कृति र रितिरिवाज रहिआएको छ । त्यस अन्तर्गत हिन्दुधर्म एक हो । यसमा धेरै चाडपर्वहरु छन् । बिभिन्न चाडपर्वहरुको आ–आफ्नो महत्व छ । सबैले आफ्नै ढङ्गले रितिरिवाज मनाउने गरिन्छ ।

सुनिता कंडेल

हिन्दु धर्मालम्बिहरुको लागि विभिन्न चाडपर्वमध्ये महाशिवरात्रि पर्व एक महान पर्व हो । फागुन कृष्ण चर्तुदशीको दिन मनाइने यस बर्षमा देशभरका शिबमन्दिरहरुमा पूजाआजा गर्नेहरुको ठूलो भीड लाग्ने गर्दछ । यस दिन दिनभर व्रत बसेर रातमा जागा बस्ने प्रचलन छ । यसो गर्दा भगवान शिव प्रसन्न हुने र शिवलाई प्रसन्न राख्न सकेमा मानिसबाट जानी नजानि गरिएका पाप कर्मको फलबाट मोक्ष प्राप्त हुने जनबिश्वास रहिआएको छ । शिवरात्रिमा व्रत बस्नाले ठूलो फल प्राप्त हुने मान्यता पनि छ । शिबजिलाइ प्रशन्न बनाउन अबिवाहित नारिहरु पनि बर्त बस्ने गर्दछन ।

हाम्रो समाजमा रहेका मठमन्दिर मध्ये शिवको मन्दिरहरु धेरैनै रहेका छन् । शिवका बिभिन्न स्वरुप र अदभूत शक्तिले गर्दा पनि अन्य देवताहरु भन्दा शक्तिको प्रतिकको रुपमा शिवलाई मानिदै आएको छ । शिवको पूजा,उपासाना बिशेष गरि तीज, श्रावण महिना, माघे संक्रान्ति र महाशिवरात्रीमा गर्ने गरिन्छ । शिवजी उत्पत्ति हुनुभएको रातका नामबाट नामकरण भएको यो पर्व कालरात्रि, मोहरात्रि, सुखरात्रि र शिवरात्रि नामक चार प्रमुख रात्रिमध्ये एक पवित्र पर्वका रूपमा पुराणहरूमा वर्णित छ । महाशिवरात्रिका दिन भक्तजनहरूले शुद्ध भई शिव मन्दिरमा पूजा,अर्चना गरी व्रत बस्ने र भगवान् शिवको प्रिय वस्तु दूध, धतुरो र बेलपत्र चढाउने गर्दछन । सृष्टिको प्रारम्भमा यसै दिन मध्यरात्रिकालमा भगवान् शंकर ब्रह्माबाट रुद्रका रूपमा अवतरण भएका थिए ।

शिवरात्रीलाई भगवान शिवको रात्रीको रुपमा लिइन्छ । शिवको अर्थ कल्याण हो । त्यसैले भगवान् शिव कल्याणका प्रतिमूर्ति हुनुहुन्छ । शिवरात्रीलाई भगवान् शिवको प्यारो दिनका रूपमा पनि लिइन्छ । यस दिनको मूख्य विशेषता भनेको कठोर उपबास तथा रातभर जागरण बसी भगवानको आराधना गर्नु हो । हिन्दु शास्त्र अनुसार यस दिनको महत्व तथा विशेषता अत्यन्त ठूलो छ । हिन्दु पुराणअनुसार महाशिवरात्रीको दिन विधिपूर्बृक पूजा गर्दा विभिन्न फल प्राप्त हुन्छ भनिन्छ । फागुन कृष्ण चतुर्दशीका दिनमा स्नान गरी शुद्ध मनले निराहार बसी रातभर जागा बसेर भगवान महादेवको पूजा आराधना गरेमा सबै कार्य सिद्ध हुन्छ । भगवान शिव अत्यन्त दयालु देवता हुनुहुन्छ र उहाँ प्रसन्न भएमा आफुले इच्छाएको पूरा हुन्छ भन्ने विश्वास गरिन्छ ।

यो दिन भगवान् महादेवलाई जाडो हुने जनविश्वासले प्रत्येक घर, चोक र मठमन्दिरमा दाउरा मागेर धुनी जगाई भजनकीर्तनका साथ सोही आगोमा प्रसाद बनाई ग्रहण गर्ने गरिन्छ । शिवरात्री पर्वलाई हिन्दु समुदायमा बिशेष आस्था बिस्वास र महत्वका साथ मनाउने गरिन्छ । तर पछिल्लो समय हाम्रो समाजमा पर्व मनाउने शिलशिलामा अनुशासन र त्यसको महत्व भन्दा पनि देखासिकि र बिकृतिले जरा गाडेको छ ।
पर्व मनाउने बाहानामा बिभिन्न नकरात्मक क्रियाकलापहरु वढ्दै गएका छन् । चाडपर्वलाई संस्कृति भन्दा पनि वढि मनोरञ्जन र समय व्यतित गर्ने माध्यमको रुपमा बिकशित गरिदै आएको देखिन्छ । भगवान् शिवलाई प्रसन्न पार्ने हेतुले शिवको प्रिय् गाँजा, भाङ, धतुरो घोट्टा आदिको खुलम खुल्ला सेवन गर्ने चलन छ । यो खाएपछी शिव खुशी हुन्छन् भन्ने मान्यतालाई युवापुस्ताले मनोरञ्जनको माध्यम पनि बनाएका छ्न । बिहानैदेखि नशालु पदार्थ सेवन गर्ने एकआपसना झैझगडा गर्ने जस्ता क्रियाकलाप हाम्रो समाजमा ब्याप्त छ । एकदिन गरिएको रमाइलोले कतिपय युवापुस्ता कुलतको सिकार बन्न पुगेका छन एस्ले पछिसम्मको लागि नकारात्मक असर पारेको छ ।

हाम्रो समाजमा धेरै युवायुतिहरु नसालु पदार्थको सिकार भएर आज त्यहि नसालु पदार्थ बिना बाच्न नसक्ने अबस्थामा पुगेका धेरै घटनाहरु हाम्रो समाजमा जनजायत छन् । शिब भगवानको प्रसादको रुपमा प्रयोग हुने बिभिन्न नसालु पदार्थ हामिले जति सार्बजनिक रुपमै खुलमखुल्ला प्रयोग गरिरहेका छौ त्यतिनै मात्रामा हाम्रो समाजका धेरै युवापिडिहरु कुलतमा फस्ने र समाजमा बिभिन्न अपराधिक क्रियाकलापहरुमा बढ्ने सम्भावना धेरै हुन्छ ।

समाजमा पर्व एक तर बिकृति अनेक बढ्दै गएको छ । शिबरात्रीको प्रसादको रुपमा प्रयोग हुने नसालु पदार्थले स्कुल तथा क्याम्पसमा पढ्ने धेरै बिद्यार्थी लागु औषध दूव्यसनीमा फस्ने गरेका छन् । हाम्रो समाजमा शिबरात्रीसँगै प्रयोग हुने नसालु पदार्थको प्रयोगबाट युवापिडिमा पर्ने असर र समाज पार्ने नकरात्मक घटनाहरु तथा बिभिन्न कानुनि अबस्था बारेमा जानकारी हुनु जरुरी छ । यश बिषयमा घरपरिवार अथवा अभिभावकले पनि ध्यान दिनेपर्ने देखिन्छ ।

हामिले शिबरात्री पर्वको धार्मिक, आध्यात्मिक तथा सांस्कृतिक महत्वलाई जोगाइराख्नु जरुरि छ । शिबरात्रीको अबसरमा धार्मिक मान्यता देखाएर नशालु पदार्थको अत्याधिक सेवन गर्ने, समाजमा होहल्ला गर्ने जस्ता बिकृतिजन्य क्रियाकलाप नगरौ । शिबरात्री पर्व समाजमा चेतना फैलाउने संस्कृतिको जगेर्ना र संरक्षण गर्ने किसिमको बनोस । महाशिबरात्रीको शुभकामना ।

यो पनि पढ्नुस्

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D