gulminews logo
बिहीबार, २०८१ बैशाख ६

देशभरबाट १२ उत्कृष्ट बिद्यालय छनौट, गुल्मीबाट पनि पर्‍यो एक बिद्यालय

काठमाडौं, भदौ १८ । शिक्षा दिवसका अवसरमा पुरस्कृत हुने उत्कृष्ट विद्यालयको छनौट गरिएको छ । कक्षा १० र १२ सम्म सञ्चालित सामुदायिक र संस्थागत गरी १२ विद्यालय छनौट भएको शिक्षा मन्त्रालय श्रोतले जनाएको छ ।
जस अनुसार माध्यमिक शिक्षा उत्तीर्ण परीक्षा अन्तर्गत १२ कक्षा सम्म सञ्चालित विद्यालयबाट सामुदायिक तर्फ कास्की पोखराको अमरसिंह मावि, मोरङ ईन्द्रपुरको सुकुना मावि र पर्वत फलेवासको भवानी विद्यापीठ क्रमशः प्रथम, द्धितीय र तृतीय भएका छन् । यस्तै सोही समुह अन्तर्गत संस्थागत तर्फ क्रमशः कास्कीकै एसओसएस हर्मन माईनर प्रथम, काभ्रे सांगाको नेपाल प्रहरी मावि द्धितीय र सेण्ट जेभियर्स कलेज माईतीघर काठमाडौं तृतीय भएका छन् ।

माध्यमिक शिक्षा परीक्षा कक्षा १० तर्फ सामुदायिकमा मेधा सामुदायिक विद्यालय तेखापुखु भक्तपुर, रेसुङ्गा मावि तम्घास गुल्मी र तरुण मावि बालाजु काठमाडौं क्रमशः प्रथम, द्धितीय र तृतीय भएका छन् । यही समूहका संस्थागत तर्फ रिलायन्स ईण्टरनेशनल एकेडेमी कपन काठमाडौं, नेपाल प्रहरी मावि साँगा काभ्रे र भ्याली भ्यु ईङ्लीस स्कुल नयाँ बनेश्वर काठमाडौं क्रमशः प्रथम, द्धितीय र तृतीय भएका छन् । तोकिएको मापदण्डका आधारमा राष्ट्रिय परीक्षा बोर्डबाट छनौट गरी पठाईएका विद्यालयलाई पुरस्कृत गर्ने निर्णय भएको शिक्षा मन्त्रालय श्रोतले जनाएको छ ।

यी सबै विद्यायलाई आगामी भदौ २२ गते परेको ४० औं राष्ट्रिय शिक्षा दिवस तथा ५३ औं अन्तराष्ट्रिय साक्षरता दिवसका दिन काठमाडौंमा आयोजना हुने विशेष कार्यक्रममा पुरस्कृत गरिने छ ।

यो पनि पढ्नुस्

चरम आर्थिक संकटमा परेपछि रेसुङ्गा क्याम्पसका ९ जना कर्मचारी र प्राध्यापकलाई अनिवार्य अवकास

हुमाकान्त पोखरेलगुल्मी, २६ भदौ । रेसुङ्गा बहुमुखी क्याम्पसले कर्मचारी र प्राध्यापक गरी नौ जनालाई अनिवार्य

विद्यालयमा शिक्षक नभएको भन्दै मुसिकोटका विद्यार्थी आन्दोलित

सागर भण्डारीमुसिकोट, भदौ १९ । गुल्मीको मुसिकोट नगरपालिका-५ ईन्द्रेगौँणास्थित नेपाल राष्ट्रिय माध्यमिक विद्यालयका विद्यार्थी आन्दोलित

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D