gulminews logo
शुक्रबार, २०८१ बैशाख १४

शिक्षकको गलत सूचनाले विद्यार्थी परिक्षा दिनबाट बञ्चित

हुमाकान्त पोखरेल
गुल्मी, १० पौष । शिक्षकको गतल सूचनाले गुल्मीको इस्मा गाउँपालिकाका विद्यार्थी परिक्षा दिनबाट बञ्चित भएका छन् । गाउँपालिकाको वडा नम्बर ४ दोहोलीस्थित रामराज्य माध्यमिक विद्यालयका कक्षा ११ मा पुरक परिक्षा दिने तीन छात्रा र छ छात्र गरी नौ जना विद्यार्थी परिक्षाबाट बञ्चित भएका हुन् ।

पुरक परिक्षाअन्तरगत ऐच्छिक अंग्रेजीको परिक्षा मंसिर ३० गते भएपनि विषयशिक्षक प्रेम अर्यालले पौष १ भनि गतल सुचना दिदाँ आफुहरु परिक्षा दिनबाट बञ्चित भएको विद्यार्थी अनिल ज्ञवालीले गुनासो गरे । ज्ञवालीसहित दिपक बराई मगर, विशाल बर्मेली, सुगम कुँवर, पिताम्बर न्यौपाने र शुशिल पल्लि मगरसहित अन्य तीनजना छात्राहरु परिक्षा दिनबाट बञ्चित भएका छन् । ‘पौष १ गते परिक्षा दिन जाँदा महेन्द्र माविबाट निकालियो, अघिल्लो दिन नै परिक्षा रहेछ ।’ अनिलले भने, ‘प्रेम र केशव सरले गलत सुचना दिदाँ परिक्षा दिनबाट बञ्चित हुनुप¥र्यो ।’ त्यसका साथै उनले परिक्षा केन्द्रबाट बाहिर निस्केर शिक्षकलाई फोन गर्दा नउठाएको गुनासो गरे ।

विद्यालयका प्रध्यानाध्यापक गुणाखर अर्यालले पत्रिकामा प्रकाशन भएको सुचना कक्षाकोठामै लगेर जानकारी गराएपनि विद्यार्थीको गलत बुझाइका कारण परिक्षा दिनबाट बञ्चित भएको बताए । ‘अनिवार्य र ऐच्छिक अङ्ग्रेजिको फरक–फरक दिन परिक्षा रहेछ ।’ उनले भने, ‘विद्यार्थीले एकै दिन भनेर सम्झिदा समस्या भयो ।’ यो आशिंक परिक्षा भएकोले विद्यार्थीले चाहेमा ग्रेड वृद्धिको लागि अर्को बर्ष परिक्षा दिनसक्ने उनले बताए । गाउँपालिकाका प्रमुख प्रशसकिय अधिकृत चन्द्रकान्त बस्नेतले यो विषय आफुहरुलाई थाहा नभएको बताए । संवाददाताले फोन गरेपछि मात्र आफुले थाहा पाएको भन्दै उनले घटनाको सम्बन्धमा आफुले बुझेर मात्र प्रतिक्रिया दिने बताए ।

यो पनि पढ्नुस्

चरम आर्थिक संकटमा परेपछि रेसुङ्गा क्याम्पसका ९ जना कर्मचारी र प्राध्यापकलाई अनिवार्य अवकास

हुमाकान्त पोखरेलगुल्मी, २६ भदौ । रेसुङ्गा बहुमुखी क्याम्पसले कर्मचारी र प्राध्यापक गरी नौ जनालाई अनिवार्य

विद्यालयमा शिक्षक नभएको भन्दै मुसिकोटका विद्यार्थी आन्दोलित

सागर भण्डारीमुसिकोट, भदौ १९ । गुल्मीको मुसिकोट नगरपालिका-५ ईन्द्रेगौँणास्थित नेपाल राष्ट्रिय माध्यमिक विद्यालयका विद्यार्थी आन्दोलित

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D