gulminews logo
शनिबार, २०८१ बैशाख ८

शाइन रेसुङ्गा डेभलपमेण्ट बैंकले सुरु गर्‍यो एटिएम सेवा, भिसा डेबिट कार्ड सञ्चालनमा

अनिल खत्री
गुल्मी, १० फागुन । बुटवलमा केन्द्रीय कार्यालय रहेको शाइन रेसुङ्गा डेभलपमेण्ट बैक लिमिटेडले शुक्रवारबाट एटिएमको औपचारिक शुरुवात गरी भिसा डेबिट कार्ड सञ्चालनमा ल्याएको छ । बैंकको कार्ड प्रयोग गर्ने सेवाग्राहीले नेप्ससंग आवद्ध बैंक तथा वित्तीय संस्थाहरुसंग कारोबार गर्दा कुनै सेवा शुल्क नलाग्ने बैंकले जनाएको छ ।

ए.टि.एम. को शुक्रवार बैकका अध्यक्ष राजेन्द्र प्रसाद श्रेष्ठले समुदघाटन गरेका थिए । शाइन रेसुङ्गा डेभलपमेण्ट बैक यस क्षेत्रका जनताको प्रतिनिधीमूलक बित्तीय सस्था भएकाले यसले मुनाफालाई मात्र नभई यस क्षेत्रको आर्थिक र उद्यमशिलता बिकासका लागि प्राथमिकतामा राखेको बैकका अध्यक्ष राजेन्द्रप्रसाद श्रेष्ठले बताए ।

उनले सेवा प्रवाह गरी रहेकाले नै सबैको मन जित्न सकेको बताउदै आगामी दिनमा पनि यस्तै सहयोगको अपेक्षा गरे । बैंकका प्रमुख कार्यकारी अधिकृत प्रकाश पौडेलले स्थानीय पूँजी, स्थानीय श्रम, स्थानीय विकास, स्थानीय सम्बृद्धि भन्ने मूल नाराका साथ यस क्षेत्रमा सञ्चालित बैंकले स्थानीय जनताको आवश्यकताका आधारमा गुणस्तरीय र सर्बसुलभ बैकिङ्ग सेवा प्रवाह गर्दै आईरहेको बताए ।

बैंकको १ अर्व ६२ करोड चुक्ता पूँजी

शाइन रेसुङ्गा डेभलपमेण्ट बैक लिमिटेडले स्थापनाका १० वर्ष पुरा गर्न लाग्दा रु. १ अर्व ६२ करोड चुक्ता पूँजी, रु. १६ अर्व ७० करोड निक्षेप, रु. १५ अर्व ७० करोड कर्जा र २ लाख ग्राहक भएको प्रदेश नं. ५ को सबैभन्दा ठुलो बिकास बैकका रुपमा स्थापित भएको बैंकका प्रमुख कार्यकारी अधिकृत पौडेलले बताए । मुलुकको आर्थिक समृद्धिका लागि सरकारले अघि सारेका अनुदानका कार्यक्रम स्थानीय वडा कार्यालयहरुसँगको समन्वयमा किसान तथा उद्यमीका घर घरमा पु¥याउने बताए ।

केही गर्न चाहने किसान, महिला उद्यमी, युवा तथा व्यवसायीलाई रकम भएन भन्ने अवस्था आउन नदिने प्रतिबद्धता व्यक्त गरेका थिए । वि.सं. २०६५ फाल्गुण ११ गते बुटवलमा केन्द्रीय कार्यालय रहेको शाइन डेभलपमेण्ट बैक लिमिटेडमा गुल्मी जिल्लाको तम्घासमा केन्द्रीय कार्यालय रहेको छ । रेसुङ्गा विकास बैक लिमिटेड र प्युठान जिल्लाको विजुवारमा केन्द्रीय कार्यालय रहेको गौमुखी बिकास बैक लिमिटेड मर्ज भै बनेको शाइन रेसुङ्गा डेभलपमेण्ट बैक लिमिटेडले शनिवार फागुन ११ गते स्थापनाको १० औ. बर्ष पुरा गरी ११ औं बर्षमा प्रवेश गर्दैछ ।

फर्साकिटरमा शाखा कार्यालयको समुद्घाटन

बैंकले रुपन्देही जिल्लाको शुद्धोधन गाउँपालिकाको फर्साकिटरमा शाखा कार्यालयको समुद्घाटन गरेको छ । शाखा कार्यालय एक समारोह बीच शुद्धोधन गाउपालिकाका अध्यक्ष किशुनचन्द्र चौधरीले समुद्घाटन गरेका थिए ।

शाखाको उद्घाटन गर्दै अध्यक्ष चौधरीले प्रत्येक नागरीकलाई समृद्धिको अभियानमा सहभागी गराउन बैंकले अघि सारेको एक घर एक खाता अभियान सार्थक हुने बताए । उहाँले सकारात्मक सोचको बिकास गरी सरकारले दिएका अनुदानलाई सदुपयोग गर्न स्थानीय किसान तथा उद्यमीलाई आग्रह गरे ।

उक्त अवसरमा स्थानीय जेष्ठ नागरीकहरु ९४ वर्षीय हरीप्रसाद अधिकारी, ९३ बर्षीय एकदेव गौतम, ८५ वर्षीय चिनक यादव र ८४ वर्षीय रनबहादुर बि.क.लाई बैंकको बचत खाता खोली चेक हस्तान्तरण गरी कदर पत्र र दोसल्ला ओढ्याई सम्मान गरेको थियो ।

यो पनि पढ्नुस्

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D