gulminews logo
शनिबार, २०८१ बैशाख १५

इस्माको हर्पुकोटमा मेगा बैंकको शाखा रहित बैंकिङ्ग सेवा

अनिल खत्री
२७ भदौ, गुल्मी । मेगा बैंक नेपाल लिमिटेडले गुल्मी जिल्लाको इस्मा गाउँपालिकामा शाखा रहित बैंकिङ्ग सेवाको शुरुवात गरेको छ । ग्रामीण क्षेत्रका वासिन्दाहरुलाई बैकिङ्ग पहुँच विस्तार गर्ने उदेश्यले इस्मा गाउँपालिकाको वडानम्बर–१ हर्पुकोटमा शाखा रहित सेवाको विस्तार गरिएको मेगा बैंक तम्घास शाखा प्रमुख कालिदास पाण्डेले बताए ।

शाखा रहित बैंकिङ्ग सेवाको सोमबार एक कार्यक्रमका बीच इस्मा गाउँपालिका अध्यक्ष भगतसिंह खड्काले उद्घाटन गरेका हुन् । सेवाको शुभारम्भ गर्दै खड्काले ग्रामीण भेगका जनताको सेवाको निम्ति बैंकले सेवा बिस्तार गरेको बताए । ग्रामीण वस्तीमा बिस्तार गरिएको बैंकबाट अधिकत्तम सेवा लिन अध्यक्ष खड्काले आग्रह गरे । त्यस स्थानबाट बैंक खाता खोल्न वचत रकम जम्मा गर्न सक्ने छन् ।

रेमिटान्सबाट आएको रकम बैंक खाता मार्फत भुक्तानी पाउनुका साथै आकर्षक योजना सहित बैंक खाता खोल्न सकिने तम्घास शाखा प्रमुख पाण्डेले बताए । मोवाइल बैकिङ्ग, कर्जा सुविधा समेत प्रदान गर्नेछ । ग्रामीण क्षेत्रका नागरिकलाई बैकिङ्ग सेवामा पहुच प्रदान गर्नको लागि शाखा रहित बैंकिङ्ग सेवा शुरुवात गरिएको मेगा बैंक तम्घास शाखा प्रमुख पाण्डेले बताए ।

शाखा रहित सेवा बिस्तार कार्यक्रममा इस्मा गाउँपालिका वडानम्बर–१ का वडाअध्यक्ष शेरबहादुरकुँवर, त्यस स्थानका व्यवसायिक प्रतिनिधी चुरामणी घिमिरे, स्थानीय नारायण कुँवर बिभिन्न व्यक्तित्वहरु, बैंकका कर्मचारी लगायतको सहभागिता रहेको थियो ।

यो पनि पढ्नुस्

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D