gulminews logo
शुक्रबार, २०८१ बैशाख १४

शहिदहरुको अपमान नहोस !

प्रकाश भण्डारी “बिवेक”
आज माघ १६, अर्थात शहिद दिवस । जहाँनिया राणा शासन, निरंकुश पंचायती व्यवस्था तथा तानाशाही राजतन्त्र बिरुद्ध प्रजातान्त्रिक क्रान्ति र लोकतान्त्रिक जनआन्दोलनमा जीवन बलिदान गरेका बिर नेपाली योद्धाहरुको संझनामा नेपाल सरकारले प्रत्येक बर्ष माघ १६ लाई शहिद दिवसका रुपमा मनाउँदै आएको छ ।

निरंकुश जहानिया राणशासन बिरुद्ध आफनो अमूल्य जीवन बलिदान गरेका नेपाली बिर सपूत हरुको स्मरणमा बि.स २०१२ साल देखि प्रत्येक बर्ष माघ १० गते शहिद दिवश मनाईन्छ । सरकारले माघ १० देखि १६ गते सम्म सप्ताह व्यापी रुपमा शहिद दिवस मनाउँदै आएको त सर्बबिदितै छ । वीर शहिद हरु शुक्रराज शास्त्री, धर्मभक्त माथेमा, दशरथ चन्द र गंगालाल श्रेष्ठको संघर्षमय जीवन बलिदानको गाथा र प्रजातान्त्रिक आन्दोलनका अरु योद्धाहरुले गरेको योग्दानको सम्झनामा प्रत्येक बर्ष सरकारले माघ १० लाई शहिद दिवसको रुपमा सम्झने गर्दछ ।

तत्कालिन राणा सरकारले बि.स १९९७ मा शुक्रराज शास्त्री, धर्मभक्त माथेमा, दशरथ चन्द र गंगालाल श्रेष्ठलाई मृत्युदण्ड दिईएको थियो । हिमाल पहाड अनि तराईका बिभिन्न भूभाग हरुमा शहिदका रगतका रङ्गहरु माटामा मिसिएका छन् तर पछिल्लो समय नेपाली राजनीतिका पृष्ठपोषकहरुले बिभिन्न कालखण्डमा झिना मसिना घटनाक्रम तथा राजनीतिक प्रतिशोधले गर्दा शहिद हरु तोक्ने तथा खुद्रा रुपमै शहिदहरुको फेरिहिस्त तयार गरेको सर्बबिदितै छ । त्यसैको बिरोधमा नेपालीहरुले आवाजहरु नउठाएका होईनन् । तर राजनीति हावि भएको हाम्रो देशमा जनताका ति गुनासा र बिरोधका आवाजहरु सरकारले न त हिजो नै सुन्यो । न आज या भोलि नै सुन्नेछ । खुद्रा रुपमै राजनीतिक प्रतिशोधका कारण वीर शहिदहरुको अपमान गर्दे दर्जनौ शहिदरु थपीसकेका छन् र थप्ने क्रममा छन् ।

कवि भूपि शेरचनको एउटा रचना शहिद दिवसको उपलक्ष्यमा यहाँनेर जोड्न चाँहे । “हुँदैन बिहान मिर्मिरेमा तारा झरेर नगए, बन्दैन मूलुक दुईचार समूत मरेर नगए” । मुलुक बन्नका लागी हरेक दिनको शुरुवात गगनका ताराहरु झरेर पृथ्वीमा न्यानो प्रकाशको किरण पर्दापण गरे सँगसँगै मानिसहरुले बिभिन्न आफनो दैनिकी शुरु गरका हुन्छन् । यस्तै बिभिन्न कालखण्डमा नँया नेपालको निर्माणको लागी वीर सपूत हरुको अतुलनिय योग्दान तथा बलिदान अपरिहार्य रहेको बिगतका घटनाक्रमहरुले समयसमयमा झकझक्याईरहन्छ ।

बर्तमान परिप्रेक्ष्मा नेपाललाई शहिद दिवस मात्र नभएर शहिद सप्ताहका रुपमा मनाउँदै आएको पाईन्छ । आज हामीले प्राप्त गरेको र उपभोग गर्दे आएको स्वतन्त्रता, समानता अनि सार्बभौमिकताका लागी शहिद हरुले दिएको बलिदानको कदर गर्दे नयाँ नेपाल निर्माण र सबै नेपाली अट्ने देश निर्माणका गर्नका लागी हामीहरुले आफनो ठाँउबाट बिरोध र चेतनाका आवाजहरु उठाउनु जरुरी छ तिनै बिर ज्ञात अज्ञात योद्धाहरुको सम्मानका लागी ।

नेपालको पहिलो शहिद लखन थापालाई मानिन्छ । थापालाई तत्कालिन राणा प्रधानमन्त्री जंग बहादुर राणा बिरुद्ध प्रचारप्रसार गरेको आरोपमा बि.स १९३३ फागुन २ मा गोरखाको मनकामना मन्दिर नजिकैको रुखमा झुण्ड्याएर मारिएको थियो । शहिद लखन थापा त्यतिवेला शैन्य पल्टनमा कार्यरत थिए । शुक्रराज शास्त्री, धर्मभक्त माथेमा, दशरथ चन्द र गंगालाल श्रेष्ठलाई पनि राणाशासनकालमै फाँदी दिएका थिए ।

बि.स १९९७ साल माघ १० गते राती १० बजे काठमाडौँको पचलीमा खरिको रुपमा शुक्रराज शास्त्री लाई झुण्ड्याएर मारिएको थियो भने धर्मभक्त माथेमा लाई सिफलमा हत्या गरिएको थियो । त्यसैगरी माघ १४ गते दशरथ चन्द ठाकुरलाई शोभा भगवतीमा गोली हानी हत्या गरिएको थियो र सोही दिन राती १० बजे शोभा भगवतीमै खम्बामा बाँधी गंगालाल श्रेष्ठलाई गोली हानी हत्या गरिएको थियो ।

देशको आयाम बदल्न तथा परिवर्तन र भावी पुस्ताको भविष्य सुनिश्चित गर्नका लागी आफनो जीवन बलिदान गर्ने ज्ञात अज्ञात वीर शहिदहरु प्रति हार्दिक नमन व्यक्त गर्न चाहन्छु । देशको मुहार फेर्न र परिवर्तनका लागी उहाँहरु जस्तै वीर सपूत योद्धाहरुको अभाव सदैब यो देशमा खड्कीरहनेछ । बीर नेपाली शहिदहरुको सम्मान, त्याग बलिदान र सपना साकारको लागी हामीले के योग्दान गर्यौँ भन्ने सरकार तथा राजनीतिक दल र देश बनाउने सपना बाँडेर सरकारमा लिप्त भएका नेता तथा नेतृत्व तहहरुले सोच्ने बेला आएको छ ।

देशका दुर दराजमा रहेका वीर शहिदका घर परिवारको अवस्था कस्तो छ भन्ने कुरामा सरकारले बिचार गर्नुपर्छ । उनीहरुको सपना साकार पार्न र योग्दानको कदर स्वरुप सदैव शहिदहरुको सम्मान गर्नु सबै जिम्मेबार निकायको दायित्व हो । शहिदहरुको अपमान हुने कार्य कुनै राजनीतिक दल तथा भातृ संगठन र नेतृत्व तहले गर्नु हुँदैन भन्ने थाहा जानकारी हुँदा हुँदै पनि बिगत र हालका दिनहरुमा भएका घटनाक्रमहरुले बिर शहिदहरुको अपमान गरेको अनुभूति सम्पूर्ण नेपाली जनताले गरेका छन् ।

शहिद गेटमा रहेका वीर शहिदहरुको प्रतिमाले सधैँ राजनीतनिक दल तथा देश बनाउने सपना बाँडेर सरकारमा आशिन हुनुभएका नेता तथा नेतृत्व तहलाई झकझकाइरहेको छ । शहिद हरुले हाम्रा लागी वलिदान दिएर प्राप्त गरेको स्वतन्त्रता समानता र यसैको प्राप्ती स्वरुपको उपज नै गणतन्त्र हो । देशले फेरि परिवर्तन खोज्न सक्छ, शहिद एउटा मर्यादा एवं विश्वास हो देश निर्माणका लागी । देशले रगत मागे बलि मेरो चढाउ रुँदिनन मेरी आमा ।

यस्ता कालजयी घटनाक्रम सँग जोडिएका संवेदनशील रचनाहरु त्यसै कोरिएका होईनन्, कोरिएका हुन तिनै वीर शहिद हरुको सम्मान र सपना साकार गर्नका लागी । यो मेरो लेख सरकारले मनाउन गएको शहिद दिवसको पृष्ठभूमि र बिषय मात्र होईन शहिदको अर्थ मर्म र अभ्यास माथी प्रकाश पार्ने अभिप्रायले उनीहरुको योग्दानको लागी सरकारलाई कटिबद्ध र दत्तचित्त भएर सबै नेपाली अट्ने, सबै नेपालीको सम्मान हुने, नयाँ नेपाल निर्माणका लागी आवाज बुलन्द गर्ने हेतुले लेखिएको हो ।

मुलुककको स्वतन्त्रता र रक्षाका लागी जीवन अर्पण गर्ने शहिद बास्तवमै महान हुन् । तिनका गाथा हरु अजम्बरी रुपमा गाउनुपर्छ, तर भाषण र कागजमा मात्रै हैन व्यवहारमा पनि । सदैब शहिदका तस्बिरमा अबिर फूलमाला लगाएर, गुणगान गाएर मात्र शहिदको सम्मान हुँदैन तिनलाई व्यवहारमा उतारेर सिङ्गो सम्मुनत र सुन्दर शान्त नेपाल निर्माण पश्चात मात्र शहिद, शहिदका परिवारको सम्मान हुनेछ ।

शहिद दिवसकै उपलक्ष्यमा सबै देश बनाउने प्रण गरेर सरकारमा लिप्त तेतृत्व तहलाई थप जिम्मेवारी बोध होस हामीले कतै शहिदको अपमान त गरेका छैनौ भनेर सोच्ने बेला आएको छ । न कि फूलमाला लगाईदिएर पुरानै संस्कारमा शहिद दिवस मनाउने । तसर्थ सबै जिम्मेवार तहलाई शहिदको अपमान हुने कार्य कहिले नगर्ने प्रतिबद्धता स्वरुप आजैका दिन देखि जिम्मेवारीपूर्ण काम गर्न आग्रह गर्दे ज्ञात अज्ञात रुपमा जीवनको वलिदान गर्नुहुने महान शहिद हरु प्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछु । जय नेपाल ।

गैँडाकोट २ नवलपरासी

यो पनि पढ्नुस्

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D