gulminews logo
बिहीबार, २०८१ बैशाख १३

विवेकशील साझा युवा संगठनको गुल्मी संयोजकमा पन्थी

बुटवल, भदौ ०३ । विवेकशील साझा युवा संगठनको गुल्मी संयोजकमा सन्दिप पन्थी चयन भएका छन् । विवेकशील साझा युवा संगठनले लुम्बिनी प्रदेशको विभिन्न ११ जिल्लाको संयोजकहरुको घोषणा गर्ने क्रममा गुल्मी चन्द्रकोट ८ मजुवाका पन्थी जिल्ला संयोजकमा चयन भएका हुन् ।

भर्चुअल माध्यम जुममार्फत भएको विशेष कार्यक्रममा गुल्मी सहित अर्घाखाँची, बाँके, रोल्पा, बर्दिया, पश्चिमनवलपरासी, प्युठान, पाल्पा, दाङ, रुपन्देही र कपिलवस्तु गरी ११ जिल्ला संयोजकहरु घोषणा भएका हुन् ।

कार्यक्रममा विवेकशील साझा पार्टीका केन्द्रिय सचिवालय सदस्य एवम् युवा संगठन संयोजक अब्दुस मिया र विवेकशील साझा पार्टीका केन्द्रिय सचिवालय सदस्य तथा लुम्बिनी प्रदेश संयोजक अनुपमान सैन्जु, संगठनको सह संयोजक पबित्रा थापाको उपस्थिती रहेको थियो । त्यस्तै कार्यक्रममा विवेकशील साझा पार्टीका केन्द्रीय सदस्य तथा संगठनका महसचिब सरोज गौतम ,विवेकशील साझा पार्टीका केन्द्रीय सदस्य तथा संगठनका सचिवालय सदस्य सस्मित पोख्रेल , विवेकशील साझा पार्टीका केन्द्रीय सदस्य तथा संगठनका सचिवालय सदस्य लक्ष्मी घिमिरे लगायत अन्य केन्द्रिय नेताहरूको पनि उपस्थिती थियो ।

गुल्मीबाट पन्थी सहित, रुपन्देहीबाट संयोजकमा युबराज बञ्जाडे , बर्दियाबाट उमेशराज थापा, अर्घाखाँचीबाट अशोक आचार्य, बांकेबाट अंकित श्रीवास्तब र कपिलबस्तुबाट सुजन पौडेललाई युवा संगठनको जिल्ला संयोजक घोषणा गरिएको हो । त्यस्तै नवलपरासीबाट सब्बिर आलम अंसारी, प्युठानबाट गिता दाहाल, रोल्पाबाट झक्कु प्रसाद दांगी, पाल्पाबाट दशरथ पाण्डे र दाङबाट अंकित डिसि पनि चयन भएको लुम्बिनी प्रदेशका बिबेकशिल साझा युवा संगठन संयोजक अनन्त सागर अग्रहरीले बताए ।

विवेकशील साझा युवा संगठनले विभिन्न पृष्ठभूमिका युवाहरुलाई समेट्दै संगठनलाई हरेक स्थानीय निकाय र वडा तहसम्म पुर्याउने एवम् विवेकशील साझाको सुसंस्कृत राजनीतिलाई थप सशक्त बनाउँदै राजनीतिमा युवाहरुको सकारात्मक हस्तक्षेप गर्ने लक्ष्य लिएको छ । उर्जाशिल, ईमान र क्षमता भएका युवाहरू समेटेर बनाइएको संगठनले सुसंस्कृत राजनीति र नयाँ युवा अभियानलाई सशक्त बनाउने आत्मविश्वासलाई अझै दृढ बनाएको छ ।

यो पनि पढ्नुस्

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D