gulminews logo
आईतवार, २०८१ बैशाख १६

विरवास हत्याकाण्ड: घटनाका प्रतिवादी ५ जना जेल चलान

टोपलाल अर्याल
गुल्मी, ४ चैत । यातयात व्यावसायी ३२ बर्षीय मोहन प्रसाद चुँदालीको हत्यामा संलग्न भएको आरोपमा पाँच जना पुर्पक्षका लागि जेल चलान भएका छन् । गुल्मी दरवार गाउँपालिका ४ विरवासका चुँदाली फागुन ९ गते मृत अवस्थामा फेला परेका थिए । परिवारको किटानी जाहेरीका आधारमा प्रहरी अनुसन्धान थालेको थियो ।

हत्यामा संलग्न भएको आरोपमा गुल्मी दरवार गाउँपालिका ४ का ५० बर्षीय बिष्णु प्रसाद कडेल, ४८ बर्षीय इन्द्र बहादुर डम्बरपाल, ४२ बर्षीय ज्ञानु कुमारी डम्बरपाल, ३७ बर्षीय लक्ष्मण डम्बरपाल, ३५ बर्षीय कमला डम्बरपाल र २८ बर्षीय सागर सोमैलाई प्रहरीले अदालत पेश गरेको थियो । जिल्ला अदालत गुल्मीका श्रेष्तेदार कृष्णशरण लामिछानेले मंगलबार पाँचै जनालाई पुर्पक्षका लागि जेल चलान गरेका छन् ।
के हो बिरवास काण्ड ?

मोहन प्रसाद चुँदाली फागुन ८ गते स्थानीय बिष्णु कडेलसंग होटलमासंगै बसे । त्यो भन्दा अघि दुवै जनाको राम्रो सम्बन्ध पनि थिएन् । चुँदालीले त्यो रातिनै अवेरसम्म श्रीमति सरस्वतिलाई फोनमा संगै बसेका कडेललाई संगै लिएर घर आउने बताएका थिए । श्रीमति निदाइन् । मोहन घर फर्केनन् । अर्को दिन मृत भेटिए । विभिन्न संका र उपसंकाकाबीच परिवारले कडेलसहित दुई जनालाई प्रहरीले पक्राउ ग¥यो । उनीहरु बिरुद्ध फागुन १० गते जिल्ला प्रहरी कार्यालय गुल्मीमा किटानी दिए । शवको पोष्टमार्टम गरेर परिवारले दाहासंस्कार समेत गरे । प्रहरीले पक्राउ गरेकासंग अनुसन्धान गर्दै गएपछि थप तीन जना पनि पक्राउ परे । अन्त्यममा प्रहरीले पाँच जनालाई आवश्यक अनुसन्धान गरेर जिल्ला अदालत गुल्मीमा पेश गरेको थियो ।

यो पनि पढ्नुस्

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D