gulminews logo
शुक्रबार, २०८० चैत्र १६

विप्लवको हिंसा चन्दा असुलीको माध्यम : मन्त्री ज्ञवाली

प्रेम सुनार
बुटवल, फागुन २५ । गुल्मी क्षेत्र नम्वर १ का जनप्रतिनिधीहरुलाई सम्वोधन गर्न शुक्रवार गृह जिल्ला गुल्मी आएका परराष्ट्रमन्त्री प्रदिप ज्ञवालीले विप्लप समुह राजनितीक आवरणमा गरिएको हिंसा चन्दा अशुलीको मध्यम बनेको अरोप लगाएका छन ।

कसले चन्दा दियो कसले दिएन भन्दै गरिने हिंसा राजनैतिक आवरण मात्रै हो उनले भने त्यस्ता गतिविधीले अन्तराष्ट्रिय लगानीकर्तालाई समेत त्रसाउन खोजिएको छ, यसबाट मुलुकको हित हुँदैन र सरकारले त्यस्ता गतिविधी गरिरहन दिदैन । ’ उनले त्यस्ता हिंसात्मक गतिविधीले केहि मानिसहरुलाई केहि समय जुर्मुराउने बनाए पनि धेरै दिन नटिक्ने बताए । उनले विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीलाई हिसांको राजनीति परित्याग गर्न अपिल गरेका गरेका छन ।

उनले सो पार्टीलाई हिसांको बाटो गलत भएको भन्दै तुरुन्त त्यो बाटो परित्याग गनर््ु समेत आग्रह गरे । १० बर्षे जनयुद्धले १७ हजार मानिसको ज्यान लिएको स्मरण गर्दै उनले सिमित ब्यक्ति वा समु्हको आत्मा तुष्टिका लागि रोजिएका हिंसाका बाटाहरु किमार्थ पनि उचित छैनन म बिशेषतः युवाहरुलाई वाहवमा नलाग्न अनुरोध गर्छ छु ।

प्रदिप ज्ञवाली

उनले केहि दिन अघि नखुमा एक जना बाटो हिडिरहेका सर्वसाधरणको जसरी ज्यान लिईयो , अब त्यस्तो हु्न नदिन सरकार कडा ढंगले प्रस्तु्त हुने चेतावानी समेत दिए । विप्लव माओवादी प्रति के सरकार आक्रामक बन्दै गएको हो ? भन्ने जिज्ञासामा ज्ञवालीले भने–‘अहिले सरकार आक्रामक छैन पहिले आग्रह गर्दछौ यदि आग्रहलाई बेवास्था गरि ध्वमस्तात्मक गतिबिधिहरु भए त्यो सरकारलाई मान्य हुने छैन ।

मन्त्री ज्ञवालीले कैलाली घटनामा अदालतबाट दोषी ठहरिएका सांसल रेशम चौधरीका विषयलाई दिएर राष्ट्रिय जनता पार्टीलाई उत्तेजित नहुन आग्रह गरेका छन ।

‘ सम्मानित अदाललको आदेशलाई पालन गनर््ु पर्छm, हामीले न्यायलयको स्वतन्त्र भुमिका चाहन्छौं र संविधानले पनि त्यही भु्मिका दिएको छ मन्त्री ज्ञवालीले भने–‘ चित्त नब्ुझे पुनारावेदन जाने ठाउँ छँदै छ , सांसद रेशम चौथरीका विषयमा अदालतले जुन फैसाला गरेको छ त्यसलाई पालना गर्नु पर्छ , अनाबश्यक रुपमा प्रतिकृयात्मक नहुन म राजापा नेपाललाई अनुरोध गर्दछु् , यसमा धेरै रियाक्टिभ हु्न जरुरी छैन ।

उनले राजापाले सरकारलाई दिएको समर्थन फिर्ता गर्ने कु्रा सुनेको बताउँदै उसले समर्थन फिर्ता गर्दा गणितिय हिसावले फरक नपर्ने भए पनि सरकार सबै संग मिलेर जान चाहेकोले अदालतको बिषयलाई लिएर सरकार संग त्यस्तो टकराव नगर्न आग्रह गरे ।

मन्त्री ज्ञवालीले सरकारको बचाउँ गर्दै पहिलो बर्ष कानु्न, संघिय संरचना र समृद्धिको जग निर्माण गरेको, दुई छिमेकी देश भारत र चिनसंगको सम्बन्धलाई बलियो बनाएको र अमेरिका लगायतका मुलुक संग नेपालको छबिलाई चिनाउन सफल भएको दावी गरे । छिमेकी देशहरु भारत र चिनसंग नेपाललाई रेल मार्गबाट जोडने कार्य भईरहेको भन्दै नेपालको ब्यापारलाई थप मजबुद बनाउने बिश्वास पनि ब्याक्त गरे ।

सरकारले अहिले आर्थिक बिकासको जग बसालकोे भन्दै यहि जगको आधारमा नेपालमा दुर्त गतिमा बिकास गरेरै छाडने दाबी गरे । आगामी दिनहरुमा अब जनताहरुले दिएको मतको आफै जनतालाई संतुष्टि प्राप्त हुने भन्दै जनतालाई निराश नहुन पनि आग्रह गरे ।

यो पनि पढ्नुस्

गुल्मीका पहिरो प्रभावितको पुर्नबास प्रदेश ५ ले गर्ने, कस्तो प्याकेज घोषणा गर्दै छ सरकार?

टोपलाल अर्याल गुल्मी, २४ साउन । सत्यवतिका गाउँपालिकाका बास्तविक पहिरो प्रभावितको पुर्नबासको पूर्ण जिम्मा प्रदेश

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D