gulminews logo
शुक्रबार, २०८१ बैशाख ७

विद्यालय संचालन अनिश्चीत भएपछि वैकल्पिक सिकाईका लागि घरदैलोे गर्दै सिद्धबाबा

टोपलाल अर्याल
गुल्मी, जेठ ३१ । शनिबार बिहानै रेसुंगा नगरपालिका ८ को माइकास्थान मन्दिरमा १५/२० जना विद्यार्थी र शिक्षकहरु निकै व्यस्त थिए । झट्ट देख्दा गुरुकुल शिक्षा फर्किएको जस्तै । मन्दिरको डिल र आगनीमा सामाजिक दुरी कायम गरि बसेका शिक्षक तथा विद्यार्थी संकटका अप्ठ्यारा विषयवस्तुका कुरा गरिरहेका थिए । केही विद्यार्थीले गृहकार्य देखाए । कसैले विद्यालय संचालनको अन्यौलता सोधे । अधिकांश गृहकार्य गर्नकै लागि व्यस्त भए । बीचबीचमा कापी किताव बोकेर मन्दिरमा थपिँदै गरेका विद्यार्थीलाई शिक्षकहरुले सहजीकरण गरिरहे ।

सन्दिप विक सिद्धबाबा मावि कक्षा ११ को विज्ञान संकायमा अध्ययन गर्छन् । बिहानै मन्दिर आएर विक विद्यालयमा पढेजस्तै नभए पनि शिक्षकहरु सहजीकरणले अत्यन्तै खुसी भएको बताए ।

रेसुङ्गा नगरपालिका ८ की अनिशा विक शुक्रबार बिहानै शिक्षकहरु घरमा आएको देखेर छक्क परिन् । उनी सदरमुकाम तम्घासको सिद्धबाबा माविमा अध्ययन गर्छिन । विक अहिले कक्षा ६ मा प्रथम भएर ७ मा पुगिन् । तर भर्ना भएकी छैनन् । साढे दुई महिनादेखि विद्यालय बन्द छ । लामो समयमा शिक्षकहरु आगनमा देखेर बिद्यालय पुगे जस्तो महसुस भएको अनिशा बताउँछिन् । ‘सरहरु देखेर अत्यन्तै खुसी भएँ, अरु थुप्रै साथीहरु पनि मेरै घरमा आए,’उनले भनिन,‘ नयाँ किताव कापी र थोरै विषयवस्तुमा कुरा ग-यौँ, विद्यालय प्रति नयाँ आशा जाग्यो ।’

सिद्धबाबा माविले विद्यार्थीहरुलाई वैकल्पिक सिकाई सहजीकरण थालेको छ । कोरोना संक्रमणको कारण लामो समय विद्यालय बन्द भएका छन् । जसका कारण थुप्रै विद्यार्थीहरुको पढाई प्रभावित बनेको छ । लकडाउन बढ्दै जाँदा विद्यालय संचालन अनिश्चीत भएकाले विद्यार्थीहरुलाई नयाँ वैकल्पिक सिकाई सहजीकरण थालिएको बिद्यालयमा प्रध्यानाध्यापक डोर विक्रम श्रीसले बताए । उनले यो अभियानले सवैभन्दा पहिले शिक्षक, अभिभावक र विद्यार्थीबीचमा सम्बन्ध निकट बनेको बताए । त्योसंगै विद्यार्थीहरुलाई कोरोना संक्रमण र विद्यालय संचालनको अन्यौलता बारेमा सहजीकरण गरिएको श्रीसले जानकारी दिए ।

नयाँ पाठ्यपुस्तकको अवस्था र यो संक्रमणमा अभिभावले अपनाएको सिकाईका अभ्यासको बारेमा पनि छलफल भएको थियो । ‘सामुदायीक सचेतनासहित फुर्सदको समय सदुपयोग गर्न खोजेका छौ,’उनले भने,‘भेटले विद्यार्थी र अभिभावप्रतिको नैराश्यता दुर गरेको छ ।’ विद्यालयले कक्षा १० का विद्यार्थीहरुलाई अनलाइन कक्षा संचालन पनि गरेको छ । तर त्यो आशिंक मात्रै सफल देखिएकाले यो विकल्प थालिएको प्रध्यानाध्यापक श्रीसको भनाई छ । उनले भुगोल र प्रविधीले साथ नदिएका कारण अनलाइन कक्षा प्रभावकारी बन्न नसकेको बताए ।

विद्यालयले अधिकांश विद्यार्थी रेसुङा नगरपालिकाका भित्रका भएकाले टोल–टोलमा पुगेर बिद्यार्थी र अभिभावक सहजीकरण गर्ने योजना बनाएको छ । प्रत्येक टोलमा समुह बनाएर पालै–पालो बिषय शिक्षकहरु दुई÷तीन पटक पुग्ने तालिका बनाइएको शिक्षक टीका खड्काले जानकारी दिए । अभिभावहरुलाई खबर गरेर कुनै घरमा सम्भव भएसम्मका विद्यार्थी बोलाएर सामाजिक दुरी समेत कामय गरेर सहजीरकण गर्ने गरिएको खड्काले बताए ।

एसइई बाहेक नर्सरीदेखि कक्षा ९ सम्मका विद्यार्थी परीक्षा दिएपछि विद्यालय पुगेका छैनन् । जसका कारण अधिकांश विद्यार्थीहरु पठन–पाठनको मोहबाट टाढिदै छन् । लामो समय विद्यालय बन्द भएका कारण केहि विद्यार्थीहरु अभिभावकको नियन्त्रण बाहिर जाने पनि अवस्था आएको छ । सिद्धबाबा माविमा तीन छोराछोरी पढाउँदै आएकी पवित्रा मुखियाले आफुहरु अनपढ र छोराछोरीले पनि भनेको नमान्ने कारण समाल्न निकै मुस्किल परेको गुनासो गरिन् । लामो समय विद्यालय बन्द भएका कारण विद्यालय संचालन अनिश्चीत बनिरहेको अवस्थामा सिद्धबाबा माविले संचालन गरेको नयाँ अभियानले आफुहरुलाई अत्यन्तै खुसी लागेको रेसुङ्गा नगरपालिका ८ का यम बहादुर विकले बताए ।

उनका दुई छोरी सिद्धबाबा माविमा अध्ययन गर्दै आएका छन् । ‘लामो समय विद्यालय बन्द हुँदा छोरा–छोरीको भविष्यका बारेमा कयाै‌ अभिभावक चिन्तामा छन्,’उनले भने,‘केहि नहुनुभन्दा सिद्धबाबाको अभियान उदाहरणीय छ ।’ रेसुङा नगरपालिका वडा नं २ का वडा सदस्य शेर बहादुर विश्वकर्माले आफुहरुलाई टोल–टोलमा अभिभाव र विद्यार्थीहरुले विद्यालय अन्यौलता विषयमा पटक–पटक ध्यानाकर्षण गराईरहेको अवस्थामा सवै बिद्यालयले सिद्धबाबाले जस्तै टोल–टोलमा शिक्षक, अभिभावक र विद्याथीबीच सामुदायिक शिक्षा र सहजीकरण थाल्नुपर्नेमा जोड दिए ।

यो पनि पढ्नुस्

चरम आर्थिक संकटमा परेपछि रेसुङ्गा क्याम्पसका ९ जना कर्मचारी र प्राध्यापकलाई अनिवार्य अवकास

हुमाकान्त पोखरेलगुल्मी, २६ भदौ । रेसुङ्गा बहुमुखी क्याम्पसले कर्मचारी र प्राध्यापक गरी नौ जनालाई अनिवार्य

विद्यालयमा शिक्षक नभएको भन्दै मुसिकोटका विद्यार्थी आन्दोलित

सागर भण्डारीमुसिकोट, भदौ १९ । गुल्मीको मुसिकोट नगरपालिका-५ ईन्द्रेगौँणास्थित नेपाल राष्ट्रिय माध्यमिक विद्यालयका विद्यार्थी आन्दोलित

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D