gulminews logo
शुक्रबार, २०८१ बैशाख ७

विद्यालयमा विद्यार्थीहरुका सबै गतिविधिहरु घरमै बसेर मोबाईल एपबाट जानकारी लिन सकिने

कौरव खत्री
गुल्मी, ४ पौष । गुल्मीमा रहेको आर्दश विद्या आश्रम विद्यालयले एक कार्यक्रमका वीच नतिजा प्रकाशन गरेको छ ।

विद्यालयको बार्षिक नतिजा प्रकाशन कार्यक्रममा बोल्दै प्रमुख अतिथि आर्दश विद्या आश्रम विद्यालयका प्रवन्ध निर्देशक राजु कुँवरले आउँदो पौष १५ गते देखि प्रत्येक मोबाई एपमार्फत अभिभावकहरुले आफ्नो घरमै बसेर मोबाइलबाट आफ्नो छोराछारीको प्रगतिविवरण, जानकारी तथा नतिजा लिन सकिने गरि एप सञ्चालनमा ल्याउने तयारी भइरहेको बताए ।

साथै विद्यालयले पछिल्लो समयमा परीक्षा लगायतका शैक्षिक क्षेत्रमा नँया विधिको अवलम्वन गरेको भन्दै निर्देशक कुँवरले स–साना बालवालिकाहरुलाई मध्यनजर गदै बालमैत्री वातावरण सिर्जना गरेर कक्षाकोठा व्यवस्थापन र बालवालिकाहरुको लागि छुट्टै बालमैत्री खेलमैदान र खाजाको व्यवस्था गर्न लागिएको बताए ।

यस्तै उनले भने विद्यालयले विद्यार्थीहरुको चौतर्फी वृद्धि विकास र प्रगतिको लागि उनीहरुको रुचि अनुसार पढाईसँगै खेलकुद लगायत अतिरिक्क्त क्रियाकलापमा विशेष जोड दिएको बताए ।

साथै कुँवरले भने अभिभावकहरु प्नि बेला बेलामा सरसल्लाह र सुझाव दिएमा विद्यालयको शैक्षिक विकासमा थप बल पुग्ने बताउदै आज आर्दश विद्या आश्रम विद्यालयले कक्षा नर्सरीदेखि यूकेजीसम्मको बार्षिक परीक्षाफल प्रकाशन गरिएको छ ।

साथै सोही अवसरमा बार्षिक परीक्षाफलमा उत्कृष्ट अकं ल्याउने विद्यार्थीहरुलाई पुरस्कार प्रदान गरिएको थियो । भने यस्तै विद्यालयको बार्षिक समयअवधिभरमा विभिन्न विधाबाट उत्कृष्ट हुने विद्यार्थीहरुलाई समेत पुरस्कारले सम्मान गरिएको थियो । कार्यक्रम आर्दश विद्या आश्रम विद्यालयका प्रिन्सिपल भगतसिंह खड्काको अध्यक्षता रहेको कार्यक्रमको सञ्चालन भने शिक्षक टिकाराम पन्थीले गरेका थिए ।

चन्द्रकोट स्थित चक्रेश्वर ईङ्लिश बोर्डिङ स्कुलले भने यस अघी नै यस्तै खालको मोबाईल एप सार्वजनिक गरिसकेको छ ।

यो पनि पढ्नुस्

चरम आर्थिक संकटमा परेपछि रेसुङ्गा क्याम्पसका ९ जना कर्मचारी र प्राध्यापकलाई अनिवार्य अवकास

हुमाकान्त पोखरेलगुल्मी, २६ भदौ । रेसुङ्गा बहुमुखी क्याम्पसले कर्मचारी र प्राध्यापक गरी नौ जनालाई अनिवार्य

विद्यालयमा शिक्षक नभएको भन्दै मुसिकोटका विद्यार्थी आन्दोलित

सागर भण्डारीमुसिकोट, भदौ १९ । गुल्मीको मुसिकोट नगरपालिका-५ ईन्द्रेगौँणास्थित नेपाल राष्ट्रिय माध्यमिक विद्यालयका विद्यार्थी आन्दोलित

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D