gulminews logo
शुक्रबार, २०८० चैत्र १६

विद्यार्थीमाथि फोहोरी राजनिती: रेसुङ्गा बहुमुखी क्याम्पस आङ्गिक भन्ने भ्रम मात्रै, किन चलाईयो यो भ्रम ?

सन्तोष महतारा
गुल्मीको सदरमुकाम तम्घासमा रहेको रेसुङ्गा बहुमुखी क्याम्पस आङ्गिक भयो भन्ने भ्रम मात्रै रहेको खुलस्त भएको छ । राजनितिक दलले विद्यार्थी आफ्नो कोल्टमा पार्नको लागि फोहोरको राजनिति गरी क्याम्पस आङ्गिक भयो भनेर भ्रम मात्रै सिर्जना गरिएको सोमबार क्याम्पसमा विद्यार्थी माझ जानकारी गराइएको छ ।

गतबर्ष रेसुङ्गा बहुमुखी क्याम्पस आङ्गिक भयो भनेर विद्यालयमा नाराबाजी र भाषण समेत गरियो । नेकपाको विद्यार्थी संगठन अनेरास्ववियुले दिप प्रज्वलन सहित विद्यार्थीलाई लड्डु बाँडेर दिपावली पनि मनायो । यो दिपावली राजनितिक दलको मात्रै नभई गुल्मेली जनताको भयो । आङ्गिक भन्दै समाचार पनि सम्प्रेषण भए । तर पछी यो एउटा विद्यार्थी माथि गरिएको फोहोरी राजनिति बाहेक केही नभएको पुष्टि भयो ।

आङ्गिक बन्यो तर विद्यार्धीको मासिक शुल्क किन घटेन ? भन्ने कुरा चारै तिर सार्वजनिक भए । त्यसपछि विद्यालय प्रशासनलाई काङ्ग्रेसको विद्यार्थी संगठन नेविसंघले ध्यानकर्षण पत्र बुझायो । विद्यालयको प्रतिक्रियामा क्याम्पस आङ्गिक नबनेको खुलस्त भयो । ध्यानकर्षण पत्र बुझाएपछि क्याम्पस प्रमुख हरिबहादुर खत्रीले क्याम्पस आङ्गिक नभएको कुरा सम्पूर्ण विद्यार्थीलाई जानकारी गराए । आङ्गिक बन्ने प्रक्रिया नै अघि नबढेको उनको भनाई छ । आङ्गिकका कुरा केहि हदसम्म चले पनि कुनै पनि प्रक्रिया अघि नबढेको उनको मौखिक प्रतिक्रिया छ ।
अनेरास्ववियूले सरकारले आंगिक बनाएको पत्र क्याम्पस प्रशासनलाई प्राप्त भएको तर सार्वजनिक नगरेको भन्ने आरोप लगाएपछि रेसुङ्गा बहुमुखी क्याम्पस नेविसंघ इकाई समितिले पत्र बुझाएको इकाई समितिका संयोजक रोशन सिंह ठकुरीले जानकारी दिए ।
‘आङ्गिक बनेको भए त हामी पनि खुसी छौँ तर भ्रम सिर्जना गरिनु भएन, आङ्गिक बन्न आएको पत्र लुकाएको भए त विद्यालयले विद्यार्थी माथि अपराध नै गरेको हो’ भन्ने नेविसंघ गुल्मीको प्रतिक्रिया छ ।

आङ्गिक बन्ने प्रक्रिया नै अघि बढेन: क्याम्पस प्रमुख खत्री

क्याम्पस प्रमुख हरिबहादुर खत्रीले २०७४ साल भदौ १० गते मध्यपश्चिमाञ्चल विश्वविद्यालयको सिनेटले रेसुङ्गा बहुमुखी क्याम्पस सहित १० वटा क्याम्पसलाई नेपाल सरकारले आवश्यक बजेटको व्यवस्था गरेको खण्डमा आङ्गिक बनाउने निर्णय गरेको बताए । उनले त्यही निर्णयको पत्र प्राप्त भएको बताउँदै अन्य कुनै पनि कागजात र क्याम्पस आङ्गिक भएको भन्ने कुनै पत्र नआएको बताए । क्याम्पस विगतमा जसरी चलेको थियो त्यसरी नै चलिरहेको बताउँदै क्यम्पस प्रमुख खत्रीले भने, ‘स्थानीय सरकार र प्रदेश सरकारले केही पुँजीगत खर्चको सहयोग गरेको छ । महत्वपूर्ण सहयोग हाम्रो यो क्याम्पसलाई अहिले विश्वविद्यालय अनुदान आयोगबाट भएको छ ।’ तर अहिलेसम्म आङ्गिक बन्ने प्रक्रिया नै अघि नबढेको उनको भनाई रहेको छ ।

यो पनि पढ्नुस्

चरम आर्थिक संकटमा परेपछि रेसुङ्गा क्याम्पसका ९ जना कर्मचारी र प्राध्यापकलाई अनिवार्य अवकास

हुमाकान्त पोखरेलगुल्मी, २६ भदौ । रेसुङ्गा बहुमुखी क्याम्पसले कर्मचारी र प्राध्यापक गरी नौ जनालाई अनिवार्य

विद्यालयमा शिक्षक नभएको भन्दै मुसिकोटका विद्यार्थी आन्दोलित

सागर भण्डारीमुसिकोट, भदौ १९ । गुल्मीको मुसिकोट नगरपालिका-५ ईन्द्रेगौँणास्थित नेपाल राष्ट्रिय माध्यमिक विद्यालयका विद्यार्थी आन्दोलित

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D