हुमाकान्त पोखरेल, गुल्मी ।
विदेश उड्नुअघि उनले ठुलाठुला सपना बुनेकी थिइन् । ‘टन्न पैसा कमाउने, घर बनाउने, सानो भाइलाई पढाउने, सुखि जिवन कटाउने….. । यस्तैयस्तै सपना बुन्दै उनी गत असार ८ गते कुबेतको लागि काठमाडौ अन्तराष्ट्रिय बिमानस्थबाट प्रस्थान गरिन् । मन फुरुङ्ग थियो । चङ्गाजस्तै । जहाजमा चढ्दा र उड्दा त उनले देख्ने सपना झनै बढ्न थाल्यो । पैसा कमाउने उदेश्य पुरा हुनै थालेजस्तो भयो । उनी निकै खुसि थिइन् । यही खुसिका सपनाहरु बुन्दै उनी दुबईसम्म पुगिन् । तर उनको खुसि धेरै समय टिकेन । सपना, सपनामै सिमित रह्यो । इच्छ्या, चाहाना मनको एउटा कुनामा पोको पारेर राखेकी उनी पैसा कमाउने कुरा त के, कसरी त्यहाँबाट उम्कने भन्ने पो सोच्न थालिन् । उनी अर्थात इस्मा गाउँपालिकाकी सपना नेपाली (नाम परिवर्तन) ।
सपना काठमाडौ गएको समयमा ओखलढुङ्गा घर भएकी सविना राइसँग चिनजान भयो । चिनजानपछि करिब अढाई महिना बसाइको क्रममा सविनाले सपनालाई विदेश लगिदिने कुरा सुनाइन् । जाँदा सपनाको तर्फबाट एक रुपैँया पनि खर्च नलाग्ने, लाग्ने सबै खर्च आफुले नै राखिदिने, पासपोर्ट खर्च पनि दिने, कपडा, ब्रुस सम्मका सबै खर्च आफुले व्यहोरिदिएर पठाउने भएपछि सपना मख्ख पर्दै विदेश अर्थात दुबई हुँदै कुबेत जाने कुरामा सहमत भएकी थिइन् । साथै सविनाले सजिलो काममा राम्रो आम्दानी हुने पनि सुनाएकी थिइन् ।
दुबई पुग्दाबित्तिकै सपनालाई लिनको लागि रोजि राई आइपुगिन् । रोजि सविनाकी आफ्नै दिदी हुन् । अर्थात सविना माध्यम बनेर सपनालाई दिदीसँग दुबई पठाइन् । रोजीले घरमा काम गर्नुपर्छ भन्थिन् । सपना दुबई हुँदै कामको लागि कुबेत जानुपर्ने थियो । तर उमेर नपुगेकोले उनको कुबेत यात्रा स्थगित भएको सुनाइयो । दुबईको आजमान भन्ने ठाउँमा पुगेपछि उनलाई एउटा घरमा गैरकानुनी तवरले थुनेर राखे । अर्को दिन काम गर्न भन्दै अर्को अफिसमा सारिदिए । अर्को अफिसमा ग्राहकले उनीमाथि यौनजन्य व्यवहार गर्न थाले । जुन व्यवहार सपनालाई मन परेन । सपनाले ग्राहकको प्रस्ताव अस्विकार गरेपछि त्यहाँ उनलाई रुचाउन छोडे । ग्राहकको लागि शो हुन गएकी सपनाको ग्राहकबाटै कम्प्लेन आउन थालेपछि पुन: रोजीकहाँ नै फर्किइन् । त्यसपछि उनी छाँगाबाट खसेजस्तै भइन् । उनलाई आफु बेचिएको बल्ल थाहा भयो । अर्थात उनलाई नेपालबाट बेचेर दुबई पु¥याएका रहेछन् । उमेर नपुगेकोले कुबेत पु¥याउन सकेनछन् ।
इराक जाने प्रस्ताव
रोजीलाई जसरी पनि सपनालाई टुंगो लगाउनुपर्ने थियो । त्यसले उनले सपनालाई इराक जाने प्रताव गरिन र सपना पनि त्यसमा सहमत भइन् । लगत्तै उनले नेपालबाट मेडिकल फेल भएर पनि रोजीले दुबई हुँदै इराक पठाएकी एकजना महिलासँग सम्पर्क गर्न खोजिन । तर ति महिला सम्पर्कबिहीन भएपछि भने सपनाले मनमा अनेक शङ्का उब्जाउन थालिन र इराक नजाने निर्णय गरिन् ।
रोजी राईको घरमा बिहान–बेलुका खान दिन्थे । त्यहाँ उनीजस्तै झापा, मोरङ, सिक्किम, लगायतका ५५ जना बस्थे । सबैजना बन्धक थिए । जसमध्ये उनीसहित तीनजनालाई सुत्न पनि दिने थिएनन् । उनीहरुले बिहानै उठेर चर्पी सफा गर्ने, घरको सरसफाई लगायतका काम गनुपथ्र्यो । घरमा कुरा गर्नुपरे रोजीको पिएकै अगाडी कुरा गर्नुपथ्र्यो । फोनमा रुन र दुखका कुरा गर्न मनाही थियो । उसले काम नसिकेको भन्दै जहिल्लै गाली गथ्र्यो । घरमा राखेको पिएले सपनाहरुमाथि नराम्रो व्यवहार गरेपछि सपनाले आफु नेपाल फर्कन चाहेको बताइन् । तर रोजी राईले अढाई लाख तिरेर जान भनेपछि सपनाले इराक बाहेकका देशमा पठाउन भनिन्, रोजिले सकिनन् । दुबईमा बाहिर मार्केटिङमा काम पाइएपनि पासपोर्ट रोजीसँगै भएकोले काम गर्न सम्भव भएन ।
जब मदनसँग सम्पर्क भयो
उनीले आफ्नी आमासँग आफ्नो अवस्थाबारे जानकारी गराएपछि आमाले पूर्व श्रम मन्त्री गोकर्ण विष्टका प्रेस संयोजक मदन खनालसँग कुरा गरिन् । खनालले सपनालाई फेसबुकमार्फत सम्पर्क गरे । लगत्तै खनालले जिल्ला प्रशासन कार्यालय लगायत सम्बन्धित अन्य निकायसँग सम्पर्क गरे । केही दिनको मिहीनेतपश्चात सपनालाई तीजको दिन अर्थात भदौ १४ गते नेपाल फर्काइयो । भर्खर एसईई पास गरेकी सपनाको कानुन बिषय पढ्ने रहर छ । तर पैसा छैन । सपना पढ्न चाहान्छिन्, तर विद्यालय पैसा चाहान्छ । त्यसैले उनले पढ्न सकेकी छैनन् । घरमा पढ्ने वातावरण छैन । बाहिर गएर पढ्दा लाग्ने खर्च उनीसँग छैन । कसैले सहयोग गरेमा उनी पढ्ने तयारीमा छिन् ।
समाजमा कसरी फेस गर्ने ?
आफु एकपटक बेचिएकोले समाजले नराम्रो दृष्टिकोणले हेर्न भएकोले सपनाको सपना विदशमै हराएको छ । भन्छिन्, ‘समाजमा कसरी फेस गर्ने ?’ उनले विदेशमा नेपाली महिलाहरु बेचिन्छन् भन्ने पढेकी÷सुनकी थिइन् । तर अहिले आफै त्यही समस्यामा परिन् । उनी आफुमाथि देह व्यापार भएको सम्झन्छिन् । ‘मलाई नेपालबाट बेच्न सफल भएपनि दलालहरु दुबईबाट बेच्न सफल भएनन् ।’ सपना भन्छिन्, ‘दुबईबाट छ हजार डलरमा इराक वा कुबेतमा नेपाली चेलीहरु बेचिदा रहेछन् ।’ सपना त केवल एउटा प्रतिनिधिमुलक पात्र मात्रै हुन् । अझैपनि थुप्रै युवती एवम् महिलाहरु यस्तै समस्यामा परिरहेका छन् । त्यसैले सरकार, यस बिषयमा समयमै केही सोच्ने कि ?
(पिडितको गोपनीयतालाई कायम गर्दै वास्तविक नाम, पुरा ठेगाना र फोटो सार्वजनिक गरिएको छैन ।)
लेखक पोखरेल प्रेस सेन्टर गुल्मीका सचिव एवम् पत्रकार महासंघ, गुल्मीका कार्यसमति सदस्य हुन् । उनी विगत छ बर्षदेखि पत्रकारितामा क्रियाशित छन् ।