gulminews logo
बिहीबार, २०८१ बैशाख ६

गुल्मीका पुराना जनप्रतिनिधीहरु: जित्ने कम, हार्ने बढी

सन्जु काउछा
जेठ ०३ । २०७४ सालमा सम्म्पन्न स्थानिय निकायको निर्वाचनमा गुल्मी जिल्लामा निर्वाचित भएर एक कार्यकाल सम्पन्न गरेका दुई जना गाउँपालिका प्रमुखहरु यसपालिको निर्वाचनबाट नयाँ कार्यकलको लागि पुन: दोहोरिएका छन् । उपाध्यक्ष पदमा एक जना जनप्रतिनिधी दोहोरिँदा अन्य ३ जना र अध्यक्षमा २ जना हार ब्यहोर्दै निर्वाचित जनप्रतिनिधीको रुपमा पुन: नयाँ कार्यकालको लागि दोहोरिने उनिहरुको सपनामा ब्रेक लागेको छ ।

एक कार्यकाल धुर्कोट गाउँपालिका प्रमुख भएका नेकपा माओवादी केन्द्रका भूपाल पोखरेल र कालीगण्डकी गाउँपालिकाका कांग्रेसका बेदबहादुर थापामगर पोख्रेल पुन: निर्वाचित भएका हुन् । माओवादीका पोखरेलले ६ हजार ८९ मत ल्याएर अध्यक्ष जित्दै नयाँ कार्यकालको लागि पुन: निर्वाचित हुँदा उनका निकटतम् प्रतिद्वन्दी नेपाली कांग्रेसका महेन्द्र भण्डारीले जम्मा ४ हजार २६१ मत ल्याए ।

त्यस्तै कालिगण्डकीको अध्यक्षमा कांग्रेसका थापाले ४ हजार ८ सय १० मत ल्याएका फेरी नयाँ कार्यकालला लागि बिजयी भएका हुन् । उनका निकटतम प्रतिस्पर्धी नेकपा (एमाले)का रामजी ढकालले भने ४ हजार ६ सय ७७ मत ल्याउँदै झिनो मतान्तरले पराजय भोगे ।

तर, सत्यवती गाउँपालिकामा एक कार्यकाल प्रमुख भएका कांग्रेस नेता पारिश्वर ढकालले अहिले पराजय भोगे । सत्यवती अध्यक्षमा एमालेका टीकाराम पाण्डेले ६ सय ५६ मतको अन्तरले गठबन्धनका तर्फबाट कांग्रेसका पारिश्वर ढकाललाई पराजित गरेका हुन् । पाण्डेको ६ हजार २ सय ६७ र ढकालको ५ हजार ६ सय ११ मत रहेको थियो ।

त्यस्तै, एक कार्यकाल मालिका गाउँपालिका प्रमुख भएका रितबहादुर थापा पनि अहिले पुरानै प्रतिस्पर्धी माओवादीका देवीराम अर्यालसँग पराजित हुनुपर्‍यो । सिंगो गाउँपालिकामा नेकपा एमाले निल हुँदा गाँउपालिका अध्यक्षमा गठबन्दका साझा उम्मेदवार नेकपा माओवादीका केन्द्रका देबिराम अर्यालले ६ हजार १७६ मत प्राप्त गरि बिजयी भए । एमालेका उम्मेदवार रित बहादुर थापाले जम्मा ४ हजार ६१७ मत प्राप्त गरेका थिए । अर्यालले थापाले भन्दा १ हजार ५५९ मत बढी प्राप्त गर्दै जित सुनिस्चित गरेका हुन् । २०७४ सालको निर्वाचनमा ३ ठुला पार्टी एक्लाएक्लै भिड्दा एमालेका रित बहादुर थापाले माओवादीका अर्यालले भन्दा झन्डै दोब्बर मत सहित बिजयी भएका थिए । तर यसपाली उनले नमिठो हारको स्वादमै चित्त बुझाउनु पर्‍यो ।

गाउँपालिका उपप्रमुखहरुमा पनि ४ जना उम्मेदवारहरु फेरी नयाँ कार्यकालका लागि दोहोरिने कसरतमा थिए । इस्मा गाउँपालिका उपप्रमुख विमला खत्री, चन्द्रकोट गाउँपालिका उपप्रमुख राधिका अर्याल, कालीगण्डकीमा तारा थापा र मदाने गाउँपालिका उपप्रमुख सरिता खड्का सोही पदमा अहिले पनि चुनावी मैदानमा थिए । तर, मदाने गाउँपालिका उपप्रमुखमा खड्का मात्रै नयाँ कार्यकालका लागि पुन: विजयी भइन् ।

मदाने गाउँपालिकामा उपप्रमुख पदकी उम्मेदवार नेकपा एमालेकी सरिता खड्का पुन: नयाँ कार्यकालका लागि दोहोरिएकी छन् । नेकपा एमालेकी सरिता खड्का ४ हजार ५६७ मत सहित पुनः विजयी भएकी हुन् । उनका प्रतिद्वन्द्वी माओवादी केन्द्रका बेगम चन्दले ४ हजार २११ सहित ३५६ मतको अन्तर पराजित भएका हुन् । खड्काले अघिल्लो निर्वाचनमा नेपाली कांग्रेसकी सुशिला भुसाललाई पराजित गर्दै निर्वाचित भएकी थिईन् ।

इस्मामा बिमला खत्री कांग्रेसकी पार्वती कुँवरसँग पराजित भईन् । कुँवरले ५ हजार ९०९ मत ल्याएर उपाध्यक्षमा बिजयी हुँदा खत्रीले जम्मा ५ हजार १२१ मत पाईन् । चन्द्रोकोटको उपाध्यक्षमा फेरी दोहोरिने कसरतमा रहेकी गाउँपालिका उपप्रमुख राधिका अर्यालको सपना गठबन्दनका तर्फबाट उम्मेदवार नेपाली कांग्रेसका बिष्णु प्रसाद भण्डारी जितसँगै चकनाचुर भएको छ । भण्डारीले ५ हजार १६ मत ल्याउँदै उपाध्यक्ष पदमा बिजयी हुँदा अर्यालले जम्मा ३ हजार ८१६ मत प्राप्त गरिन् ।

उता कलिगण्डकी गाउँपालिकाको उपाध्यक्षमा पनि तारा थापा दोहोरिन सकिनन् । थापाले नेकपा एमलेकी उम्मेदवार मन्जु कुमारी दर्लामीसँग पराजय भोगिन् । उपाध्यक्षमा एमालेकी दर्लामीले ४ हजार ४ सय ८४ मत ल्याएर निर्वाचित हुँदा राष्ट्रिय जनमोर्चाकी थापाले जम्मा ४ हजार ३ सय ८४ मत पाएकी थिइन् ।

यो पनि पढ्नुस्

एम्बुलेन्स नै अलपत्र

हुमाकान्त पोखरेलगुल्मी, ०३ फागुन । एम्बुलेन्सको काम के हो ? उत्तर सजिलै आउछ, बिरामी बोक्ने

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D