gulminews logo
आईतवार, २०८१ बैशाख १६

विदेशबाट आएको रेमिट्यान्सले बेसाएर खाएर मात्र गाउँमा समृद्धि आउँदैन: पुर्व उपप्रधानमन्त्री केसी

कौरव खत्री
बागलुङ, ४ मंसिर । पूर्व उपप्रधानमन्त्री चित्रबहादुर केसीले विदेशबाट आएको रेमिट्यान्सले गाउँमा बेसाएर खाएर समृद्धि नआउने बताए । बागलुङको गलकोट नगरपालिका वडा नम्बर ५ बसाहफाँटमा आयोजित दोस्रो गलकोट घुम्टे महोत्सवको उद्घाटन गर्दै प्रमुख अतिथि केसीले यस्तो बताएका हुन ।

केसीले भारतले सिमा मिचेको खवर बाहिर आएपछि राष्ट्रियताको पक्षमा सवै एकजुट भएको संम्भवत पहिलो पटक भएको भन्दै राष्ट्रियता, सार्वभौमसत्ता र अखण्डाको रक्षाको लागि पहिलो पटक राजनैतिक दल, पत्रकार र आम नागरिक एकै ठाउँमा भएको बताउदै राष्ट्रियताको पक्षमा सवै नागरिक एक जुट हुनुपर्नेमा जोड दिए । साथै उनले यहाँबाट हामी मान्छे निर्यात हैन उत्पादनलाई निर्यात गर्रौ भन्दै युवाहरुले यहाँ उत्पादन भएका वस्तुलाई विदेशमा पठाउने कार्यमा लागेर उत्पादनशिल काममा सबैजना लाग्नुपर्नेमा जोड दिए ।

Chitra Bahadur KC. Photo: Bijay Gajmer/Republica/Nagarik

साथै उनले गलकोटमा ईलाका प्रशासन कार्यालय स्थापनाको लागि नेपाल सरकार सकारात्मक रहेको बताउदै छिट्टै गलकोटमा ईलाका प्रशासन कार्यालय स्थापना हुने बताए । त्यस्तै केसीले विदेशबाट आएको रेमिट्यान्सले गाउँमा बेसाएर खाएर समृद्धि नआउने बताउदै यहाँबाट हामी मान्छे निर्यात हैन उत्पादनलाई निर्यात गर्रौ भन्दै केसीले भने युवाहरुले यहाँ उत्पादन भएका वस्तुलाई विदेशमा पठाउने कार्यमा लागेर उत्पादनशिल काममा सबैजना लाग्नुपर्नेमा जोड दिए ।

केसीले विगतमा देशमा राजनीति स्थिरता नहुँदा विकास हुन नसकेको हुँदा, अबको केही वर्षमा मुलुकको विकासले फड्को मार्ने बताए । राष्ट्रिय जनमोर्चाका अध्यक्ष समेत रहेका केसीले भावी पुस्तालाई देश जस्ताको तस्तै सुम्पन अहिलेका पुस्ताको दायित्व भएको बताए । कार्यक्रमको अवसरमा पुर्व बनमन्त्री एवं नेपाली काँग्रेसका केन्द्रीय सदस्य शंकर भण्डारीले गलकोट क्षेत्र पर्यटकीय संम्भावना बोकेको क्षेत्र रहेको हुँदा यहाँको विकासका निम्ति सवै राजनीतिक दलहरु एकै ठाउँमा हुनुपर्ने बताए । साथै नेता भण्डारीले शहिद थिरबम मल्लको गाउँको विकासका निम्ति नेपाली काँग्रेसले सधै सहयोग गर्न तयार रहेको बताए ।

संघीय सांसद ज्ञानकुमारी छन्त्यालले समृद्ध नेपाल सुखी नेपालीको नारा कागजमा सिमित रहेको बताउदै अव सबै तहका सरकार मिलेर कार्यान्वयन गर्नुपर्ने बताइन् । गण्डकी प्रदेश सभा सदस्य तथा नेकपा जिल्ला अध्यक्ष ईन्द्रलाल सापकोटाले गलकोटको समृद्धिको लागि प्रदेश सरकारले सहकार्य गर्ने बताए । त्यस्तै गण्डकी प्रदेश सभा सदस्य चन्द्र बहादुर बुढा मगर सागरले गलकोटलाई समृद्ध बनाउन सकेमा गण्डकी प्रदेशकै समृद्ध बन्ने बताए ।

जिल्ला समन्वय समिति बागलुङका प्रमुख राजेन्द्र ढुंगानाले जिल्लाको समग्र विकास र पर्यटन प्रवद्र्धनको लागि सहकार्य गर्नुपर्ने बताए । गलकोट नगरपालिकाका नगरप्रमुख भरत शर्मा गैरेले सबै तहका सरकार वीच सहकार्य विना समृद्धि कागजमा मात्रै सिमिति हुने बताए । प्रमुख जिल्ला अधिकारी लुकबहादुर क्षत्री, ताराखोला गाउँपालिका अध्यक्ष प्रकाश घर्ति मगर, नेपाली काँग्रेस जिल्ला सभापति दिपेन्द्र बहादुर थापा, राजमोका जिल्ला उपाध्यक्ष वेदीलाल सापकोटा,पत्रकार महासंघका अध्यक्ष दिल शिरिष, बागलुङ पर्यटन विकास समितिका महासचिव अर्जुन चोखाल, सामुदायिक सेवा केन्द्र गलकोटका अध्यक्ष मञ्जु शर्मा चालिसे लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

महोत्सवको उद्देश्यका बारेमा घुम्टे पर्यटन विकास केन्द्रका संस्थापक तथा सल्लाहकार यमबहादुर श्रीसले प्रष्ट पारेका थिए । महोत्सवको आज पहिलो दिन अन्तर्गत कृष्ण कडेंलको नेतृत्वमा रहेको ईन्द्रेणी समूहको सांगितक प्रस्तुती साथमा विभिन्न झाँकीहरु, सराय नाच, लाखे नाच लगायतका कार्यक्रमहरु प्रस्तुत गरिएको थियो । महोत्सव आगामी मंसिर ११ गते सम्म सञ्चालन हुने महोत्सवमा लोक दोहोरी गित प्रतियोगिता, महिला भलिवल प्रतियोगिता, स्थानीय उत्पादनको प्रर्दशन एवं प्रवद्र्धन गर्नुका साथै विभिन्न सांस्कृतिक कार्यक्रमहरु संचालन गरिने आयोजकले जनाएको छ ।

यो पनि पढ्नुस्

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D