gulminews logo
बिहीबार, २०८१ बैशाख १३

विगतमा राष्ट्रिय राजनितिमा व्यस्त भएँ,अब जिल्लालाई समय दिन पाउँछु: प्रदिप ज्ञावली

गुल्मी । विगतका दिनहरुमा जिल्लालाई कम समय दिएको आरोप खेपीरहेका नेकपा एमालेका सचिब तथा गुल्मी क्षेत्र नम्बर एकका उम्मेदवार प्रदिप ज्ञावलीले आगामी दिनमा त्यस्तो गुनासो आउन नदिने बताएका छन । उनले विगतमा गुल्मेली जनताले दिएको माया र ममताकै कारण आफुले राष्ट्रिय स्तरको व्यक्तीत्वको पहिचान बनाउन सकेको बताउँदैँ अहिले पनि त्यो मायाँमा कमी नभएको बताएका हुन् ।

विगतमा गुल्मेली आफन्तले दिएको मायाँले देशलाई शान्ति प्रक्रियामा ल्याउने जिम्मेवारी प्राप्त गरेको स्मरण गराउँदैँ ज्ञावलीले आगामी दिनमा आफ्नो भुमिका राष्ट्रका लागि भन्दा बढी जिल्लाकै लागि हुने प्रतिबद्धता व्यक्त गरे । उनले राष्ट्रलाई सही ट्रयाकमा ल्याउन समय दिएकै कारण जिल्लामा पर्याप्त समय दिन नसकेको स्वीकार गरे ।

आगमी दिनहरुमा राष्ट्रिय राजनितिमा देखिएका ठुला मुद्धाहरु सल्टिसकेका कारण जिल्लामा समय उपलब्ध गराउन कुनै अफ्ठ्यारो नहुने बताए । बौद्धिक व्यक्तीत्वका रुपमा चिनिएका ज्ञावलीले गुल्मीको माटोमा जन्मेर देशका महत्वपुर्ण बिषयमा प्रतिनिधि भएर काम गर्दा गुल्मेलीहरुले गर्व महसुस गरेको आभास मिलिरहेको बताए ।

दोश्रो चरणमा हुने प्रतिनिधि तथा प्रदेशसभाको निर्वाचनका उम्मेदवार ज्ञावलीले चुनाबी अभियानमा पाँच बर्षमा गुल्मीलाई देशकै नमुना जिल्ला बनाउने बताएका छन । उनले विगतमा शुरु भएका तर पुरा हुन नसकेका योजनाहरुलाई सफल बनाउनुपर्नेमा जोड दिनुभयो । -रेडियो नेपालबाट

यो पनि पढ्नुस्

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D