gulminews logo
मंगलवार, २०८१ बैशाख ४

वार्षिकोत्सबको अवसर पारेर सिटिजन लाईफद्वारा ८० युनिट रगत संकलन

प्रकाश पोखरेल
बुटवल, ७ कार्तिक । सिटिजन लाईफ इन्स्योरेन्स क.लि.बुटवल शाखाले वार्षिकोत्सबको अवसरमा बुटवलमा रक्तदान कार्यक्रम गरेको छ । कम्पनीले आफ्नो चौथो वार्षिकोत्सबको अवसरमा संस्थागत सामाजिक उत्तरदायित्व निर्वाह गर्ने क्रममा आइतबार सिटिजन लाईफ इन्स्योरेन्स बुटवल शाखाले रक्तदान कार्यक्रम सम्पन्न गरेको हो ।

कोरोना माहामारीको समयमा रगतको अभाव भएर कोहि कसैले अकालमा ज्यान गुमाउनु नपरोस् भन्ने उदेश्यका साथ रक्त सञ्चार केन्द्र बुटवलसँगको सहकार्यमा ८० जनाले रक्तदान गरेको सिटिजन लाईफ इन्स्योरेन्स कम्पनी बुटवल शाखाका शाखा प्रमुख पुर्णचन्द्र सुवेदीले जानकारी दिए । कोरोना कहरका बिच रगतको अभाव भएको समयमा कम्पनिले गरेको रक्तदानले धेरैको ज्यान जोगाउन सकिने भन्दै यस् कार्यका लागि सिटिजन प्रति आभारी भएको नेपाल रक्त सञ्चार केन्द्र बुटवलले जानकारी दिएको छ ।

रक्त सञ्चार केन्द्र बुटवलका अनुसार ८० जनाले रक्तदान गरेका छन् । जसमा सामाजिक अभियान्ता बुटवल शाखा प्रमुख पुर्णचन्द्र सुवेदीले ७० औँ पटक रगत दिएका थिए ।

उक्त कार्यक्रममा सिटिजन लाईफ इन्स्योरेन्स क.लि.मध्य र मध्यपश्चिम क्षेत्रका प्रमुख व्यवसाय अधिकृत सुनिल पोखरेल, बुटवल एरिया प्रमुख दुर्गाराज ढकाल, भैरहवा एरिया प्रमुख नरेश सिक्देल, बर्दघाट शाखा प्रमुख मनोज सुवेदी, बुटवल शाखा प्रमुख पुर्णचन्द्र सुवेदी, फर्साटिकर शाखा प्रमुख युवराज तिवारि, वेलवास शाखा प्रमुख योगेन्द्र रायमाझी एवं यस कार्यक्रमका संयोजक बोम बहादुर थापा र यस क्षेत्रका सम्पूर्ण लिडर्सहरुको सक्रियतामा सम्पन्न भएको छ ।

यो पनि पढ्नुस्

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D